• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस १४, २०८२ Mon, Dec 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
कांग्रेस महाधिवेशन

वडा तहको अधिवेशन सुरु गरी केन्द्रको महाधिवेशन पर सार्ने कसरत

64x64
लिलु डुम्रे शुक्रबार, साउन १५, २०७८  १५:२५
1140x725

काठमाडौं- वडा तहको अधिवेशन सुरु गरेर केन्द्रको महाधिवेशन पर सार्ने कसरतमा कांग्रेस लागेको छ। तल्लो तहका संरचनाको अधिवेशन सम्पन्‍न गरेर तोकिएको समयमा १४औं महाधिवेशन हुन नसक्ने अवस्था सिर्जना भएपछि नयाँ विकल्प अघि सारिएको छ।

वडा तहको अधिवेशन सुरु भएपछि महाधिवेशनको प्रक्रियामा प्रवेश गरिसकेको हुने जनाउँदै वैधानिकताको संकट नआउने तर्क अघि सारिएको छ। ‘वडा तहको अधिवेशन सुरु गरेर केन्द्रको महाधिवेशनको समय केही महिना पर सर्छ,’ शीर्ष तहका एक नेताले भने, ‘तल्लो तहका अधिवेशन सुरु भएपछि पार्टी महाधिवेशनमा प्रवेश गरेको स्वतः बुझिन्छ। वैधानिकताको प्रश्न उठ्दैन।’

क्रियाशील सदस्यता छानविन समितिले आफ्नो कार्य गत मंगलबारबाट सकेको थियो। समितिमा सहमति हुन नसकेका विवादित चार जिल्लासहित करिब १०० वडाको समाधान निकाल्न शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ। शीर्ष तहका नेताले पाँच दिनभित्र समाधानको विन्दु पहिल्याउने बताइएको छ।

शीर्ष नेताको बैठकले समाधान निकाल्न नसकेको स्थानमा १३औं महाधिवेशनका प्रतिनिधि नै कायम हुने भएका छन्। शीर्ष तहका नेताले तोकिएको समयमा समाधान निकाले भने साउन २० मा क्रियाशील सदस्यताको विवाद सकिन्छ। शीर्ष तहमा भएको सहमतिलाई केन्द्रीय समितिले अनुमोदन गर्नुपर्दछ। साथै, निर्वाचन निर्देशिका पनि केन्द्रीय समितिबाट पारित हुनुपर्दछ। सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता डा. मिनेन्द्र रिजाललाई निर्देशिका बनाउने जिम्मेवारी दिइएको छ।

केन्द्रीय समितिले अन्तिम नामावली प्रकाशन गर्ने निर्णय गरेसँगै निर्वाचन समितिको कार्य थालनी हुन्छ। निर्वाचन समितिका अनुसार क्रियाशील सदस्यताको नाम टुंगिएको १९औं दिनमा मात्रै वडा तहको अधिवेशन हुनसक्छ। अन्तिम नामावली प्रकाशित भएपछि वडा तहको अधिवेशनको तयारी गर्न कम्तीमा १९ दिन लाग्ने निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिले ७७ जिल्लामा नै प्रतिनिधि खटाउनुपर्ने हुन्छ। जिल्ला प्रतिनिधिले वडामा प्रतिनिधि खटाउनुपर्ने हुन्छ। छ हजार ७४३ वडामै क्रियाशील सदस्यताको सूची पुग्नुपर्दछ। भौगोलिक जटिलता र वर्षातको समयले प्रतिनिधि तथा क्रियाशील सदस्यको नाम पुग्न नसक्ने समस्या पनि छ।

महाधिवेशन हुन नसक्नुमा क्रियाशील सदस्यताको विवाद भनी कारण देखाउने छुट अब नभएको नेता प्रदीप पौडेलले बताए। ९६ प्रतिशत कार्य क्रियाशील सदस्यता छानविन समितिले टुंग्याएको उनले बताए।

क्रियाशील सदस्यता टुंगिएपछि निर्देशिका छपाइका लागि पाँच दिन आवश्यक पर्ने निर्वाचन समितिको भनाइ छ। निर्देशिका, विधान, नियमावली, प्रमाणपत्र, क्रियाशील सदस्यको नामावली प्याकिङ गर्न तीन दिन लाग्नेछ। सबै जिल्लामा निर्देशिका र क्रियाशील सदस्यता पुर्‍याउन चार दिन लाग्ने निर्वाचन समितिको आकलन छ। तल्लो तहको अधिवेशनका सन्दर्भमा सबै जिल्लामा छलफल गर्न दुई दिन र नामावली जिल्लाबाट सबै वडा तहमा पुर्‍याउन पाँच दिन लाग्ने बताइएको छ। क्रियाशील सदस्यता टुंगो लगाएर निर्वाचन समितिले काम सुरु गरेपछि १९औं दिनमा मात्रै वडा तहको अधिवेशन हुनसक्ने परिस्थिति छ। तल्लो संरचनाको प्रादेशिक कार्यसमितिका लागि न्यूनतम ३८ दिन लाग्ने निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय समितिले क्रियाशील सदस्यता र निर्वाचन निर्देशिका पारित साउन २५ भित्रमा गरेको अवस्थामा निर्वाचन समितिले वडा तहको अधिवेशन सुरु गर्न भदौ १५ पुग्नुपर्दछ। केन्द्रको महाधिवेशन तोकिएको समयमा वडा तहको अधिवेशन सुरु हुने देखिन्छ। भदौ १६ अघि वडा तहको अधिवेशन सम्पन्‍न गरेर केन्द्रीय महाधिवेशन पर सार्ने कसरत पार्टीमा सुरु भएको छ। तल्लो तहको अधिवेशन गर्दैगर्दा केन्द्रीय महाधिवेशन कति पर सार्नेबारे नेताहरु अलमलमा छन्।

