काठमाडाैं- नेकपा (एमाले)को वरिष्ठ नेता माधवकुमार नेपालपक्षका कार्यदल सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा उपस्थित भएका छन्। उनीहरु अध्यक्ष ओलीको सम्बोधन सुरु भइसकेपछि बैठकस्थलमा आइपुगेका हुन्।
ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकमा सहभागी हुन नेपालपक्षका सदस्यहरु भीम रावल, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल आइपुगेका छन्।
बैठकस्थलमा ढिलागरी आइपुगेका नेता रावलले सञ्चारकर्मीहरुसँग बैठक रोक्न आएको संक्षिप्त प्रतिक्रिया दिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।