काठमाडाैं- नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ। ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा सुरु भएको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अब रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्।
उनले सर्वोच्च अदालतको परमादेशका कारण सरकारबाट बाहिरिनुपरेको बताए। उनले अदालतले आफूहरुमाथि अन्याय गरेको आरोप लगाए।
'हामीमाथि अन्याय भयो तर अन्याय भए पनि फैसला कार्यान्वयन गर्छाैं,' उनले भने, 'अब हामी रचनात्मक प्रतिपक्षको भूमिका खेल्छौं।'
उनले जनता आफूहरुको पक्षमा रहेको दाबीसमेत गरे। 'हामी हाम्रा आदर्श र विचार जनतामा लिएर जानेछाैं। नेपाली जनताको समर्थन व्यापक रुपमा प्राप्त गर्नेछौं,' अध्यक्ष ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।