• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपामा पकड बढाउँदै उपेन्द्र-बाबुराम पक्ष

64x64
नेपाल लाइभ शनिबार, साउन २, २०७८  २०:०७
1140x725

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै जनता समाजवादी पार्टी (जसपा)मा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले आफ्नो पकड बलियो बनाउन थालेको छ।यसअघि सत्ताको नजिक भएर महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले उपेन्द्र–बाबुराम पक्षलाई पेल्दै आएका थिए।

प्रतिनिधि सभा दोस्रोपटक पुनर्स्थापना भएपछि महन्थ–राजेन्द्र पक्षका सांसद र केन्द्रीय कार्यकारिणी समिति सदस्य उपेन्द्र–बाबुराम पक्षमा थपिँदै जान थालेपछि यो पक्ष बलियो हुँदै गएको छ। 

जसपा कार्यकारिणी समितिका ५१ जना (रेशम चौधरी) मध्ये बाबुराम-उपेन्द्र पक्षमा ३० जना खुलेर लागेका छन्। शनिबारदेखि कार्यकारिणी सदस्य एवम सांसद अमृता अग्रहरी समेत खुलेर बाबुराम–उपेन्द्र पक्षमा लागेकी छिन्। दलको आधिकारिकता उपेन्द्र–बाबुराम पक्षले पाएमा कार्यकारिणी सदस्यको संख्या  बढ्ने देखिएको छ।

जसपाको आधिकारिता टुंग्याउन निर्वाचन आयोगले गठन गरेको इजलासमा आइतबारदेखि बहस हुँदैछ। जसपाका दुवै पक्षका कानुन व्यवसायीहरुले आ-आफ्नो तर्क राखेपछि निर्वाचन आयोगले जसपाको आधिकारिकता टुंगो लगाउने भएको छ। साउन दोस्रो सातासम्म जसपाको आधिकारिकता टुंगो लगाएपछि शक्ति समीकरणमा निकै ठूलो फेरबदल हुने आकलन गरिएको छ।

उपेन्द्र-बाबुराम पक्षले महन्थ-राजेन्द्र पक्षलाई पेल्ने योजना अनुसार नै राष्ट्रिय जनता पार्टी (राजपा) नामको पार्टी आफूनिकट हरिनारायण यादवको नाममा दर्ता गराइसकेको छ। दलको आधिकारिकता आफूहरुले पाएमा महन्थ–राजेन्द्र पक्षलाई राजपा समेत नदिन आफूनिकट नेतालाई निर्वाचन आयोगमा दर्ता गराउन लगाएको बताइन्छ। जसपा र राजपा पार्टीको नाम उपेन्द्र-बाबुराम पक्षले होल्ड गरेर राखेकाले आधिकारिकता यो पक्षले पाए महन्थ-राजेन्द्र पक्षले अर्कै पार्टी बनाउनुपर्नेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

ओली नेतृत्वको सरकारमा सहभागी हुँदा जसपाका ३२ सांसदमध्ये २० सांसद महन्थ–राजेन्द्र पक्षमा खुलेर लागेका थिए। उनीहरुसँग लागेमा सरकारमा जान पाइने र पार्टीमा अवसर पाइने भएकाले उपेन्द्र–बाबुराम पक्षका सांसद समेत उतै लागेका थिए। ओलीको बर्हिगमन भएपछि उपेन्द्र–बाबुराम पक्षको पल्लाभारी हुँदै गएको छ।

यो पनि पढ्नुहोस्

यसरी फुट्दैछ जसपा : कसको शक्ति कति?मंगलबार, असार २२, २०७८

शनिबार उपेन्द्र–बाबुराम पक्षको संसदीय दलको अनौपचारिक बैठकमा ५ सांसद थपिएका छन्। जसमा प्रमोद साह, रुही नाज, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल छन्। अब ३२ जना सांसदमध्ये उपेन्द्र–बाबुराम पक्षमा १७ जना र महन्थ–राजेन्द्रपक्षमा १५ जना मात्रै छन्। निर्वाचन आयोगले दलको आधिकारिकता टुंगो लगाउन बित्तिकै उपेन्द्र–बाबुराम पक्षमा कार्यकारिणी सदस्य र सांसदको संख्या बढ्दै जाने नेता मोहम्मद इस्तियाक राईले बताए।  

तर, महन्थ-राजेन्द्र पक्षका नेता एकवाल मियाँले मन्त्री बनाउने आश्वासनमा उपेन्द्र-बाबुरामले सांसदहरू तानिरहेको बताए। 'सबैलाई मन्त्री बनाउने भन्दै लोभ्याएर सांसद तान्न खोजेका छ्न्। सबै सांसदलाई मन्त्री बनाउन सक्दैनन्। त्यसपछि पुरानै घर फर्किन्छ्न्। हामी पहिलेकै अवस्थामा पुग्छौं', उनले भने।

यता, राईले भने अहिले कार्यकारिणी समितिमा ६५ प्रतिशत भएको बताउँदै सांसदमा समेतमा पूर्ण बहुमत पुग्ने दाबी गरे। ‘हामी ठीक बाटोमा थियौं। त्यसैले पार्टीमा बलियो छौं। हामी व्यवस्था बचाउन, संविधान बचाउन लागेका थियौं। जनयुद्ध, जनआन्दोलन, मधेश र अन्य आन्दोलनबाट प्राप्त उपलब्धी रक्षार्थ अडानमा थियौं’ राईले नेपाल लाइभसँग भने, ‘अल्पमत बहुमत नभनेर अडानमा थियौं। त्यसकारण अजेण्डा सफल भएको छ।’

जसपामा पछिल्लो समय महन्थ–राजेन्द्र पक्ष रक्षात्मक हुँदै गएको छ। 

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
विपक्षी दलका सांसदको अनुपस्थितिमा प्रदेशसभाबाट विश्वासको मत लिए थापाले, तीन दलको बहिस्कार प्रदेश सभामा विश्वासको मतका लाग ५३ सांसद संख्या आवश्यक रहेकोमा उनले ५७ मत पाएका छन् । मत दिने सांसद सबै सत्ता साझेदार दलका मात्र हुन... मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? बालेन सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकार मिचेर गठन गरेको सम्पत्ति छानबिन आयोगको कामकारबाहीमा सर्वोच्... मंगलबार, भदौ ९, २०८३
केन्द्रको कारबाही सिफारिस बेवास्ता गर्दै बागमतीमा राप्रपाको एमाले–नेकपासँग सत्ता सहमति बागमती प्रदेशमा सरकार गठन तथा सञ्चालनका विषयमा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाबीच मंगलबार ६ बुँदे समझदारी भएको हो। केन्द्र... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्