• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

संखुवासभा हत्याकाण्ड: ५ दिन बित्दा शंकास्पद समेत भेटिएनन् 

64x64
नारायण अधिकारी शुक्रबार, भदौ २५, २०७८  २२:२०
1140x725

काठमाडौं– संखुवासभाको मादी नगरपालिका-१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको ५ दिन नाघिसकेको छ। आइतबार खाना खाएर सुतेका एकै परिवारका ७ सदस्यमध्ये ६ जना सोमबार मृत अवस्थामा फेला परेका थिए। 

सोमबार बिहान पौन १० बजे प्रहरी चौकी मादिमुल खर्कमा उक्त घटनाबारे जानकारी आएपछि हवल्दारको कमाण्डमा ३ जना प्रहरी घटनास्थल खटिएर ‘क्राइम सिन’लाई सुरक्षित राख्ने काम गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय (इप्रका) चैनपुरबाट इन्सपेक्टर योगराज खतिवडाको कमाण्डमा अर्को टोली घटनास्थल पुगेको थियो। 

घटनास्थल मादी मुलखर्कबाट १० र इप्रका चैनपुरबाट ५५ किलोमिटर टाढा पर्छ। प्रहरी पुग्दा एकै परिवारका ६ जना (८४ वर्षीया पार्वती कार्की, उनका ५२ वर्षीय  छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपीन कार्की र ५ वर्षीया गोमा कार्की) मृत अवस्थामा भेटिएका थिए। ९० वर्षीय वृद्ध बौद्धमान कार्की भने सकुशल थिए।

८४ वर्षीया पावर्तीको शव घरमै भेटिएको थियो भने उनका छोरा तेजबहादुरको शव रोडको भित्तामा भेटिएको थियो। तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाको शव खोल्सामा भेटिएको थियो भने ८ वर्षीय वपिन र ५ वर्षीया गोमाको शव घरभन्दा १ किलोमिटर पर बारीको कान्लामा भेटिएको थियो। मृत भेटिएका अधिकांशको टाउकामा चोट थियो।

६ जनाको सामूहिक हत्या घटना सार्वजनिक भएसँगै प्रहरीले घटनालाई गम्भीर रुपमा लिएर विभिन्न अनुसन्धान टोली पठाएको थियो। संखुवासभामा बसेर प्रहरीका विभिन्न टोलीले अनुसन्धान गरिरहे पनि अहिलेसम्म भने कुनै सफलता हात लागेको छैन। 

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुरको टोली, प्रहरी नायव उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीको कमाण्डमा जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोली, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट डीएसपी रुगम कुँवरको टोली, एसपी भीम दाहालको कमाण्डमा संघीय प्रहरी कार्यालय धरानको टोली, प्रदेश १ बाट डीआईजी अरुणकुमार बिसीसहितको टोलीले पाँच दिनदेखि घटनाको अनुसन्धान गरे पनि अहिलेसम्म अपराधको ‘सिन’ मा कोही पनि पर्न सकेका छैनन्।

प्रहरी स्रोतका अनुसार अहिलेसम्मको अनुसन्धानबाट केही सस्पेक्ट (शंकास्पद अभियुक्त)को पनि पहिचान गरेको छैन। घटनाको जानकारीका लागि प्रहरीले छिमेकीका केही व्यक्तिसँग कुराकानी गरेपनि ‘शंकास्पद’को आशंकामा कसैसँग सोधपुछ गरेका छैन। प्रहरी स्रोत भन्छ, ‘विविध कारणले अनुसन्धान जटिल नै छ। अहिलेसम्म कोही व्यक्तिमाथि शंका लाग्यो भनेर ल्याएर सोधपुछ गर्न सकिएको छैन।’

पानी परेकाले डग स्नीफिङ प्रभावकारी नहुनु, पीडित परिवारका सदस्यले पनि कोहीमाथि शंका गर्ने अवस्था नरहनु, ६/६ जनाको हत्या हुँदा पनि कोही कसैले चिच्याएको कराएको केही नसुन्न, गाउँमा कोही नयाँ मान्छे आएको केही जानकारी नै नहुनुजस्ता विषयले अनुसन्धान प्रभावकारी बन्न नसकेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बताउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

भौगोलिक विकटताका कारण पनि अनुसन्धान प्रभावकारी बन्न नसकेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु बताउँछन्। घटनाको जानकारी सोमबार बिहान पौने १० बजे आएपछि भौगोलिक विकटताकै कारण इप्रका चैनपुरबाट हिँडेको इन्सपेक्टर खतिवडाको टोली दिउँसो साढे ३ बजेमात्रै घटनास्थल पुगेको थियो। उता खाँदबारीबाट हिँडेको डिएसपी सुवेदीको टोली साँझ ५ बजेतिर घटनास्थल पुगेको थियो। सोही राति संघीय प्रहरी कार्यालय धरानबाट एसपी भीम दाहालको टोली पुगेको थियो। कुकुर र फरेन्सिक विज्ञसहित राति दाहालको टोली पुगे पनि पानी परेका कारण रातिबाटै प्रहरीले काम गर्न पाएन। भोलिपल्ट बिहानबाट मात्रै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 

