• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
कांग्रेस महाधिवेशन

वडा तहको अधिवेशन सुरु गरी केन्द्रको महाधिवेशन पर सार्ने कसरत

64x64
लिलु डुम्रे शुक्रबार, साउन १५, २०७८  १५:२५
1140x725

काठमाडौं- वडा तहको अधिवेशन सुरु गरेर केन्द्रको महाधिवेशन पर सार्ने कसरतमा कांग्रेस लागेको छ। तल्लो तहका संरचनाको अधिवेशन सम्पन्‍न गरेर तोकिएको समयमा १४औं महाधिवेशन हुन नसक्ने अवस्था सिर्जना भएपछि नयाँ विकल्प अघि सारिएको छ।

वडा तहको अधिवेशन सुरु भएपछि महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेको हुने जनाउँदै वैधानिकताको संकट नआउने तर्क अघि सारिएको छ। ‘वडा तहको अधिवेशन सुरु गरेर केन्द्रको महाधिवेशनको समय केही महिना पर सर्छ,’ शीर्ष तहका एक नेताले भने, ‘तल्लो तहका अधिवेशन सुरु भएपछि पार्टी महाधिवेशनमा प्रवेश गरेको स्वतः बुझिन्छ। वैधानिकताको प्रश्न उठ्दैन।’

क्रियाशील सदस्यता छानविन समितिले आफ्नो कार्य गत मंगलबारबाट सकेको थियो। समितिमा सहमति हुन नसकेका विवादित चार जिल्लासहित करिब १०० वडाको समाधान निकाल्न शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ। शीर्ष तहका नेताले पाँच दिनभित्र समाधानको विन्दु पहिल्याउने बताइएको छ।

शीर्ष नेताको बैठकले समाधान निकाल्न नसकेको स्थानमा १३औं महाधिवेशनका प्रतिनिधि नै कायम हुने भएका छन्। शीर्ष तहका नेताले तोकिएको समयमा समाधान निकाले भने साउन २० मा क्रियाशील सदस्यताको विवाद सकिन्छ। शीर्ष तहमा भएको सहमतिलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्दछ। साथै, निर्वाचन निर्देशिका पनि केन्द्रीय समितिबाट पारित हुनुपर्दछ। सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता डा. मिनेन्द्र रिजाललाई निर्देशिका बनाउने जिम्मेवारी दिइएको छ।

केन्द्रीय समितिले अन्तिम नामावली प्रकाशन गर्ने निर्णय गरेसँगै निर्वाचन समितिको कार्य थालनी हुन्छ। निर्वाचन समितिका अनुसार क्रियाशील सदस्यताको नाम टुंगिएको १९औं दिनमा मात्रै वडा तहको अधिवेशन हुनसक्छ। अन्तिम नामावली प्रकाशित भएपछि वडा तहको अधिवेशनको तयारी गर्न कम्तीमा १९ दिन लाग्ने निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिले ७७ जिल्लामा नै प्रतिनिधि खटाउनुपर्ने हुन्छ। जिल्ला प्रतिनिधिले वडामा प्रतिनिधि खटाउनुपर्ने हुन्छ। छ हजार ७४३ वडामै क्रियाशील सदस्यताको सूची पुग्नुपर्दछ। भौगोलिक जटिलता र वर्षातको समयले प्रतिनिधि तथा क्रियाशील सदस्यको नाम पुग्न नसक्ने समस्या पनि छ।

महाधिवेशन हुन नसक्नुमा क्रियाशील सदस्यताको विवाद भनी कारण देखाउने छुट अब नभएको नेता प्रदीप पौडेलले बताए। ९६ प्रतिशत कार्य क्रियाशील सदस्यता छानविन समितिले टुंग्याएको उनले बताए।

