• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

के कांग्रेसको महाधिवेशन फेरि सर्दैछ?

64x64
लिलु डुम्रे बिहीबार, असार १७, २०७८  २१:००
1140x725

काठमाडौं– क्रियाशील सदस्यताको विवाद पेचिलो बन्दै गएका कारण नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि सर्नसक्ने आशंका गर्न थालिएको छ। कांग्रेसका केही केन्द्रीय सदस्यहरुले क्रियाशील सदस्यताको विवादलाई देखाएर महाधिवेशनको मिति सार्न खोजिएको बताएका छन्।  

संविधानतः कांग्रेसको महाधिवेशन भदौभित्र भइसक्नुपर्ने छ। तर, राजनीतिक दलसम्बन्धी ऐनमा रहेको एउटा व्यवस्थाको आधारमा कांग्रेसको महाधिवेशन सर्नसक्ने आकलन गर्न थालिएको हो। संविधानअनुसार महाधिवेशन हुन सकेन भने ५० हजार जरिवाना तिरेर अवधि बढाउन पाउने विषयमा कांग्रेसभित्र बहस नै शुरु भएको छ। 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १६ को उपदफा २ मा ‘विशेष परिस्थिति उत्पन्न भइ ५ वर्ष भित्रमा त्यस्ता पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसक्ने भएमा विधानमा व्यवस्था भए बमोजिम आयोगलाई जानकारी गराई त्यस्तो अवधि पुरा भएको मितिले ६ महिनाभित्र त्यस्ता पदाधिकारीको निर्वाचन गर्नुपर्नेछ’ भन्ने उल्लेख छ। यसअनुसार ऐनले दिएको ६ महिने अवधि कांग्रेसका लागि भदौबाट सकिँदैछ।

उक्त अवधिमा महाधिवेशन गर्न सकिएन भने त्यसको विकल्पमा के गर्ने भन्ने बारेमा कांग्रेसमा बहस शुरु भइसकेको छ। 

राजनीतिक दलसम्बन्धी ऐनमा रहेको 'छिद्र'लाई कांग्रेसमा उपयोग गर्न खोजिएको छ। त्यो 'छिद्र' हो- राजनीतिक दलसम्बन्धी ऐनको दफा ५४ मा गरिएको सजायसम्बन्धी व्यवस्था। दफा ५४ को उपदफा १ मा 'कुनै दलले देहायको कुनै काम नगरेमा आयोग (निर्वाचन आयोग)ले ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ' भनिएको छ। उपदफा १ को देहाय (ख) मा ऐनको दफा १६ को व्यवस्थालाई उल्लेख गरिएको छ। 

अर्थात् ऐनको दफा १६ अनुसार ५ वर्षभित्र केन्द्रीय समिति र प्रदेश समितिको निर्वाचन सम्पन्न नगरेमा ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ। तर, ५० हजार रुपैयाँ जरिवाना तिरिसकेपछि पार्टीको केन्द्रीय र प्रदेश समितिको समयावधि कति बढाउन पाइन्छ भन्नेबारे ऐन मौन छ। 

राजनीतिक दलको गठन, दर्ता र सञ्चालनसम्बन्धी व्यवस्था भएको संविधानको धारा २६९ को उपधारा ४ को (ख) मा ‘विशेष परिस्थिति उत्पन्न भई ५ वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन’ भनिएको छ। 

राजनीतिक दलले ५ वर्षको अवधिमा निर्वाचन गर्न नसकेमा ६ महिना पछिसम्म पनि गर्ने सक्ने संवैधानिक परिकल्पना छ। तर, ऐनले भने जरिवानाको व्यवस्था गरेर ५ वर्ष ६ महिनापछिको परिस्थितिको पनि परिकल्पना गरेको छ। कानुनविद्हरुका अनुसार संविधानको व्यवस्थामा बाझिएको ऐनको व्यवस्था निष्प्रभावी हुन्छ। अर्थात् संविधानसँग बाझिएको अवस्थामा राजनीतिक दलसम्बन्धी ऐनको दफा ५४ को उपदफा १ को देहाय (ख) खारेज पनि हुनसक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

ऐनका आधारमा जरिवाना तिरेर समयावधि बढाइए पनि अदालतमा मुद्दा परेर संविधानको मर्मको ब्याख्या हुँदा त्यो खारेज हुनसक्ने कानुन व्यवसायीको मत छ। कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डीलए)का पूर्व अध्यक्ष योगेन्द्रबहादुर अधिकारी राजनीतिक दलसम्बन्धी ऐनको दफा ५४ मा संविधानसँग बाझिने व्यवस्था रहेको स्वीकार्छन्। 

