काठमाडाैं- नेकपा (एमाले) को माधवकुमार नेपालपक्षीय सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन्। उनले प्रधानमन्त्री देउवाले विश्वासको मत पाउने बताइन्।
'देशलाई मध्यावधिमा जान दिन्नाैं। हामी भोट हाल्छाैं,' सांसद झाँक्रीले नेपाल लाइभसँग भनिन्, 'हाम्रो पक्षका २३ जनामध्ये कसैले हालेनन् भने अरु नयाँले हाल्छन्, देउवाले विश्वासको मत पाउँछन्।'
एमालेले संस्थागत रुपमा विश्वासको मत नदिने निर्णय गरिसकेको छ। नेपाल पक्षका नेताहरु अहिले विश्वासको मत दिने/नदिनेबारे निर्ण गर्न आन्तरिक छलफलमा जुटेका छन्।
प्रधानमन्त्री देउवाले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन्। सर्वोच्चको परमादेशअनुसार असार २९ गते प्रधानमन्त्री नियुक्त भएका उनले आजै विश्वासको मत लिन लागेका हुन्। धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।