• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २०, २०८२ Wed, Mar 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
कस्तो कांग्रेस, कसको कांग्रेस-३

​​​​​​​प्रगतिशील कांग्रेस, भिजनरी नेतृत्व 

64x64
गेजा शर्मा वाग्ले मंगलबार, असार २२, २०७८  ०८:३३
1140x725

दक्षिणपन्थी राष्ट्रवाद र लोकप्रियतावादको कारणले उदार लोकतान्त्रिक र मध्यमार्गी पार्टीलाई विश्वव्यापीरूपमा नै गम्भीर सैद्धान्तिक चुनौती सिर्जना भइरहेको घडीमा महाधिवेशन प्रक्रिया प्रारम्भ भएपछि नेपाली कांग्रेसको सिद्धान्त, नीति र नेतृत्वको बारेमा बहस सुरू भएको छ। लोकतन्त्रवादी र मध्यमार्गी पार्टी भए पनि नीति र नेतृत्व दुवै दृष्टिले विगत लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको सन्दर्भमा महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको सिद्धान्त, नीति र नेतृत्वको बारेमा बहस, छलफल र चर्चा हुनु स्वाभाविक हो। नेपाली कांग्रेस नीति भन्दा पनि नेतृत्वप्रधान पार्टी भएकाले आसन्न महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसक्दा पनि नीति र सिद्धान्त भन्दा नेतृत्वका लागि वहस र विवाद भइरहेको छ। त्यसैले २०३० को दशकको पुरानो पुस्तादेखि २०६२/६३ सालको नयाँ पुस्तासम्मले नेतृत्वको दाबी गर्दै उम्मेद्‌वारी घोषणा गरेपछि सार्वजनिक सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म नेपाली कांग्रेसको महाधिवेशनमय भएको छ।

करिब ३० प्रतिशत मध्यम वर्ग तथा उदार लोकतन्त्र पक्षधर वौद्धिक वर्गको बाहूल्य भएको देशमा लोकतान्त्रिक, उदारवादी र मध्यमार्गी पार्टीको सैद्धान्तिक र वर्गीय आधार कमजोर छैन। तर, सैद्धान्तिक र वर्गीय धरातल कमजोर नभएपनि नेपाली कांग्रेस किन कमजोर र अलोकप्रिय भयो? यो नेपाली कांग्रेसको असफलता हो कि कम्युनिस्ट पार्टीको सफलता? कांग्रेसको नीति असान्दर्भिक भएको हो कि नेतृत्वको असफलता? आसन्न महाधिवेशनमार्फत् नेपाली कांग्रेसले पुनर्जीवन पाउला कि केवल प्राविधिक र कर्मकाण्डी प्रक्रिया मात्रै पूरा गरिएला? महाधिवेशनलाई महानिर्वाचनमा सीमित गरी वैधानिक संकटमोचन गर्न केवल नेतृत्व चयन मात्रै गरिएला कि पार्टीको सिद्धान्त र नीतिको बारेमा व्यापक छलफल र बहस गरी उपयुक्त नीति र कार्यक्रम पारित गरिएला? जस्ता यक्षप्रश्नहरू महाधिवेशनको पूर्वसन्ध्यामा उठेका छन्। 

यी यक्षप्रश्नहरूको निरूपणका सवालमा आसन्न महाधिवेशन सबैभन्दा ठूलो चुनौती तर, नेपाली कांग्रेसको भविष्यका लागि सबैभन्दा ठूलो अवसर हो। त्यसैले नीति र नेतृत्व दुवै दृष्टिले सङ्क्रमणकालबाट गुज्रिरहेको नेपाली कांग्रेसको भविष्यका लागि आसन्न महाधिवेशन ‘टर्निङ्प्वाइन्ट’ हुनेछ भने कांग्रेसजनहरूका लागि अग्निपरीक्षा।

