काठमाडाैं- नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रबाट प्रवेश गरेका रामबहादुर थापा बादलपक्षका अधिकांश सदस्य निर्धारित समयमा नै बैठकस्थलमा पुगेका छन्।
तर, निर्धारित समयभित्र वरिष्ठ नेता माधवकुमार नेपालपक्षका कुनै पनि सदस्य बैठकस्थल पुगेका छैनन्। नेपालपक्ष आन्तरिक छलफलमा रहेको बुझिएको छ।
अध्यक्ष ओलीले आज ३३ सदस्यीय स्थायी कमिटी बैठक बोलाएका हुन्। बैठक तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा सुरु हुँदै छ।
बैठकमा तीन अजेन्डा : १० बुँदे सहमति, सर्वोच्च अदालतको फैसला र संगठनलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।