नेपाली कांग्रेसले समयमा महाधिवेशन गर्न सकेन भने स्वभाविक रुपमा जरिवाना तिरेर समयावधि थप्नुपर्ने हुन्छ। तर, उक्त विषयले अदालतमा प्रवेश पायो भने निर्णय उल्टिन सक्ने सम्भावना रहने अधिकारी बताउँछन्। 

'अदालत (सर्वोच्च अदालत)ले फैसला गर्दा संविधानको व्यवस्था हेर्नुपर्ने हुन्छ। संविधानको व्याख्याता सर्वोच्चले ऐन नहेरी संविधान नै हेर्छ। संविधानले दिएको व्यवस्थाभन्दा बाहिर गएको तथ्यसहित सर्वोच्चले फैसला दिनसक्ने अवस्था रहन्छ,' अधिकारी भन्छन्, ‘संविधान नै मूल कानुन भएकाले सर्वोच्चले हेर्ने संविधान नै हो।’ 

पछिल्लो समय कांग्रेसको संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षले महाधिवेशन गर्न सकिएन भने कोरोना भाइरसको महाdfरीका कारण जारी निषेधाज्ञा र लकडाउनलाई शुन्य समय मान्नुपर्ने तर्क अघि सारेको छ। लकडाउनकै कारण महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले त्यसलाई शुन्य समय मानेर सर्वोच्च अदालतले बाधा फुकाइदिनुपर्ने संस्थापन पक्षीय नेता मीन विश्वकर्माको तर्क छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कानुन व्यवसायी अधिकारी पनि अन्य दलका महाधिवेशन समेत समयमा हुन नसकेकाले संविधानकै व्यवस्था खुकुलो बनाउन सक्ने विकल्प रहेको बताउँछन्। तर, कांग्रेसका संस्थापनइतर पक्षका नेताहरु भने लकडाउन र निषेधाज्ञाको समयलाई शुन्य समय मान्ने तर्कमा सहमत छैनन्। 

नेता प्रकाशमान सिंह समय हुँदा कार्यतालिकाको कार्यान्वयन नगरिएको बताउँछन्। 'समय हुँदा महाधिवेशन कार्यतालिककाको कार्यान्वयन नगर्ने, अहिले अन्तिममा आएर विकल्प खोज्नु उपयुक्त हुँदैन,' सिंह भन्छन्। 

संस्थापनइतर पक्षका नेताहरु जरिवाना तिरेर महाधिवेशन गर्ने समय लम्ब्याउने विषयमा पनि असहमत छन्। जरिवाना तिरेर समयावधि बढाउँदा पार्टीको ‘मोरल’ सकिने संस्थापनइतरका एक नेताले बताए। समयमा महाधिवेशन नगरी अवधि बढाउने प्रयत्न गरिए त्यसको प्रतिवाद गर्ने ती नेताको भनाइ छ। महाधिवेशन सर्नसक्ने सम्भावना रहेकाले सभापति देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग निरन्तर सम्पर्कमा रहन नेता रमेश लेखकलाई खटाएको संस्थापनइतरका एक नेताको दाबी छ।

भदौमा महाधिवेशन सम्पन्न गर्न कांग्रेसका लागि मुख्य चुनौती क्रियाशील सदस्यताको विवाद छ। विधानको पूर्ण कार्यान्वयन गरी क्रियाशील सदस्यता सूचिकृत गर्ने जिल्लाहरु केबल १९ रहेको बताइएको छ। क्रियाशील सदस्यता वितरणमा विधानको ‘चरम उल्लंघन’ भएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको आरोप छ। विधानले दिएको व्यवस्थाभन्दा बाहिर रहेर आएका नामलाई कुन मापदण्ड बनाएर सम्वोधन गर्ने भन्ने दुविधा कांग्रेसमा कायमै छ। 

क्रियाशील सदस्यताको विवाद समाधानका लागि पार्टीका सबै पक्षसँग समन्वय गरी मापदण्ड बनाउने जिम्मा नेता कृष्णप्रसाद सिटौलालाई दिइएको छ। तर, सिटौलाले मापदण्ड तय गर्न सकिरहेका छैनन्। 

विजय कुमार गच्छदार तथा सुनिल कुमार थापाको पक्षबाट कायम हुने क्रियाशील सदस्यता र त्यसको पक्रियालाई लिएर कांग्रेसमा बढी विवाद छ।

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्