सिद्धान्तको समयानुकूल पुनर्व्याख्या  
राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवाद नेपाली कांग्रेसका आदर्श र मार्गनिर्देशक सिद्धान्त हुन। लोकतन्त्रवादी र मध्यमार्गी पार्टी नेपाली कांग्रेसका आदर्श र मार्गनिर्देशक सिद्धान्त सिद्धान्ततः ठीक छन्। तर, स्थापनाकालदेखि अनुसरण गर्दै आएका आदर्श र मार्गनिर्देशक सिद्धान्तप्रति कांग्रेस नेतृत्व पंक्तिको शास्त्रीय चिन्तन, शास्त्रीय दृष्टिकोण र शास्त्रीय सोच अहिले पनि कायमै छ। यस्तो शास्त्रीय चिन्तन, दृष्टिकोण र सोचले न जनताको भावनाअनुरुप देशको विकास हुनेछ, न पार्टीका सदस्य र शुभेच्छुकहरूको चाहनाअनुरूप पार्टीको रूपान्तरण भई लोकप्रिय पार्टीकोरूपमा स्थापित हुने सम्भावना नै छ। त्यसैले नेपाली कांग्रेसको आसन्न महाधिवेशनले आफ्ना स्थापनाकालीन आदर्श र मार्गनिर्देशक सिद्धान्तलाई युगसापेक्ष पुन:परिभाषित गर्नु अपरिहार्य छ। 

राष्ट्रियताको संरक्षण र राष्ट्रहितको प्रवर्द्धनलाई नेपाली कांग्रेसले मूलमन्त्रको रुपमा व्याख्या गर्दै आइरहेको छ। तर, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको संरक्षण र सम्वर्द्धन गर्न इतिहासको कुनै कालखण्डमा चुकेको आरोप पनि लाग्दै आएको छ। नेपाली कांग्रेसको सरकारले भारतसँग गरेका प्राकृतिक साधन-स्रोतसम्बन्धी सन्धि-सम्झौताहरू असमान भएको आरोप प्रतिपक्षीहरूले लगाउँदै आएका थिए। २०७२ मा संविधान जारी भएपछि गरिएको नाकाबन्दीमा मौनताको कारणले नेपाली कांग्रेसको राष्ट्रियताप्रतिको प्रतिवद्धतामाथि गम्भीर प्रश्न उठाइएको छ। 

यो पनि पढ्नुहोस्

कस्तो कांग्रेस, कसको कांग्रेस? आइतबार, असार १३, २०७८

विशेष गरी राष्ट्रियताको बारेमा नयाँ र युवा पुस्तामा नेपाली कांग्रेसको छवी सकारात्मक छैन। भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्शा प्रकाशन गर्न नेपाली कांग्रेसले निर्वाह गरेको सकारात्मक भूमिका तथा अहिले वैदेशिक हस्तक्षेप र राष्ट्रिय स्वाधिनताको रक्षाका सम्बन्धमा सभापति शेरबहादुर देउवाको स्पष्ट दृष्टिकोणको कारणले उक्त प्रश्नको जवाफ दिएको छ। त्यसैले नेकपा एमाले जस्तो अनुदार र संकीर्ण राष्ट्रवादी तथा राप्रपा जस्तो दक्षिणपन्थी राष्ट्रवादी होइन, नेपाली समाजको बहूलता र विविधतालाई आत्मसात गर्दै राष्ट्रियताको सम्वर्द्धन गर्ने वास्तविक र उदार राष्ट्रवादी पार्टीको रूपमा स्थापित गर्न राष्ट्रियताको पनि पुनर्व्याख्या गर्नु पर्ने घडी आएको छ| 

जहाँनिया राणाशासन र तानाशाही राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास सुनौला अक्षरले लेखिएका छन्। कांग्रेसले लोकतन्त्र स्थापनाका लागि गरेको वलिदानीपूर्ण संघर्षको विपक्षीले समेत प्रसंशा गर्दै आएका छन्। तर, लोकतन्त्र स्थापनार्थ जति अग्रणी भूमिका निर्वाह गर्‍यो, लोकतन्त्रको सम्वर्द्धन र संस्थागत विकासमा अपेक्षित योगदान गर्न नसकेको आरोप विपक्षी र बाैद्धिक समूहले लगाउँदै आएका छन्। 