क्रियाशील सदस्यता टुंगिएपछि निर्देशिका छपाइका लागि पाँच दिन आवश्यक पर्ने निर्वाचन समितिको भनाइ छ। निर्देशिका, विधान, नियमावली, प्रमाणपत्र, क्रियाशील सदस्यको नामावली प्याकिङ गर्न तीन दिन लाग्नेछ। सबै जिल्लामा निर्देशिका र क्रियाशील सदस्यता पुर्‍याउन चार दिन लाग्ने निर्वाचन समितिको आकलन छ। तल्लो तहको अधिवेशनका सन्दर्भमा सबै जिल्लामा छलफल गर्न दुई दिन र नामावली जिल्लाबाट सबै वडा तहमा पुर्‍याउन पाँच दिन लाग्ने बताइएको छ। क्रियाशील सदस्यता टुंगो लगाएर निर्वाचन समितिले काम सुरु गरेपछि १९औं दिनमा मात्रै वडा तहको अधिवेशन हुनसक्ने परिस्थिति छ। तल्लो संरचनाको प्रादेशिक कार्यसमितिका लागि न्यूनतम ३८ दिन लाग्ने निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय समितिले क्रियाशील सदस्यता र निर्वाचन निर्देशिका पारित साउन २५ भित्रमा गरेको अवस्थामा निर्वाचन समितिले वडा तहको अधिवेशन सुरु गर्न भदौ १५ पुग्नुपर्दछ। केन्द्रको महाधिवेशन तोकिएको समयमा वडा तहको अधिवेशन सुरु हुने देखिन्छ। भदौ १६ अघि वडा तहको अधिवेशन सम्पन्‍न गरेर केन्द्रीय महाधिवेशन पर सार्ने कसरत पार्टीमा सुरु भएको छ। तल्लो तहको अधिवेशन गर्दैगर्दा केन्द्रीय महाधिवेशन कति पर सार्नेबारे नेताहरु अलमलमा छन्।

Ncell 2
Ncell 2
nimb
nimb

महाधिवेशन धेरै पर धकेलिँदा स्थानीय चुनावको समय आउने हुनाले मङ्सिरमा महाधिवेशन गर्नुपर्ने मत पनि आएका छन्। असोज र कात्तिक पर्वका महिना भएकाले महाधिवेशन हुनसक्ने अवस्था रहन्‍न। स्थानीय तहको निर्वाचनको मुखमा पार्टीको महाधिवेशन गर्दा ‘आत्मघाती’ हुने नेताहरुको बुझाइ छ। पार्टीभित्रको वैमनस्यताले आफ्नैलाई हराउनसक्ने भएकाले स्थानीय चुनावको नजिक महाधिवेशन गर्न नहुने मत छ। स्थानीय तहको निर्वाचनमा फागुनमा गर्नुपर्ने हुन्छ।

महाधिवेशन हुन नसक्नुमा क्रियाशील सदस्यताको विवाद भनी कारण देखाउने छुट अब नभएको नेता प्रदीप पौडेलले बताए। ९६ प्रतिशत कार्य क्रियाशील सदस्यता छानविन समितिले टुंग्याएको उनले बताए। ‘क्रियाशील सदस्यता नटुंगिएको कारण महाधिवेशन नहुने अवस्था अब छैन। ९६ प्रतिशत क्रियाशील सदस्यता टुंगिनु भनेको धेरै ठूलो उपलब्धि हो,’ नेता पौडेलले भने। भदौ १६ देखि १९ मा महाधिवेशन गर्न नसकिए अहिलेको प्रयासले सार्थकता नपाउने तथा पार्टीको वैधानिकतामा प्रश्न उठ्ने उनले बताए। महाधिवेशन तोकिएकै समयमा गर्नकै लागि कतिपय विषयमा चित्त नबुझे पनि सहमति गरेको उनको भनाइ छ।

केन्द्रको महाधिवेशनको समय प्रभावित नहुने गरी तल्लो तहका अधिवेशन छोट्याउन सकिने विकल्प पनि पार्टीमा उठेका छन्। वडा र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरी केन्द्रको गर्ने गरी छलफल पनि पार्टीभित्र भएका छन्। तर, निर्वाचन समितिलाई तल्लो तहमा दुई संरचनाको अधिवेशन भदौ १६ मा नै सम्पन्‍न गर्ने गरी समय उपलब्ध छैन। 

संस्थापनपक्षका नेता रमेश लेखक तोकिएकै समयमा महाधिवेशन गर्ने गरी आफूहरुले काम गरिरहेको दाबी गर्छन्। ‘तोकिएकै समयमा गर्न भनेर नै हामीले यी सबै काम गरिरहेका छौं। पाँच दिन नेताहरुलाई समय दिएर नै तोकिएको समयभित्र महाधिवेशन हुनसक्ने गरी हामीले छलफल गरेका छौं,’ नेता लेखकले भने,‘पाँच दिनभित्र नेताहरुले विवाद भएका स्थानको समाधान निकाल्नुभयो भने अरु समस्या रहँदैन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्य दलबाट कांग्रेस प्रवेश गरेकाको समायोजनको विवाद कायम छ। क्रियाशील सदस्यता छानविन समितिमा समायोजनको मुद्दामा मतैक्यता हुन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ। धनुषा ४ र सर्लाहीको २ र बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यता विवादमा छ। सिन्धुपाल्चोक र रसुवा जिल्लाको क्रियाशील सदस्यता विवाद छानविन समितिले टुंग्याउन नसकेर शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ। 

१३औं महाधिवेशनमा भन्दा यसपटक विवादित स्थान कम रहेको छानविन समितिको निष्कर्ष छ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्