Getty Images
काठमाडाैं- इजिप्टको संसदले यौन अपराध रोक्न नयाँ कानूनको मस्यौदालाई अनुमोदन गरेको छ।
नयाँ कानून अन्तर्गत महिलामाथि हुने कुनै पनि हिंसालाई आपराधिक घटना मानिनेछ। यस अगाडि धेरै जसो अवस्थामा यसलाई नराम्रो आचरण मानिन्थ्यो। जसका लागि सानो सजाय दिएर दाेषिलाई उन्मुक्ति दिइन्थ्याे।
अब नयाँ कानूनमा त्यस्ता अपराधका लागि कडा सजायको व्यवस्था गरिएको छ। कुनै महिलामाथि याैन हिंसा भए दाेषिलाई ५ वर्षभन्दा बढी जेल सजाय र कुनै पनि हतियार बरामद भएकाे अवस्थामा ७ वर्षसम्म जेल सजाय सुनाइने छ।
इजिप्टका महिला अधिकारवादीहरुका अनुसार देशका हरेक महिलाले आफ्नो जीवनमा कम्तिमा एकपटक यौन उत्पीडनको सामना गरेका छन्।
गतवर्ष इजिप्टमा महिलामाथि हुने हिंसामा तीव्र वृद्धि भएको थियाे। महिला राजनीतिज्ञहरूले नयाँ कानूनको स्वागत गर्दै यसलाई ठूलो कदम भनेका छन्।
इजिप्टको संसदले गतवर्ष यौन हिंसा पीडित महिलालाई आफ्नो पहिचान गोप्य राखेर मुद्दा हाल्ने अधिकारसमेत दिएको थियो।
विशेष गरी इजिप्टमा महिला अधिकारवादीहरुले याैन अपराध गर्नेमाथि कडा सजायको माग गर्दै आएका छन् । इजिप्टमा कानून खुकुलाे रहेकाे भन्दै पुरुषहरूले याैन अपराध गर्ने गरेकाे पाइन्छ।
तर, कानून निकै कमजाेर हुँदा धेरैले मात्रै उजुरी गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।