अर्कोतिर अहिले नेपालले अनुसरण र अभ्यास गरेको लोकतन्त्र कांग्रेसले व्याख्या गर्ने जस्तो शास्त्रीय लोकतन्त्र वा शास्त्रीय संसदीय प्रणाली होइन। संविधानसभामार्फत् बनेको संविधानले मिश्रित निर्वाचन प्रणालीसहितको समावेशी र सहभागितामूलक परिमार्जित लोकतान्त्रिक प्रणाली संस्थागत गरेको छ। त्यसैले समावेशी र सहभागितामूलक लोकतान्त्रिक प्रणालीको अक्षर र भावनालाई पूर्णरूपमा आत्मसात गरी सोही सिद्धान्तअनुरूप राज्य र पार्टी सञ्चालन गर्ने प्रतिवद्धता महाधिवेशनमार्फत् सार्वजनिक गर्नु स्वयं कांग्रेसकै दीर्घकालीन स्वास्थ्यका लागि लाभदायक हुनेछ|  

Ncell 2
Ncell 2

लोकतान्त्रिक समाजवादी नीति त्यागेर उदारीकरण, भूमण्डलीकरण र निजीकरणलाई अन्धानुकरण गरेको कारणले गर्दा नेपाली कांग्रेसको जनाधार कमजोर भएको आवाज स्वयं पार्टीपंक्तिबाटै उठ्दै आएको छ। एकातिर सन् १९९० को दशकमा उदार अर्थनीतिको विकल्प थिएन किनभने विश्वव्यापी रुपमा नै उदार लोकतन्त्र र उदार अर्थनीतिको लहर थियो। अर्कोतिर नेपाली कांग्रेसले अनुसरण गर्दै आएको शास्त्रीय समाजवाद पनि नेपाली रुग्न अर्थतन्त्रको समाधान थिएन। त्यसैले राष्ट्रिय-अन्तर्राष्ट्रिय कारणले उदार अर्थनीति तथा उदारीकरण, भूमण्डलीकरण र निजीकरणलाई नेपाली कांग्रेसको सरकारले अनुसरण गरेको थियो। नेपाली कांग्रेसको सरकारले अनुसरण गरेको उदार अर्थनीतिको कारणले नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान गरेको वास्तविकता घाम जत्तिकै छर्लंग छ। 

नेपाली कांग्रेसले अवलम्बन गरेको अर्थनीतिले अर्थतन्त्र वृद्धि भयो, उच्च र मध्यम वर्ग लाभान्वित भए। तर, गरिब, विपन्न, किसान, मजदुर, समाजमा पिछडिएका तथा वञ्चितिकरणमा परेका सीमान्तकृत समुदायको अपेक्षाकृत उत्थान र विकास हुन नसकेको प्रश्न पनि उठिरहेको छ। त्यसैले नेपाली कांग्रेसको सिद्धान्तअनुरुप कल्याणकारी राज्य र समतामूलक समाज स्थापना गर्न उदार अर्थनीतिले कति सकारात्मक योगदान गर्‍यो भन्ने प्रश्न अहिले गम्भीर आत्मसमीक्षाको विषय हो। त्यसैले यस्तो यक्षप्रश्नलाई हृदयंगम गर्दै सामाजिक न्यायसहितको समुन्नत तथा समतामूलक समाज स्थापना गर्नका लागि नेपाली कांग्रेसको लोकतान्त्रिक समाजवादलाई समयानूकल पुन:परिभाषित गर्नु आजको आवश्यकता हो।  

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीकरण नेपालको संविधानका आधारभूत सिद्धान्त हुन्। तर, संविधानका आधारभूत सिद्धान्तलाई नेपाली कांग्रेस आफैले कति आत्मसात गरेको छ? संविधानको स्वामित्व कति लिएको छ? भन्ने प्रश्न पनि उठिरहेको छ। बीपी कोइरालाले अंगीकार गरेको संवैधानिक राजतन्त्र र बहुदलीय लोकतन्त्रको मौलिक सिद्धान्त त्यागेर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता स्वीकार गरेको कारणले परम्परागत वर्गाधार कमजोर भएको विवादास्पद अभिव्यक्ति कतिपय समय र सन्दर्भमा नेपाली कांग्रेसको नेतृत्वपंक्तिबाटै सार्वजनिक हुँदै आएका छन्। 

