• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसमा झन् बढ्यो महाधिवेशन हुनेमा आशंका, विकल्पमा ‘सहमतिको महाधिवेशन’को चर्चा

64x64
लिलु डुम्रे आइतबार, असार २७, २०७८  २०:४६
1140x725

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन ‘नहुने’ विषयमा छलफलले तीव्रता पाइरहेको नेताहरूले बताएका छन्। पार्टीको आगामी महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको छ। तर, महाधिवेशनको दिन नजिकिँदै जाँदा त्यसप्रतिको आशंका पनि बढ्न थालेको छ।

महाधिवेशन आउन अब ५३ दिन बाँकी छ। त्यतिञ्जेल महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ। तर, कार्यकर्तामा भने अन्योल बढ्दै गएको छ। मुख्यतः अधिवेशनको काम अघि बढाउन समयसीमा पाएका तल्ला समितिका प्रत्यासी र सरोकारवालामा पनि उत्साह बढ्न सकेको छैन।

नेपाल लाइभले केही दिनयता जिल्ला तहका दुई दर्जनभन्दा बढी नेतासँग सम्पर्क गरी महाधिवेशनको तयारीका सन्दर्भमा कुरा गर्दा अधिकांशको साझा प्रतिक्रिया थियो- ‘खै महाधिवेशन नै हुन्छ कि हुन्न!’

महाधिवेशन हुने सुनिश्चित भएपछि मात्रै उम्मेदवारको दाबी गर्ने कतिपयको भनाइ थियो। यस्तो प्रतिक्रिया दिनेमा निश्चित क्षेत्रका होइन, फरक प्रदेश र भूगोलका नेताहरू छन्।

यो पनि पढ्नुहोस्

नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टीशनिबार, असार २६, २०७८

कांग्रेसभित्र अहिले नियमित १४औं महाधिवेशन नगरी सहमतिमा पदाधिकारीको भागबण्डा गरेर देउवालाई थप दुई वर्ष सभापतिको रुपमा कायम राख्ने बहस चलिरहेको छ र त्यसकै अन्योल देशभरका नेता र कार्यकर्तामा देखापरेको छ। त्यसका लागि केही सीमित केन्द्रीय नेताहरूबाहेक धेरैजसो सहमत रहेको बताइएको छ। यसलाई सहमतिको महाधिवेशन वा विशेष महाधिवेशन भनिने यसका पक्षधरको भनाइ छ।

यसको मुख्य काम शेरबहादुर देउवाको सभापतित्वलाई दुई वर्ष लम्ब्याउनु, पार्टी पदाधिकारीमा भागबण्डा गरेर सबै पक्षलाई समेट्नु र पार्टीको वैधानिकता कायम राख्नु हुनेछ। तर, यस्तो ‘महाअधिवेशन’लाई १४औं महाधिवेशनकै रुपमा गणना गरिने छ। यो औपचारिकता निभाउनका लागि गरिने ‘महाधिवेशन’ भएकाले विधानका कतिपय व्यवस्था भने प्रयोग नहुने बताइएको छ।

प्रतिकूल समय रहेकाले विकल्पमा जानुपर्ने अवस्था आउन लागेको केही नेताको तर्क छ। यस्तो तर्क गर्नेमा सभापति देउवा पक्षका नेताहरू मात्र होइन, संस्थापनइतरका नेताहरू नै देखिएका छन्। आइतबार बिहान संस्थापनइतरका एक शीर्ष नेताले नेपाल लाइभलाई सुनाए, ‘हामीले गर्नुपर्छ भन्दै आए पनि महाधिवेशन हुन निकै कठिन देखिएको छ।’

यो पनि पढ्नुहोस्

कांग्रेस महाधिवेशनः सातवटै प्रदेशका सभापतिको उम्मेदवारमा कहाँ कसको चर्चा?शनिबार, असार २६, २०७८

पार्टीभित्र आन्तरिक सहमति बनेमा निर्वाचन आयोगले दललाई अवैधानिक बनाउन नसक्ने गरी विकल्प खोज्न सकिने उनीहरूको बुझाइ छ। साथै, लकडाउनलाई शून्य समयको मान्यता दिनुपर्ने उनीहरूको तर्क छ। विधानतः समयमा महाधिवेशन नगर्ने अन्य दलहरूसँग समन्वय गरी साझा धारणा बनाउने र संवैधानिक प्रावधान नै खुकुलो बनाउन प्रयास गर्ने सोच पनि अगाडि आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नियमित महाधिवेशनको विकल्पका विषयमा पार्टीभित्र अनौपचारिक रुपमा तीव्र छलफल भइरहेको भएपनि त्यसको स्वामित्व लिन भने कोही तयार छैनन्। यसका लागि पहल तीव्र बनाएका कतिपय नेताहरू पनि सार्वजनिक रुपमा त्यसबारे बोल्न चाहँदैनन्। शीर्ष तहका एक नेता भन्छन्- ‘अहिले ‘महाधिवेशन हुँदैन भनियो भने सत्तोसराप खानुपर्छ।’

