काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिन लागेको भन्दै गृह जिल्लाका नेताहरुसँग 'सहयोग' मागेका छन्।
पार्टी केन्द्रमा रहेका गुटमा सक्रिय आफ्नो गृह जिल्ला तनहुँका नेताहरुलाई बोलाएर पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन्।
पौडेलले आइतबार तीनै गुट (पक्ष)का नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई र प्रदीप पौडेलसँग छलफल गरेका हुन्।
पौडेलले बोलाएको बैठकमा सहभागी नेता भण्डारी देउवा निकट हुन्। भट्टराई उप सभापति निधि निकट हुन् भने प्रदीप अर्का नेता सिटौला निकट हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार पौडेलले सभापतिमा आफूलाई सहयोग गर्ने भनेर आग्रह गरेका छन्। 'यसपटक सभापतिमा तपाईंहरुले मलाई सहयोग गर्नुपर्छ भनेर उहाँले भन्नुभयो। हामीले सभापतिमा उठ्नुस्, शुभकामना छ भन्यौं, ' पौडेलले बोलाएको बैठकमा सहभागी ती नेताले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।