काठमाडौं– नेपाली कांग्रेस धनुषाका ३ नेताले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन सुरु गरेका छन्।
पूर्वसांसद चन्द्रमोहन यादवसहित रामपल्टन साह र दिनेश नायक अनसनमा बसेका हुन्। साह धनुषाका महासमिति सदस्य हुन् भने नायक तरुण दलका जिल्ला सदस्य हुन्।
आइतबारदेखि आमरण अनसन सुरु गरेका उनीहरुले क्रियाशील सदस्यतामा जिल्लामा धाँधली भएको बताएका छन्।
पार्टी विधान, नियमावली तथा केन्द्रीय परिपत्र विपरीत वितरणा गरिएका नयाँ क्रियाशील सदस्यताविरुद्ध आमरण अनसन सुरु गरिएको उनीहरुले जनाएका छन् ।
जिल्ला कार्यसमिति धनुषाको निर्णय समेत कार्यान्वयन नगरेर क्रियाशील सदस्यता वितरण गरेको पनि उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।