भौगोलिक विकटताका कारण हत्या भएको २४ घण्टापछि मात्रै अनुसन्धान सुरु हुनु र त्यसमा पनि पानी परेका कारण डग स्नीफिङ प्रभावकारी नहुँदा अनुसन्धान प्रभावकारी बन्न नसकेको प्रहरी अधिकारी बताउँछन्। 

८ लाखभन्दा बढी रकम भेटियो
सामूहिक हत्याको शिकार भएको कार्की परिवारले झापामा ८० लाखको जग्गा किन्ने तयारीमा रहेको विषय सार्वजनिक भएसँगै हत्याको कारण आर्थिक हुनसक्ने प्रहरीले आकलन गरेको थियो। तर, प्रहरी अनुसन्धानमा घरभित्रै ८ लाखभन्दा बढी रकम पाइएपछि त्यो पाटो कमजोर बन्दै गएको प्रहरीको भनाइ छ। 

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार घरमा राखेकै ठाउँमा ८ लाख ८८ हजार रुपैयाँ र सुनका गरगहना भेटिएका छन्। हत्या गरिसकेपछि पनि उनीहरुले लगाएका सुनका गरगहना भने जस्ताको त्यस्तै भेटिएका थिए। 

सुनका गरगहना र नगद सुरक्षित भेटिएपछि हत्या घटना झनै रहस्यमय बन्दै गएको छ। प्रहरीले विभिन्न प्राविधिक पाटोबाट अनुसन्धान सुरु गरेको छ। घटनास्थल वरपर चालु अवस्थामा रहेका मोबाइलहरुको विवरण केलाएर शंकास्पदहरुको पहिचानको काम सुरु गरिएको प्रहरीले जनाएको छ। तर, अहिलेसम्म प्रहरीको अनुसन्धानको ‘लेन्स’मा कोही पर्न सकेका छैनन्। 

अनुसन्धान प्रगतिउन्मुख छ : डीआईजी सिंह
अनुसन्धानका लागि सीआईबीबाट पनि प्रहरी टोली खटिएको छ। देशभरको जघन्य र संगठित अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको सीआईबीबाट डीएसपीको कमाण्डमा तीन सदस्यीय टोली अनुसन्धानका लागि संखुवासभाको खोला गाउँ पुगेको छ। 

सीआईबीको टोलीले विभिन्न प्राविधिक पक्षको विश्लेषण गरिरहेको छ। सीआईबीसहित अनुसन्धानमा ठूलो संख्यामा दक्ष जनशक्ति खटिए पनि अहिलेसम्म प्रहरीको ‘रडार’मा कोही पनि पर्न सकेका छैनन्। अहिलेसम्म कुनै पनि शंकास्पद व्यक्तिको पहिचान गर्न नसकिए पनि अनुसन्धान भने प्रगतिउन्मुख भएको दाबी सीआईबीको छ।

सीआईबीबाट अनुसन्धानमा खटिएको टोलीले हरेक घटनाको अपडेट केन्द्रीय कार्यालयलाई गराइराखेको र अहिले अनुसन्धान प्रगतिउन्मुख रहेको सीआईबीका निर्देशक प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंह बताउँछन्। 

डीआईजी सिंहले नेपाल लाइभसँग भने, ‘अनुसन्धान सही ट्रयाकमा छ। प्रगतिउन्मुख देखिएको छ। हामी आशावादी छौं यो मुद्दा चाँडै टुंगोमा पुग्छ।’

व्यक्तिगत रिसिइबीदेखि सामाजिक, आर्थिक, पारिवारिकलगायत विभिन्न कोणबाट अनुसन्धान भइरहेको र प्रगतिउन्मुख रहेको सिंहको भनाइ छ।

यो पनि पढ्नुस्:

संखुवासभा हत्या घटना– इटहरीको बुढीगंगा घाटमा ६ जनाको सामूहिक दाहसंस्कार
संखुवासभा हत्या घटना– घटनास्थलमा भेटियो १५ तोला सुन र ३ लाख रुपैयाँ नगद
संखुवासभा हत्या घटना– ६ जनाकै शव परीक्षणका लागि धरान लगियो
संखुवासभा हत्या घटना : ८० लाखमा झापामा किनेको जग्गा पास गर्ने तयारीमा थियो कार्की परिवार
संखुवासभा हत्याकाण्ड: जीवित रहेका ९० वर्षीय वृद्ध भन्छन्–६ बजे खाना खाएर सुतेको हुँ, केही थाहा छैन

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  २२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्