Ncell 2
Ncell 2

महाधिवेशन धेरै पर धकेलिँदा स्थानीय चुनावको समय आउने हुनाले मङ्सिरमा महाधिवेशन गर्नुपर्ने मत पनि आएका छन्। असोज र कात्तिक पर्वका महिना भएकाले महाधिवेशन हुनसक्ने अवस्था रहन्‍न। स्थानीय तहको निर्वाचनको मुखमा पार्टीको महाधिवेशन गर्दा ‘आत्मघाती’ हुने नेताहरुको बुझाइ छ। पार्टीभित्रको वैमनस्यताले आफ्नैलाई हराउनसक्ने भएकाले स्थानीय चुनावको नजिक महाधिवेशन गर्न नहुने मत छ। स्थानीय तहको निर्वाचनमा फागुनमा गर्नुपर्ने हुन्छ।

महाधिवेशन हुन नसक्नुमा क्रियाशील सदस्यताको विवाद भनी कारण देखाउने छुट अब नभएको नेता प्रदीप पौडेलले बताए। ९६ प्रतिशत कार्य क्रियाशील सदस्यता छानविन समितिले टुंग्याएको उनले बताए। ‘क्रियाशील सदस्यता नटुंगिएको कारण महाधिवेशन नहुने अवस्था अब छैन। ९६ प्रतिशत क्रियाशील सदस्यता टुंगिनु भनेको धेरै ठूलो उपलब्धि हो,’ नेता पौडेलले भने। भदौ १६ देखि १९ मा महाधिवेशन गर्न नसकिए अहिलेको प्रयासले सार्थकता नपाउने तथा पार्टीको वैधानिकतामा प्रश्न उठ्ने उनले बताए। महाधिवेशन तोकिएकै समयमा गर्नकै लागि कतिपय विषयमा चित्त नबुझे पनि सहमति गरेको उनको भनाइ छ।

केन्द्रको महाधिवेशनको समय प्रभावित नहुने गरी तल्लो तहका अधिवेशन छोट्याउन सकिने विकल्प पनि पार्टीमा उठेका छन्। वडा र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरी केन्द्रको गर्ने गरी छलफल पनि पार्टीभित्र भएका छन्। तर, निर्वाचन समितिलाई तल्लो तहमा दुई संरचनाको अधिवेशन भदौ १६ मा नै सम्पन्‍न गर्ने गरी समय उपलब्ध छैन। 

संस्थापनपक्षका नेता रमेश लेखक तोकिएकै समयमा महाधिवेशन गर्ने गरी आफूहरुले काम गरिरहेको दाबी गर्छन्। ‘तोकिएकै समयमा गर्न भनेर नै हामीले यी सबै काम गरिरहेका छौं। पाँच दिन नेताहरुलाई समय दिएर नै तोकिएको समयभित्र महाधिवेशन हुनसक्ने गरी हामीले छलफल गरेका छौं,’ नेता लेखकले भने,‘पाँच दिनभित्र नेताहरुले विवाद भएका स्थानको समाधान निकाल्नुभयो भने अरु समस्या रहँदैन।’

अन्य दलबाट कांग्रेस प्रवेश गरेकाको समायोजनको विवाद कायम छ। क्रियाशील सदस्यता छानविन समितिमा समायोजनको मुद्दामा मतैक्यता हुन नसकेपछि शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ। धनुषा ४ र सर्लाहीको २ र बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यता विवादमा छ। सिन्धुपाल्चोक र रसुवा जिल्लाको क्रियाशील सदस्यता विवाद छानविन समितिले टुंग्याउन नसकेर शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ। 

१३औं महाधिवेशनमा भन्दा यसपटक विवादित स्थान कम रहेको छानविन समितिको निष्कर्ष छ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
रमेश लेखक बयानका लागि आयोगमा उपस्थित सोमबार, पुस १४, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद सोमबार, पुस १४, २०८२
चुनावबाहेक अन्य विकल्पतिर सोचे देश दुर्घटनामा पर्नसक्छ : प्रचण्ड सोमबार, पुस १४, २०८२
सुनको मूल्य सामान्य घट्यो सोमबार, पुस १४, २०८२
मेयर बालेनसँगको सहमतिलाई रास्वपा समितिले गर्‍यो अनुमोदन सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
योगेश भट्टराईको दाबी : ‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’ आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्