फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रों
काठमाडौं- फ्रान्सका राष्ट्रपति इमानुएल माक्रों पनि विश्वका ती नेताहरुको सूचीमा छन् जो इजरायली स्पाईवेयर पेगाससको माध्यमबाट जासूसीको निशानामा थिए। अहिलेसम्म यो स्पष्ट भएको छैन कि यो सफ्टवेयर माक्रोंको फोनमा इन्स्टल गरिएको थियो या थिएन।
राष्ट्रपति कार्यालयले यदी मिडिया रिपोर्ट्सहरुको दाबी साँचो हो भने यो निकै गम्भीर रहेको जनाएको बीबीसीले उल्लेख गरेको छ।
फ्रान्सेली सरकारका अधिवक्ता कार्यालयले एक विज्ञप्ति जारी गर्दै उसले व्यक्तिगत स्वतन्त्रताको हनन, डेटाको गैरकानुनी प्रयोग र गैरकानुनी तरिकाबाट स्पाईवेयर बेचेको आधार बनाएर जाँच सुरु गरेको जनाएको छ।
मानवअधिकारका लागि काम गर्ने संस्था एम्नेस्टी इन्टरनेशनलले मिडिया रिपोर्ट्सलाई डराउने खालको भएको बताएको छ।
फ्रान्सको पत्रिका 'ला मोन्डे' को रिपोर्ट अनुसार मोरक्कोको जासुसी संस्थाले माक्रोंले सन् २०१७ देखि प्रयोग गरेको फोनको पहिचान गरेको छ। तर मोरक्कोले उ पेगासस बनाउने इजरायली कम्पनी एनएसओको ग्राहक नभएको जनाएको छ।
एनएसओले पनि ला मोन्डेको समाचारको खण्डन गर्दै आफ्नो क्लाइन्टले माक्रोंलाई कहिले पनि निशाना नबनाएको दाबी गरेको छ।
खोज पत्रकारहरुको समूहका अनुसार उनीहरुले विश्वका ५० देशका १ हजार भन्दा धेरैको सूची प्राप्त गरेका छन्, जसलाई पेगाससको माध्यमबाट जासुसीको निशाना बनाइएको आशंका छ।
यस लिस्टमा ६ सय भन्दा धेरै नेता, सरकारी अधिकारी र १८९ जना पत्रकार छन्। मेक्सिको र साऊदी अरबका सबैभन्दा धेरै यो लिस्टमा छन्।
भारतमा यो सूचीमा कांग्रेस नेता राहुल गान्धी, केन्द्रीय मन्त्री अश्विनी वैष्णव र प्रह्लाद पटेल, पूर्व निर्वाचन आयुक्त अशोक लवासा, चुनाव रणनीतिकार प्रशान्त किशोर, ममता बनर्जीका भतिजा अभिषेक बनर्जी, भारतीय भाइरोलोजिस्ट गगनदीप कंग र भारतका पूर्व प्रधानन्यायाधीश रंजन गोगोईमाथि यौन उत्पीडनको आरोप लगाने महिलासमेत कयौं पत्रकारको नाम पनि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।