काठमाडौं- नेपाल टेलिकमले डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कम्पनी 'नमस्ते पे'को व्यावसायिक सञ्चालन यही भदौ महिनाभित्र सुरु गर्ने तयारी भइरहेको जानकारी दिएको छ।
टेलिकमले वार्षिक कार्यक्रमबारे जानकारी दिन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नमस्ते पेको परीक्षण हाल अन्तिम चरणमा रहेको जानकारी दिएको हो।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नमस्ते पेको व्यावसायिक सञ्चालन गर्न हाल परीक्षण कार्य अन्तिम चरणमा रहेको बताए।
'नमस्ते पे' नेपाल टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३८ प्रतिशत लगानी रहने गरी स्थापना गरिएको हो। जसमा टेलिकमले २५ करोड ८८ लाख र वाणिज्य बैंकले १५ करोड ११ लाख रुपैयाँ लगानी गरेको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।