यो पनि पढ्नुहोस्

कांग्रेसमा देउवालाई २ वर्ष सभापतिमा दोहोर्‍याउने बहस, पद सिर्जना गरेर शीर्ष नेतालाई पनि जिम्मेवारी!शुक्रबार, असार १८, २०७८

तर, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जस्ता उदारवादी र प्रगतिशील कार्यसूची अनुसरण गरेको कारणले होइन, जनताको भावनाअनुरुप भएको परिवर्तनलाई पूर्णरूपमा आत्मसात गर्न नसकेको तथा विवादास्पद अभिव्यक्तिको कारणले नेपाली कांग्रेस कमजोर र अलोकप्रिय भएको हो। शायद बीपी जीवित भएको भए अहिले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको पक्षमा नेतृत्वदायी भूमिका बहन गर्ने थिए। नेपालको संविधान लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी भए पनि मधेसी, महिला, जनजाति, दलित र अल्पसंख्यक, सीमान्तकृत तथा वञ्चितिकरणमा परेका समुदायको ‘रिजर्भेशन’ छ। 

अर्कोतिर संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई असफल बनाएर दक्षिणपन्थी धारमा लैजाने षड्यन्त्र पनि नेपथ्यमा भइरहेको छ। संविधानप्रति संदिग्ध प्रतिवद्धता भएका एमालेको अध्यक्ष समेत प्रधानमन्त्री केपी ओली र राप्रपाका अध्यक्ष कमल थापा जस्ता दक्षिणपन्थी, नेत्रविक्रम चन्द जस्ता उग्रवामपन्थी, राजेन्द्र महतो जस्ता अतिवादीहरू उक्त षड्यन्त्रको मतियार भएका छन्।

त्यसैले नेपाली कांग्रेसले यो संविधानको पूर्ण स्वामित्व लिँदै प्रमुख राजनीतिक दलका साथै सबै सरोकारवालाहरूसँग सघन परामर्श गरी लोकतान्त्रिक प्रक्रियाबाट संविधानलाई संसोधन गरेर सबै धर्म, जाति, संस्कृति, सम्प्रदाय, समुदाय र लिंगले अपनत्व ग्रहण गर्ने प्रगतिशील दस्तावेजको रूपमा विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ र प्रतिगामी षड्यन्त्रलाई असफल बनाउनु पर्छ। 

अहिलेको घडीमा नेपाली कांग्रेसका लागि भारतीय कांग्रेस र बेलायतको लेबर पार्टीको उत्थान र पतन प्रसंग सान्दर्भिक पनि छ।

बीपीको नेतृत्वमा नेपाली कांग्रेस सबैभन्दा राष्ट्रवादी, लोकतान्त्रिक, अग्रगामी र प्रगतिशील पार्टी थियो। कांग्रेस स्थापना भएको ५ वर्षमै राणा शासनको अन्त्य गरी सात सालमा प्रजातन्त्र स्थापना गर्न सफल भएको थियो भने ०१५ को निर्वाचनमा दुई तिहाईको सरकार बनाउन सफल भएको थियो। त्यसैले कांग्रेसलाई ‘कन्जरबेटिभ’ होइन, थप लोकतान्त्रिक, उदार र प्रगतिशील पार्टीकोरूपमा रूपान्तरण गरिनुपर्छ। यदि ‘कन्जरबेटिभ’ दिशातर्फ उन्मुख भयो भने कांग्रेसको सान्दर्भिकता समाप्त हुनेछ| 

