काठमाडाैं- हाइटीका राष्ट्रपति जोभनेल मोइसीको हत्या प्रकरणका प्रमुख संदिग्ध एक डाक्टरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ६३ वर्षीय हाइटी नागरिक क्रिस्टियन इम्यानुएल सेनोन हुन्।
सेनोन पक्राउ परेकोबारे आइतबार बेलुका राजधानी पोर्ट–ओ–प्रिन्समा प्रहरीले सञ्चार माध्यमलाई बताएको हो।
उनी राजनीतिक उद्देश्यसाथ गएको जुन महिनाको सुरुवातमा निजी विमानबाट हाइटी गएकाे प्रहरीले जनाएकाे छ।
हाइटीका प्रहरी प्रमुख लियोन चार्ल्सले भने, ‘पक्राउ परेका व्यक्ति निजी विमानमा बसेर राजनीतिक उद्देश्यका साथ हैटी आएका थिए। सुरुवाती योजना राष्ट्रपति मोइसीलाई बन्धक बनाउने थियो तर पछि योजनाको उद्देश्य फेरियो।’
यसअघि प्रहरीले गएको ७ जुलाईमा २८ विदेशी भाडाका सैनिकले राष्ट्रपति मोइसीको निवासमा आक्रमण गरेर हत्या गरिएको बताएको थियो।
त्यस आक्रमणमा मोइसीकी पत्नी मार्टिन मोइसी घाइते भएकी छिन्। उनको अमेरिकामा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।