• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस महाधिवेशनः सातवटै प्रदेशका सभापतिको उम्मेदवारमा कहाँ कसको चर्चा?

64x64
लिलु डुम्रे शनिबार, असार २६, २०७८  ११:१८
1140x725

काठमाडौं- देश संघीय संरचनामा प्रवेश गरेपछि नेपाली कांग्रेसले नितान्त नयाँ संगठन यसपटक देखि बनाउँदै छ। कांग्रेसको पार्टी संरचनामा प्रदेश समिति नयाँ हो। पार्टी संरचनामा थपिएको प्रदेश कार्यसमितिको मूल नेतृत्वमा पुग्न पार्टी भित्रका समूहले तयारी गरिरहेका छन्। 

प्रदेश सभापतिका लागि संस्थापन र इतरसमूहका नेताहरुले दाबी गर्न सुरु गरेका छन्। केन्द्रमा बन्ने समीकरणले तल्लो तहको नेतृत्वमासमेत प्रभाव पार्ने हुनाले कतिपय स्थानमा ‘वेट एण्ड सी’मा दुई समूह छन्। आसन्न १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ १ र २ मा प्रदेश अधिवेशन हुनेछ।

प्रदेश १ 
प्रदेश १ मा संस्थापनपक्षले अमृत अर्याललाई प्रदेश सभापतिमा उठाउन खोजेको छ। सभापति शेरबहादुर देउवा निकट केन्द्रीय नेता भीष्मराज आङ्देम्बेलाई प्रदेश सभापति बनाउन संस्थापनपक्षले खोजेको थियो। उनले जनजातिबाट केन्द्रमा सहमहामन्त्री घोषणा गरिसकेकाले प्रदेश १ मा देउवापक्षको सभापतिमा मोरङका अमृत अर्याललाई उठाउने तयारी गरिएको छ। उनी मनोनित केन्द्रीय सदस्यसमेत हुन्। केन्द्रीय सदस्यमा पराजित उनलाई देउवाले मनोनयन गरेका थिए।

संस्थापनइतरमा प्रदेश १ को सभापतिको उम्मेदवार चयन गर्न नेता कृष्णप्रसाद सिटौला र डा शेखर कोइराला हाबी हुने भएका छन्। शेखरले प्रदेश सभाका संसदीय दलका नेता राजीव कोइरालालाई प्रदेश सभापतिमा अघि सारेका छन्।

सुनसरीमा जिल्ला सभापतिको उनको कार्यकाल यसपटकदेखि सकिँदैछ। सिटौलाले झापाका सुधीरकुमार शिवाकोटीलाई प्रदेश सभापति बनाउन खोजेका छन्। प्रदेश १ को सभापतिको प्रत्यासी सिटौला र शेखरकै सहमतिले निर्धारण हुने देखिएको छ।

झापा, मोरङ र सुनसरीका महाधिवेशन प्रतिनिधि धेरै हुने गर्दछन्। त्यसै स्थानबाट प्रदेश सभापतिको उम्मेदवार बनाउनु पर्ने नैतिक दबाब दुबै समूहलाई छ।

प्रदेश २
उपसभापति विमलेन्द्र निधि प्रदेश २ को पार्टी संरचना निर्माणमा हाबी हुँदै आएका छन्। निधिले नै सभापतिमा उम्मेदवारी दिने बताएपछि संस्थापनपक्ष दुई चिरा परेको छ। प्रदेश २ मा निधिले सभापतिका लागि धनुषाका रामसरोज यादवलाई अघि सार्न लागेका छन्। संसदीय दलका नेतासमेत रहेका उनी प्रदेश सरकारको मन्त्रीसमेत छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष प्रदेश २ मा देउवा र निधिको तयारीका आधारमा आफ्नो उम्मेदवार बनाउने रणनीतिमा लागेको छ। केन्द्रीय सदस्य रामकृष्ण यादवलाई प्रदेश सभापति बनाउने संस्थापनइतरको इच्छा थियो। उनले केन्द्रमा सहमहामन्त्रीमा लड्ने मनस्थिति बनाएका छन्। उक्त समूहबाट पर्सा जिल्ला सभापति अजय द्विवेदीलाई अघि सार्ने सम्भावना बढी रहेको बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बागमती
पूर्व मन्त्री एवं केन्द्रीय सदस्य मोहन बस्नेत प्रदेश सभापति बन्ने लाइनमा छन्। सिन्धुपाल्चोकका नेता बस्नेत संस्थापनसमूहबाट बलियो प्रत्यासी हुन्।

बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संस्थापनपक्षबाट प्रदेश सभापतिमा दाबी गरेका छन्। मकवानपुर कांग्रेसका सभापतिसमेत रहेका बानियाँ सभापति देउवाका निकट व्यक्ति हुन्। 