भारतीय कांग्रेस र लेबर पार्टीको शिक्षा  
कुनैपनि राजनीतिक दलको नीति र नेतृत्वको बारेमा छलफल गर्दा मैले प्राय: दुईटा उदाहरण उल्लेख गरेको छु। ती हुन्– भारतीय कांग्रेस र बेलायतको लेबर पार्टीको उत्थान र पतन। अहिलेको घडीमा नेपाली कांग्रेसका लागि भारतीय कांग्रेस र बेलायतको लेबर पार्टीको उत्थान र पतन प्रसंग सान्दर्भिक पनि छ। त्यसैले भारतीय कांग्रेस र बेलायतको लेबर पार्टीको उत्थान र अवसानबाट नेपाली कांग्रेसले शिक्षा लिनु श्रेयष्कर हुनेछ। 

नेपाली कांग्रेसको भन्दा पनि सुनौलो र गौरवशाली इतिहास भारतीय कांग्रेसको छ। नेपाली कांग्रेसले निरंकुशतन्त्रको विरुद्धमा तथा लोकतन्त्र र जनताका अधिकारको लागि मात्रै संघर्ष गर्‍यो। तर, भारतीय कांग्रेसले एकातिर बेलायती उपनिवेशवाद र भारतको स्वतन्त्रताको लागि सम्झौताहीन लामो र कठोर संघर्ष गर्‍यो भने अर्कोतिर लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि संघर्ष गर्‍यो| त्यसैले बेलायती उपनिवेशवादबाट स्वतन्त्रता हासिल गरी लोकतान्त्रिक पद्धतिलाई संस्थागत विकास गर्न मात्रै होइन, विकसित र आधुनिक भारतको आधारशिला खडा गर्न भारतीय कांग्रेस सफल भएको इतिहास सर्वविदितै छ। तर, यस्तो गौरवपूर्ण र सुनौलो इतिहास भएको तथा उदार लोकतन्त्रमा विश्वास गर्ने धर्मनिरपेक्षतावादी भारतीय कांग्रेस आज किन इतिहासकै सबैभन्दा कमजोर भयो? अहिलेको यक्षप्रश्न यही हो। 

भारतीय कांग्रेसको नीति समयानुकूल प्रगतिशील र नेतृत्व गतिशील हुन सकेन। भारतीय कांग्रेस कमजोर र अलोकप्रिय हुनुमा तपसिलका अन्य कारण छन्। तर, प्रमुख कारण वंशजको आधारमा नेतृत्वमा आएका दृष्टिकोणविहीन राहुल गान्धी नै हुन्। भारतीय कांग्रेसमा नेतृत्वको स्वाभाविक विकास होइन कि ‘इम्पोज’ गर्ने प्रवृत्ति छ। नेहरू-गान्धी परिवारकी बुहारी सोनिया गान्धीले वंशजको आधारमा छोरा राहुल गान्धीलाई पार्टीको नेतृत्व हस्तान्तरण गरिन्। भारतीय कांग्रेसमा भिजन, योग्यता र क्षमताको आधारमा लोकतान्त्रिक, सहभागितामूलक र पारदर्शीरूपमा होइन, वंशजको आधारमा नेतृत्व हस्तान्तरण गरिँदै आएको छ। वंशजको आधारमा नेतृत्व हस्तान्तरण र राहुल गान्धीको असफलता नै भारतीय कांग्रेसको असफलता र अलोकप्रियता हो। 

यो पनि पढ्नुहोस्

कांग्रेस ‘कर्पोरेट मोडल’मा गइसक्यो : सीके लाल [अन्तर्वार्ता]शुक्रबार, असार १८, २०७८

यसैगरी भारतीय कांग्रेसले पार्टीको आदर्श, सिद्धान्त र नीतिलाई पनि समयानुकूल पुन:परिभाषित तथा अद्यावधिक गर्न सकेन। भारतीय कांग्रेसको नीतिगत तथा नेतृत्वको कमजोरीको अधिकतम राजनीतिक लाभ भारतीय जनता पार्टी जस्तो अनुदारवादी, धार्मिक अतिवादी तथा दक्षिणपन्थी पार्टीले लिइरहेको छ। 

