काठमाडाैं- ह्वाट्सएपले मेसेज फर्वार्ड गर्ने ‘लिमिट’ उल्लंघन गरेका २० लाखभन्दा बढी भारतीय प्रयोगकर्ताहरुको अकाउन्ट ब्लक गरेको छ।
मे र जुन महिनामा बन्द भएका ९५ प्रतिशत अकाउन्टका प्रयोगकर्ताले मेसेज फर्वार्ड गर्ने लिमिट उल्लंघन गरेको ह्वाट्सएपले जनाएको छ।
ह्वाट्सएप फेसबुक अन्तर्गत सञ्चालित एप हो। भारतमा सूचना आदानप्रदानका लागि फेसबुक मेसेन्जर, भाइबर, इमाेलगायत इन्ट्यान्ट टेक्स्ट मेसेजिङ एपभन्दा ह्वाट्सएप धेरै प्रयोग हुनेगर्छ।
भारतमा ४० करोडभन्दा बढीले ह्वाट्सएप प्रयोग गर्ने अनुमान गरिएको छ। गलत सूचना आदानप्रदान हुनबाट रोक्न यस्ता हानिकारक अकाउन्टहरु बन्द गरिएको ह्वाट्सएपले जनाएको छ।
भारत सरकारले प्रविधि सम्बन्धी नयाँ कानून ल्याइएपछि समाजिक सञ्जालहरु कडाइका साथ उत्रिएका छन्। यसअघि ट्वीटरले पनि लाखौं प्रयोगकर्ताहरुको अकाउन्ट बन्द गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।