काठमाडाैं– क्रियाशील सदस्यताको विवादलाई लिएर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्न लागेको छ।
महामन्त्री डा शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षका शीर्ष नेताको बैठक बस्न लागेको हो।
काेइराला निवासमा रामचन्द्र पाैडेलसँगै प्रकाशमान सिह,अर्जुननरसिंह केसी, डा रामशरण महत, प्रदीप पाैडेललगायत नेता छलफलमा जुटेका हुन्।
असार मसान्तसम्मको समय सीमा पाएको क्रियाशील सदस्यता छानविन समितिले आफ्नो कार्य सकेको छैन।
पार्टी संस्थापन पक्षले क्रियाशील सदस्यता छानविनमा पार्टी विधान र निर्देशिका लागु नगरेको संस्थापनइतरको आरोप छ।
केन्द्रीय समितिले बनाएको मापदण्डलाई संस्थापन पक्षले कुल्चेको पौडेल पक्षको आरोप छ। क्रियाशील सदस्यता विवादकै कारण धनुषा र बाराका कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन तथा धर्नामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।