मादी– हत्या गरिएको अवस्थामा फेला परेका संखुवासभाका एकै परिवारका ६ जनाको शव परीक्षणका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
घटनास्थलबाट मुचुल्का उठाएर शव परीक्षणका लागि धरान लगिएको जिल्ला प्रहरी कार्यालयले संखुवासभाले जानकारी दिएको छ। जिल्लाको मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यको आइतबार राति हत्या गरिएको थियो। स्थानीयले सोबार बिहान बारीमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए।
५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली समेत घटनास्थल पुगेको छ।
हालसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ। उक्त क्षेत्रका विभिन्न नाका सिल गरेर हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।