यो पनि पढ्नुहोस्

वामपन्थी र दक्षिणपन्थीको चेपमा कांग्रेस बुधबार, असार २३, २०७८

नियमित महाधिवेशन गर्न अनेक जटिलता रहेको सम्बन्धमा भने कांग्रेसभित्र साझा मत छ। संस्थापन र संस्थापनइतरका नेताहरू नै त्यसमा सहमत देखिन थालेका छन्। कोभिडको त्रास उस्तै रहेको बताउँदै कांग्रेसको शुभेच्छुक संस्थाका एक नेताले अधिवेशन गराउन जिल्ला जाने प्रतिनिधिलाई कार्यकर्ताले लखेट्ने बताए। उनले भने, ‘कोभिडको अवस्था उस्तै छ। काठमाडौंबाट जिल्ला जाँदा भाइरसको ‘स्प्रेडर’ भन्छन्।’

महाधिवेशनको वैकल्पिक ढाँचा खोज्नुपर्ने पक्षमा रहेका एक नेता भदौमा महाधिवेशन गर्दा त्यसले पार्टीमा थप विग्रह ल्याउने र त्यसले पार्टीलाई नै घाटा हुने बताउँछन्। ‘महाधिवेशन गरियो भने पार्टीभित्रका गुट झन् बलियो हुन्छन्। त्यसले स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीभित्रै अविश्वासको सम्बन्ध कायम राख्छ। एकले अर्कोलाई हराउने खेल हुन्छ। महाधिवेशनमा हार्ने र जित्नेले एक अर्कालाई चुनावमा सहयोग गर्दैनन्’, उनको भनाइ छ।

यो पनि पढ्नुहोस्

यस्तो बन्दै छ पदाधिकारीमा देउवाको ‘टिम’आइतबार, असार २०, २०७८

‘विशेष वा सहमतिको महाधिवेशन’ मूलतः संस्थापनइतरका नेताहरूमा छलफलको विषय हुने गरेको छ। पार्टी सभापति देउवा पक्षमा यस विषयले प्रवेश नपाइसकेको बताइएको छ। देउवालाई उही पदसहित अवधि थपिने भएपछि संस्थापन पक्षले अस्वीकार नगर्ने यसका पक्षधरको बुझाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

प्रगतिशील कांग्रेस, भिजनरी नेतृत्व मंगलबार, असार २२, २०७८

गत शुक्रबार नेता अर्जुननरसिंह केसीले संयोजन गरेको सभापतिको उम्मेदवार दाबी गर्ने संस्थापनइतरका नेताहरूको बैठकमा पनि तोकिएको समयमा महाधिवेशन हुन नसक्ने तर्क आएको थियो। उक्त बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा रामशरण महत, डा शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसी सहभागी थिए। बैठक स्रोतका अनुसार भदौमा महाधिवेशन हुनैपर्छ भन्ने धारणा राख्नेमा तीन जना मात्रै नेता थिए।

यो पनि पढ्नुहोस्

कांग्रेसमा देउवालाई २ वर्ष सभापतिमा दोहोर्‍याउने बहस, पद सिर्जना गरेर शीर्ष नेतालाई पनि जिम्मेवारी!शुक्रबार, असार १८, २०७८

केन्द्रकै नेताहरू महाधिवेशनप्रति अडिग हुन नसकेपछि जिल्ला तहमा त्यसको स्वभाविक असर देखिएको छ। महाधिवेशन नहुने आशंका जिल्ला तहका कैयौं नेतामा छ। परिणामतः वडा तहको अधिवेशन आउन दुई साता मात्रै बाँकी रहँदा पनि पार्टी गतिशील हुन सकेको छैन। जिल्ला र क्षेत्रीय सभापतिमा दाबी गर्नेहरूमध्ये कतिपयले ‘महाधिवेशन हुन्छ होला त?’ भनी उल्टै प्रश्न गर्छन्। जिल्ला र प्रदेश सभापतिका कतिपय आकांक्षीहरूमा पनि महाधिवेशन हुनेमा आशंका देखिन्छ।

यो पनि पढ्नुहोस्

कसरी छानिन्छन् कांग्रेसमा महाधिवेशन प्रतिनिधि?सोमबार, असार २१, २०७८

केही जिल्लामा समायोजनको विवाद साम्य भएको छैन। विवादलाई थामथुम पारिए पनि क्रियाशील सदस्यताको विवाद यथावत् छ। क्रियाशील सदस्यताको विवाद सुल्झाउन रसुवाबाट आएका जिल्ला सभापति पेम्वा छिरिङ तामाङले भने, ‘क्रियाशील सदस्यताकै विवाद छ। महाधिवेशन हुन्छ कि हुन्न भन्ने पनि छ। क्रियाशील छानबिन समितिले ४/५ दिनमा रसुवाको विवाद टुंगाउने खबर पाएको छु। तल्लो तहको अधिवेशन गर्नै समस्या छ।’

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  २०:४६
  • #कांग्रेस_१४औं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्