बेलायतमा कन्जरबेटिभ पार्टी भन्दा लेबर पार्टी उदार र प्रगतिशील मानिन्छ। तर, इतिहासको कुनै कालखण्डमा कन्जरबेटिभ पार्टी भन्दा पनि लेबर पार्टी नीति र नेतृत्व दुवै दृष्टिले कन्जरबेटिभ भयो। त्यसैले सन् १९८० को दशकमा इतिहासमा नै लेबर पार्टी सबैभन्दा कन्जरबेटिभ, कमजोर र अलोकप्रिय भयो। विशेष गरी परिवर्तित विश्व परिवेशमा अर्थतन्त्र  तथा आर्थिक नीतिप्रति कन्जरबेटिभ दृष्टिकोण भएको कारणले लेबर पार्टी असान्दर्भिक हुँदै गएको थियो। त्यतिबेलासम्म लेबर पार्टी राज्य नियन्त्रित अर्थनीतिको पक्षमा थियो। 

आसन्न महाधिवेशनबाट विचार, सिद्धान्त र योग्यताको आधारमा जनता र कार्यकर्ताले विश्वास गरेको लोकप्रिय नेतृत्व चयन भएन भने कांग्रेसको भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा हुनेछ।

तर, परिवर्तित राष्ट्रिय-अन्तर्राष्ट्रिय परिवेश बुझेका भिजनरी नेता टोनी ब्लेयरले परम्परागत राज्य नियन्त्रित अर्थतन्त्र तथा अर्थनीति पक्षधर लेबरको शास्त्रीय सिद्धान्तलाई पुन:परिभाषित गरी पार्टीलाई पुनर्जीवन दिन सफल भए। शास्त्रीय लेबरलाई ब्लेयरले ‘न्यू लेबर’का रूपमा रूपान्तरण मात्रै गरेनन्, पार्टीको संगठन प्रणालीमा समेत आमूल परिवर्तन गरे। अर्थनीतिसम्बन्धी पार्टीको विधानको धारा ४ लाई संशोधन गर्न ब्लेयरले करिब १२ वर्ष अन्तरपार्टी संघर्ष गर्नु परेको थियो। लेबरले प्रगतिशील नीति अख्तियार गरेपछि तथा ब्लेयर जस्तो भिजनरी नेताले नेतृत्व गरेपछि सन् १९९७ को निर्वाचनमा लोकप्रिय जनमतका साथ लेबर पार्टीले विजय हासिल गर्‍यो। लेबरले अनुसरण गरेको नयाँ अर्थनीति र संगठन प्रणालीका कारण लगातार तीनपटक विजय भई प्रधानमन्त्री बनेका ब्लेयरले बेलायतको अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएका थिए| 

भिजनरी र गतिशील नेतृत्व 
एक्काईसौं शताब्दीजस्तो आधुनिक, लोकतान्त्रिक, उदार, खुला तथा डिजिटल युगमा मानवीय चेतना र प्रविधिको क्षेत्रमा युगान्तकारी विकास भएको छ। त्यसैले राज्य, सरकार र दलका आधारभूत चरित्र र भूमिका निरन्तर परिवर्तनशील र जटिल हुँदै गइरहेका छन्। राज्य, सरकार र दलका आधारभूत चरित्र र चुनौतीहरू बीसौं शताब्दीका भन्दा मौलिकरूपमा पृथक र अन्तर्विरोधपूर्ण छन्| शास्त्रीय दल, शास्त्रीय सिद्धान्त, शास्त्रीय सोच र शास्त्रीय नेतृत्वबाट एक्काइसौं शताब्दीका नवीन चुनौतीहरूको सामना गरी राज्य सञ्चालन र पार्टीको नेतृत्व गर्न सक्ने सम्भावना छैन। त्यसैले एक्काइसौं शताब्दीका चुनौती सामना गर्न सक्ने भिजनरी, संघर्षशील, ऊर्जावान र गतिशील नेतृत्व आजको आवश्यकता हो।

