• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसमा देउवालाई २ वर्ष सभापतिमा दोहोर्‍याउने बहस, पद सिर्जना गरेर शीर्ष नेतालाई पनि जिम्मेवारी!

64x64
लिलु डुम्रे शुक्रबार, असार १८, २०७८  १८:१९
1140x725

काठमाडाैं- सभापति शेरबहादुर देउवालाई दुई वर्ष सोही पदमा दोहोर्‍याउने गरी नेपाली कांग्रेसभित्र नयाँ विकल्पमाथि बहस सुरु भएको छ। कांग्रेस नेताहरुभित्र अहिले चर्चाको विषय रहेको उक्त विकल्पमा दोस्रो तहका नेताहरुको व्यवस्थापनको ढाँचा पनि प्रस्ताव गरिएको छ। साथै, दोस्रो तहका नेताहरुलाई पदीय हैसियत दिनका लागि पदाधिकारीमा थप पद सिर्जना गरिने र भागबण्डा लगाइने छ।

कांग्रेसभित्र यस विषयलाई डा मिनेन्द्र रिजालले प्रवेश गराएको स्रोतको दाबी छ। उनले आफ्नो प्रस्तावमा तेस्रो धारको नेताका रुपमा परिचित नेता कृष्णप्रसाद सिटौलालाई समेत ‘कन्भिन्स’ गराइसकेको बताइएको छ। सिटौलालाई भेट्न रिजाल उनकै निवासमा गएका थिए।

सहमतिमा महाधिवेशन गर्ने र भागबण्डा गरी पदाधिकारी बाँड्ने विकल्पमा सिटौला पनि तयार रहेपछि यस विषयले पार्टीभित्र व्यापकता पाएको छ। स्रोतका अनुसार सिटौलाले उक्त विकल्पबारे धेरै नेतालाई सुनाइसकेका छन्। महाधिवेशन गर्न प्रतिकूल समय रहेकाले विकल्पमा जान सकिने उनले पनि तर्क राखेका छन्। कांग्रेसका शीर्ष नेताबीच एकले अर्कालाई सुनाउँदै जाने क्रममा यस प्रसंगले पार्टीभित्र अनौपचारिक बहसको स्थिति सिर्जना गरेको हो।

नेता रिजालले अघि सारेको प्रस्तावलाई प्रारम्भमा धेरैले चासो दिएका थिएनन्। एउटा आइडिया निकाले, सकियो भन्ने धेरैलाई परेको थियो। नेता सिटौलाले उक्त प्रसंग अघि बढाउनु र पछिल्ला दिनमा उनको सम्बन्ध सभापति शेरबहादुर देउवासँग बढ्नुले कांग्रेस सोही विकल्पतिर अग्रसर हुन थालेको धेरै नेताको बुझाइ छ।

यो पनि पढ्नुहोस्

के कांग्रेसको महाधिवेशन फेरि सर्दैछ?बिहीबार, असार १७, २०७८

महाधिवेशन गर्न ‘परिस्थिति अनुकूल’ नभएको भन्दै सहमतिको महाधिवेशन गर्ने यो विकल्पमाथि शीर्ष नेताहरुकै रुचि छ। सहमतिको उक्त महाधिवेशनमा प्रतिनिधि छनोट नगरी केन्द्रीय समितिको निर्णयको आधारमा हुने प्रस्ताव गरिएको छ। कोरोना संकट, वर्षात् तथा पार्टीभित्रको विवादले महाधिवेशन गर्न सहज नभएको कतिपयको तर्क छ। ‘उत्तम विकल्प’ का लागि सहमतिमा महाधिवेशन गर्ने र त्यसको कार्यकाल दुई वर्षको रहने यो विकल्पका पक्षधरहरुले बताइरहेका छन्।

विधिसंगत महाधिवेशन हुँदा पदविहीन हुने डरमा रहेका नेताहरुले उक्त प्रस्तावलाई सहर्ष स्वीकार्ने कतिपय नेताहरुको दाबी छ।

दोस्रो तहका धेरै नेताले १४औं महाधिवेशनमा उम्मेदवार हुन पाउँदैनन्। उम्मेदवार भएकाहरु पराजित हुने सम्भावना पनि उत्तिकै छ। उनीहरुले १५औं महाधिवेशनमा पनि उम्मेदवार हुन नपाउन सक्छन्। दुई वर्ष भए पनि मनोनित पदाधिकारी हुने लोभ नेताहरुले गर्दा विधिसंगत महाधिवेशन हुने सम्भावना टर्दै गएको कांग्रेसका एक नेताले बताए।