देउवालाई समय समयमा साथ दिँदै आएका केन्द्रीय सदस्य भीमसेनदास प्रधान पनि प्रदेश सभापतिका आकांक्षी हुन्। सिटौला समूहमा रहेपनि प्रधान संस्थापनपक्षसँग कार्यगत एकता गर्दै आएका छन्। संसदीय दलको नेता चुन्ने क्रममा उनले देउवालाई मत दिएका थिए। संस्थापनपक्षको समर्थन लिएर प्रधान उठ्न सक्ने सम्भावना पनि छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट बागमती प्रदेश सभापति बन्ने आकांक्षी धेरै छन्। काभ्रे सभापति मधु आचार्य, नुवाकोट सभापति जगदिश्वर नरसिंह केसी, धादिङ सभापति रमेश धमला, धादिङकै नेता रामनाथ अधिकारी सभापतिको आकांक्षी हुन्। आफ्नै समूहका नेता चयन गरी एक जना उम्मेदवार बनाउन पौडेल पक्षलाई चुनौती छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गण्डकी 
केन्द्रीय दुई नेतामध्ये एकलाई प्रदेश सभापतिमा उठाउने संस्थापनपक्षको तयारी छ। केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे र गोविन्द भट्टराईको गण्डकी प्रदेश सभापतिमा चर्चा छ। गोरखाका पाण्डे र तनहुँका भट्टराईमध्ये एक जना सभापति देउवापक्षबाट गण्डकी प्रदेश सभापतिको प्रत्यासी बन्ने सम्भावना छ।

संस्थापनइतरले कास्कीका ‘सिनियर’ नेता शुक्रराज शर्मा र तनहुँका नेता रघु पौडेलमध्ये एकजनालाई उठाउने सम्भावना रहेको छ। पौडेल गत निर्वाचनमा तनहुँको १ (ख) मा पराजित भएका थिए।

लुम्बिनी
लुम्बिनीमा संस्थापनइतरले प्रदेश सभापतिको नाम करिब टुंगाएको छ। केही दिन अघि बुटबलमा भेला भएर संस्थापनइतरका जिल्ला सभापतिहरुले रोल्पाका सभापति अमरसिंह पुनको नाममा सहमति गरेका छन्। संस्थापनपक्षबाट नवलपरासीका केन्द्रीय नेता देबेन्द्रराज कँडेल लुम्बिनी प्रदेश सभापति उठ्ने चर्चा छ।

कर्णाली

कर्णालीमा वरिष्ठ नेता पौडेलपक्षले सुर्खेतका केन्द्रीय नेता हृदयराम थानीलाई उम्मेदवार बनाउने तयारी गरेको छ। प्रदेश सभापतिमा पौडेल पक्षका नेता भूपेन्द्रजंग शाहीले पनि दाबी गरेका छन्। शाही गत प्रतिनिधि सभा निर्वाचनमा कालीकोटबाट उम्मेदवार थिए।

देउवापक्षबाट कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीको नाम चर्चामा छ। शाही पिछडिएको क्षेत्रबाट केन्द्रमा सहमहामन्त्रीको दाबी गर्ने पक्षमा छन्। कर्णालीमा महामन्त्री पूर्णबहादुर खड्काको धेरै प्रभाव चल्ने भएकाले उनले निश्चित गरेकै व्यक्ति संस्थापन पक्षबाट उम्मेदवार बन्ने प्रवल सम्भावना छ। 

सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा संस्थापन पक्ष बलियो छ। संस्थापनइतरलाई प्रदेश सभापतिको उम्मेदवार खोज्न कठिनाई हुने देखिएको छ।

सुदूरपश्चिममा नेताद्वय रमेश लेखक र एनपी साउदको निर्णायक भूमिका हुने देखिन्छ। कैलालीका जिल्ला सभापति नरनारायण शाह (मनु) प्रदेश सभापतिका आकांक्षी हुन्। देउवापक्षबाट उनी प्रत्यासी बन्ने लाइनमा छन्। डडेल्धुराका सभापति कर्णबहादुर मल्ल संस्थापनइतरबाट प्रदेश सभापतिमा उठ्ने सम्भावना छ। तुलनात्मक रुपमा उक्त प्रदेशमा संस्थापन इतर कमजोर रहेकाले उनी प्रदेश सभापतिमा उम्मेदवारी नदिएर केन्द्रीय सदस्यमा उठ्ने चर्चा पनि छ।

नरनारायण शाहलाई संस्थापनपक्षले प्रदेश सभापतिमा उठाएन भने पौडेल समूहले उनलाई तान्न खोजेको छ।संस्थापनइतरमा उनलाई ल्याउन सकिए आफ्नो समूहलाई सुदूरपश्चिममा बल मिल्ने उक्त पक्षको ठम्याईं छ।

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  ११:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्