आसन्न महाधिवेशनबाट विचार, सिद्धान्त र योग्यताको आधारमा जनता र कार्यकर्ताले विश्वास गरेको लोकप्रिय नेतृत्व चयन भएन भने कांग्रेसको भविष्यमाथि गम्भीर प्रश्नचिह्न खडा हुनेछ। किनभने ‘कस्मेटिक’ सुधार र महाधिवेशनको कर्मकाण्डको मात्रै अर्थ छैन, आमूल परिवर्तन नगरेसम्म कांग्रेस पुनर्जीवनको सम्भावना छैन। तर, नेतृत्वको मापदण्ड वंशज, गोत्र, वरिष्ठता वा मर्यादाक्रम होइन, विचार, सिद्धान्त, योग्यता र क्षमता हुनुपर्छ। उक्त मापदण्ड कुनै नेता, वंशज र पुस्ता विशेषप्रतिको आग्रह वा पूर्वाग्रह होइन, एक्काईसौं शताब्दीको समाजले माग गरेको नेतृत्वको न्यूनतम योग्यता र आवश्यकताको मानकीकृत गरिएको मात्रै हो।

महाधिवेशनको मिति जति-जति नजिकिएको छ, पुरानो पुस्ताबाट दोस्रो र तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न त्यति-त्यति दबाब बढिरहेको छ। त्यसैले सभापति शेरबहादुर देउवा र देउवाका प्रतिस्पर्धी तथा सहकर्मी रामचन्द्र पौडेललाई आफ्नै समूहका दोस्रो पुस्ताका नेताहरूले नै नेतृत्व हस्तान्तरण गर्न दबाबमूलक अभियान सुरू गरेका छन्| हालसम्म देउवालाई साथ दिँदै आएका उपसभापति विमलेन्द्र निधिले अहिले सभापतिमा देउवालाई चुनौती दिएका छन् भने शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा चुनाव लड्ने घोषणा गर्दै पौडेललाई ‘सम्मानजनक अवकाश’ लिन आग्रह गरिरहेका छन्| 

बीपी कोइरालापुत्र एवं महामन्त्री शशांक, गणेशमान सिंहपुत्र एवं पूर्वउपसभापति प्रकाशमान सिंह र महेन्द्रनारायण निधिपुत्र एवं उपसभापति विमलेन्द्र निधिका बीचमा विगत केही हप्तादेखि भइरहेका बैठकहरूले नेपाली कांग्रेसको राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ। कोइराला, सिंह र निधिको बैठकका शृंखलाले नयाँ ध्रुवीकरण र समीकरणको प्रारम्भिक संकेत देखिएको छ र हालसम्मको स्थायी गुट विघटन हुने संभावना देखिएको छ। नेपाली कांग्रेसको आन्तरिक समीकरणमा निर्णायक भूमिका निर्वाह गर्दै आएका रामशरण महत, अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँड, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, रमेश लेखक, पुष्पा भुसाल, डिना उपाध्याय, चित्रलेखा यादवहरूले पदाधिकारीमा दाबी गर्नु स्वाभाविक हो। यसैगरी, तेस्रो पुस्ताका गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, एनपी साउद, गुरूराज घिमिरे, धनराज गुरुङ, प्रदीप पौडेलको पुस्ताले पनि कार्यकारी अर्थात् महामन्त्रीको भूमिकाको सशक्त दाबी गरिरहेका छन्।

नेपाली कांग्रेसलाई भारतीय कांग्रेस बनाउने कि बेलायतको लेबर पार्टी? गान्धी जस्तो दृष्टिकोणविहीन र अलोकप्रिय कि ब्लेयर जस्तो भिजनरी र लोकप्रिय नेतृत्व छनोट गर्ने?