पदाधिकारीमा बहुपद सिर्जना गर्ने र केन्द्रीय समितिमा संख्या बढाउने विकल्पका विषयमा पनि सो प्रस्तावसँगै छलफल अघि बढेको छ। विधानमा रहेको ‘बाधा अड्चन फुकाउने’ व्यवस्था अनुसार सहमतिमा महाधिवेशन गर्न सकिने राय आएको छ। ‘शेरबहादुर देउवालाई दुई वर्षका लागि सभापति बनाऔं। शीर्ष नेतालाई पदाधिकारीमा सहमतिमा भागबण्डा गरौं भन्ने प्रस्ताव गरिएको छ,’ कांग्रेस स्रोत भन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

केन्द्रीय सदस्यकै रुपमा रहेर अर्को महाधिवेशनमा लड्नुभन्दा त अहिले पदाधिकारी बनेर दुई वर्षपछि प्रतिस्पर्धी बन्नु उपयुक्त भएकाले शीर्ष नेताले पदको आशक्ति देखाउनसक्ने बुझाइ छ।

पदाधिकारीमा बहुपद सिर्जना गर्ने र केन्द्रीय समितिमा संख्या बढाउने विकल्पका विषयमा पनि सो प्रस्तावसँगै छलफल अघि बढेको छ। विधानमा रहेको ‘बाधा अड्चन फुकाउने’ व्यवस्था अनुसार सहमतिमा महाधिवेशन गर्न सकिने राय आएको छ।

धेरै नेताले यस विकल्पलाई स्वीकार गर्ने आकलन गरिएको छ। सभापतिका प्रत्यासी दुई जना र तेस्रो पुस्ताका केही युवा नेताहरु भने यस विकल्पको विपक्षमा छन्। नेता रिजालले ‘सहमति-सहमति’ भन्नुको तात्पर्य खुलाउँदै कांग्रेसका एक नेताले हुन सक्ने पदीय भागबण्डा बारे भने, ‘रामचन्द्र र सिटौलालाई सहसभापति, अहिले रहेका उपसभापति र महामन्त्री यथावस्थामा, महामन्त्री र सहमहामन्त्रीमा दोस्रो तहमा रहेका धेरैलाई भागबण्डा गरिन्छ। पद सिर्जना गरेर जिम्मेवारी तोक्ने भएपछि धेरैले पद पाउँछन्।'

आफ्नै पक्षका शीर्ष नेताले सभापतिमा असहयोग गर्ने देखेका पौडेलले पनि सहमति जनाउन सक्ने ती नेताको बुझाइ छ। ‘आफैं नेतृत्वको समूहका नेताहरुले उनकै उम्मेदवारी नचाहेपछि विकल्प पनि उपयुक्त हुन्छ कि भनी उहाँले सोच्न सक्नुहुन्छ,' उनको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सभापति देउवाले निधिको साथ पाउन छोडेका छन्। निधिको रिक्त स्थान पूर्ति गर्न बलियो माध्यम उनले सिटौलालाई देखेका छन्। अर्कोतर्फ सिटौला आफैं पनि कमजोर हुँदै गएका छन्। ‘अहिलेकै शक्ति संरचना अनुसारको प्रतिस्पर्धाबाट सभापति हुने सम्भावना सिटौलामा छैन। अरुलाई सभापति बनाउनुभन्दा बरु शेरबहादुर देउवालाई नै सभापति मानेर कम्तीमा दुई वर्ष सहसभापति भइयो भने त्यसबाट आफ्नो भविष्य थप फराकिलो हुनसक्ने सिटौलाले देखेको हुनसक्छन्,’ एक नेता भन्छन्।

विधानले नदिने बाटो टेकेर यस्तो विकल्पबाट अघि बढ्न कसरी सम्भव हुन्छ? भनी नेपाल लाइभले राखेको प्रश्नमा कांग्रेसका एक नेता भन्छन्, ‘हुँदै नै यही छ। यो अति गम्भीर कुरा हो।’

पार्टीलाई वैधानिक विधिबाट महाधिवेशन नगरी अर्को विकल्पमा लाने प्रयास भएपछि केही नेता बैठकमा समेत जुटेका थिए। रोल्पा जिल्ला सभापति अमरसिंह पुनको बूढानीलकण्ठस्थित घरमा बसेको एउटा बैठकले उक्त प्रस्ताव कार्यान्वयनमा आए प्रतिवादमा उत्रने निर्णय गरेको छ। उक्त बैठकमा सभापतिका दुई दाबेदार र संस्थापनइत्तरका युवा नेताहरु सहभागी थिए।

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्