काठमाडौं- क्युबाको कम्युनिस्ट सरकारविरुद्ध राजधानी हवाना र अन्य शहरमा विरोध प्रदर्शन गरिएको छ।
प्रदर्शनकारीले स्वतन्त्रता, लोकतन्त्र र कोरोनाविरुद्ध खोपको माग राख्दै प्रदर्शन गरेको बीबीसीले जनाएको छ। ३० वर्षमा पहिलोपटक कम्युनिस्ट सरकारविरुद्ध हजारौं व्यक्तिले प्रदर्शन गरेको बताइन्छ।
प्रदर्शन बढ्दै गएपछि हवानामा सुरक्षा बलहरु तैनाथ गरिएको छ। सैन एन्टोनियो डे लास बानोस शहरका नागरिकले बिद्युत, खानेपानीको विषयमा पनि असन्तुष्टी जनाएको बताइएको छ।
तर, क्युबाका राष्ट्रपती मिगेल डियाज–केनलले सरकारविरद्ध प्रदर्शन हुनुलाई अमेरिकाको योजना ठान्छन्।
उनले भने, ‘हामी देशका सबै क्रान्तिकारी र सबै कम्युनिष्टहरूलाई सडकमा उत्रन आग्रह गर्दछौं। त्यहाँ जानुहोस् र सामना गर्नुहोस्।’
सरकारका समर्थकहरूले राजधानी हवानामा जुलुस पनि निकालेका छन्। ल्याटिन अमेरिकाका वरिष्ठ अमेरिकी कूटनीतिज्ञ जुली चुंगले क्युवा घटनामा ट्वीट गर्दै भनेका छन्,‘ हामी क्युवामा लडाइँ गर्ने आह्वानप्रति गहिरो चिन्तित छौं। शान्तिपूर्वक भेला हुने क्युवाली जनताको पक्षमा हामी उभिएका छौं। हामी शान्तिको लागि अपील गर्दछौं र कुनै पनि प्रकारको हिंसाको निन्दा गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।