• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोजिएको घटनामा एसपीकै भूमिका शंकास्पद

64x64
नेपाल लाइभ मंगलबार, भदौ ८, २०७८  १४:०६
1140x725

काठमाडौं- रौतहटका पत्रकारद्वय मोजिबुल्लाह र शेख अतिउल्लाहलाई फसाउन लागुऔषध राखिएको घटनामा रौतहटका प्रहरी प्रमुखकै भूमिका शंकास्पद देखिएको छ। उक्त प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहको भूमिका शंकास्पद देखिएको हो।

गत साउन ३२ गते गौरबाट मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रहरीले लागुऔषध नाइट्राभेट १०५ ट्याब्लेट बरामद गरेको थियो। उक्त मोटरसाइकलमा मोजिबुल्लाह र शेख सवार थिए। लागुऔषधसहित आफूहरुलाई पक्राउ गरेपछि पत्रकारद्‍वयले आफूहरु निर्दोष रहेको र फसाउनका लागि योजनाबद्ध तरिकाले लागुऔषध राखिएको बताएका थिए।
 
पछि उनीहरुलाई फसाउन लागुऔषध राखिएको भन्ने विषय सार्वजनिक भएपछि पत्रकार महासंघ रौतहटलगायतले घटनालाई गम्भीर रुपमा लिँदै छानबिन गर्नुपर्ने माग राखेका थिए।

महासंघको रौतहट शाखाले घटनास्थलको सीसीटीभी फुटेजसमेत निकालेर हेरेको थियो। सीसीटीभी फुटेजमा दुई जना युवा मिलेर पत्रकार सवार मोटरसाइकलमा लागुऔषध राखेको देखिएको थियो। यसरी लागुऔषध राख्नेमा रौतहटको माधवनारायण नगरपालिका-१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका-१, बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादव रहेको खुलेको थियो।
 
उनीहरुले पत्रकारद्‍वयको मोटरसाइकलमा लागुऔषध राख्दा रौतहट प्रहरी कार्यालयमा कार्यरत असई उदयप्रसाद यादव र जवान मनोजसान कानु नजिकै उभिएर घटना नियालिरहेका थिए। असई यादव र जवान कानु सादा पोसाकमा थिए।

त्यसपछि पत्रकारद्‍वयलाई असई यादव र जवान कानुले पक्राउ गरेका थिए। अहिले भने सो घटनामा नयाँ 'ट्वीस्ट' आएको छ। अहिले सार्वजनिक भएको एउटा अडियोले घटनामा एसपी शाहदेखि पत्रकार महासंघ रौतहट शाखाकै एक पत्रकारलाई समेत शंकाको घेरामा तानेको छ। 

यस घटनाबारे रौतहट प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर पहिला पक्राउ गरेका पत्रकारद्‍वय निर्दोष रहेको जनाकारी दिएको थियो। घटनामा निर्दोषलाई फसाउन खोजेको भन्दै प्रहरीले लागुऔषध राख्ने धिरज र जितेशकुमारलाई पक्राउ गरी आपराधिक षड्यन्त्र मुद्दामा रौतहट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ। दुई प्रहरीलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको छ।

यो पनि पढ्नुहोस्

‘निर्दोष’ पत्रकारलाई फसाउन प्रहरीले लागुऔषध राखेको खुलासा, दुई प्रहरी निलम्बित, २ जना पक्राउसोमबार, भदौ ७, २०७८

घटनाको योजनाकार पत्रकार महासंघ रौतहट शाखाका सचिव सञ्‍जय सहनी रहेको रौतहटका एसपी शाहले बताएका थिए। सहनीको योजनामा घटना भएको सार्वजनिक भएपछि एक अडियो बाहिरिएको थियो। 

अडियोमा एसपी शाह र उक्त घटनाका योजनाकार भनिएका सहनीबीचको टेलिफोन संवाद समेटिएको छ। उनीहरुबीचको संवादले उक्त घटनामा एसपी शाहकै भूमिकामा प्रश्न उब्जाएको छ। 

द नेपाल मिडिया डटकमले सार्वजनिक गरेको एसपी शाह र सहनीबीचको फोन संवाद यस्तो छ:

Ncell 2
Ncell 2
nimb
nimb

पत्रकार सहनी- हेलो।
एसपी शाह- हेलो।
पत्रकार सहनी- सर नमस्ते।
एसपी शाह- कता हो सञ्‍जयजी?
पत्रकार सहनी- गौरमै सर।
एसपी शाह- एक्लै हो?
पत्रकार सहनी- हो सर, एक्लै हो।
एसपी शाह- (हाँस्दै) हिजो काम त भो नि त। हैन?
पत्रकार सहनी- हजुर?
एसपी शाह- हिजो काम भएछ नि।
पत्रकार सहनी- भइहाल्छ नि सर भइहाल्छ। (त्यसपछि एसपी शाह हाँस्छन्।) औकातभन्दा बढी मान्छे हुनुहुँदैन। 
एसपी शाह- ठीक छ।
पत्रकार सहनी- कसले फोन गर्नुभएको थियो?
एसपी शाह- हँ?
पत्रकार सहनी- सरलाई कसले फोन गर्नुभएको थियो?
एसपी शाह- के रे?
पत्रकार सहनी- कसले फोन गर्नुभएको थियो हजुरलाई?
एसपी शाह- ए हैन, तत्कालै त्यो असईले मलाई फोन गरेको थियो नि।
पत्रकार सहनी- ए ए! जे होस् हजुरको दूतहरु राम्रो छ एकदम।
एसपी शाह- अहिले काम गर्‍यो राम्रो भयो। जसको अहितमा काम गर्‍यो उसले नराम्रो भन्न थालिहाल्छ नि।

उक्त अडियोमा बोलेको आवाज आफ्नै भएको एसपी शाहले स्वीकार गरेका छन्।

शंकास्पद अडियो बाहिरिएपछि यसबारे हामीले प्रहरी प्रधान कार्यालयसँग पनि चासो राखेका थियौं। नेपाल प्रहरीका प्रवक्ता, एसएसपी वसन्त कुँवरले उक्त विषयमा छानबिन हुने र दोषी पाइए कारबाही हुने बताए।

तर, अडियोलाई मात्रै लिएर कोही दोषी वा निर्दोष भन्न अहिले नै नसकिने एक प्रहरी अधिकृतले बताए। ‘एसपी शाहलाई घटनाको पूर्वजानकारी हुनु र सोहीअनुसार काम भइसकेपछि टेलिफोन संवाद भएको अवस्थामा उनको भूमिका शंकास्पद हुने ठाउँ छ,’ ती प्रहरी अधिकृत भन्छन्, ‘तर, निर्दोष पत्रकारलाई फसाउने त्यस घटनामा एसपी शाहलाई कुनै जानकारी नै नहुने र सुराक दिने मान्छेलाई काम भइसकेपछि धन्यवाद भन्नुलाई नै एसपीको मिलेमतोमा काम भएको भन्नसक्ने अवस्था रहँदैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल
सम्बन्धित सामग्री
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार करिब ९ बजे कोहलपुरबाट काठमाडौं आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प... शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्