यद्यपि, यद्यपि लोकतान्त्रिक र गतिशील पार्टीमा नेतृत्व हस्तान्तरण स्वभाविक प्रक्रिया हो। तर, हालसम्म अहिले नेतृत्वको ध्रुवीकरण र समीकरणको तस्वीर स्पष्ट भइसकेको छैन। त्यसैले नेतृत्वको बारेमा भविष्यवाणी गर्नु हतार हुनेछ। तर, यही महाधिवेसनबाट पूर्णरूपमा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण नभए पनि नेतृत्व हस्तान्तरणको औपचारिक र वैधानिक प्रक्रिया सुरू हुनेछ। अहिले पनि अरू प्रतिस्पर्धी र आकांक्षी भन्दा आन्तरिक समीकरण र संगठनमा देउवा नै बलियो भएको देखिन्छ| देउवाइतर पक्षका प्रत्यासी र आकांक्षीका वीचमा सहमति नभएको पृष्ठभूमिमा तथा ओलीको सर्वसत्तावादी र अधिनायकवादी प्रवृत्तिका विरुद्धमा संघर्षरत ५ दलीय गठबन्धनको सर्वसम्मत नेता भएपछि देउवा अतिरिक्त राजनीतिक लाभ र उचाई हासिल गरेका छन्| 

सदस्य संख्याको दृष्टिले विश्लेषण गर्दा नेपाली कांग्रेसप्रति जनताको आकर्षण देखिएको छ। विगत महाधिवेशनमा करिब ४ लाख ७० हजार सदस्य थिए। तर, यसपटक करिब ५ लाख नयाँ सदस्य थपिएका छन्, जुन कांग्रेसको भविष्यको दृष्टिले सुखद संकेत हो। थप भएका सदस्यमा युवाहरूको बाहूल्य देखिन्छ। त्यसैले आसन्न महाधिवेशनमा वडादेखि केन्द्रसम्म युवाहरूको सार्थक हस्तक्षेप गर्न सक्ने सम्भावना देखिएको छ। सम्भवत: यही वास्तविकतालाई आत्मसात गरेर होला, सभापतिमा दाबी गरिरहेका पहिलो तथा दोस्रो पुस्ताका सबै दावेदारहरूले तेस्रो तथा युवा पुस्तालाई सारथी बनाएर सभापतिमा निर्वाचित हुने रणनीतिलाई सर्वोच्च प्राथमिकता दिएको देखिन्छ।

पहिलो तथा दोस्रो पुस्ताका सबै दावेदारहरूले तेस्रो तथा युवा पुस्ताको समर्थन र सहयोग नभए सभापतिमा निर्वाचित हुन नसक्ने वास्तविकतालाई आत्मसात गरेको जस्तो देखिन्छ। त्यसैले देउवाले तेस्रो पुस्ताका प्रतिनिधि पात्र विश्वप्रकाश शर्मा र देउवाइतर समुहले तेस्रो पुस्ताका अर्का प्रतिनिधि पात्र गगन थापालाई चुनावी रणनीतिका दृष्टिले आ-आफ्नो समूहमा विशेष प्राथमिकता दिएको देखिन्छ, जुन नेपाली कांग्रेसको भविष्यको दृष्टिले सकारात्मक र सुखद् संकेत हो। 

यो पनि पढ्नुहोस्

कांग्रेस नेतृत्वको दाबेदारीमा बहसभन्दा बाहिरै महिला नेतासोमबार, असार १४, २०७८

उपरोक्त बृहत्तर क्यानभासमा विश्लेषण गर्दा लोकतान्त्रिक र प्रगतिशील सिद्धान्त, गतिशील संगठन र भिजनरी नेतृत्व नेपाली कांग्रेस पुनर्जीवनका अनिवार्य पूर्वसर्त हुन्। त्यसैले महाधिवेशनको सत्रमा मात्रै होइन, नीति र नेतृत्वको बारेमा अहिलेदेखि नै घनिभूत बहस गरिनु पर्छ। यदि परिवर्तित राष्ट्रिय-अन्तर्राष्ट्रिय परिवेश र समयसापेक्ष उदार र प्रगतिशील नीति पारित गरी भिजनरी नेतृत्व चयन गर्न सफल भयो भने नेपाली कांग्रेसको भविष्य सुरक्षित छ। होइन भने कांग्रेसको भविष्य र औचित्यमाथि गम्भीर प्रश्नचिह्न खडा हुनेछ। नेपाली कांग्रेसलाई भारतीय कांग्रेस बनाउने कि बेलायतको लेबर पार्टी? गान्धी जस्तो दृष्टिकोणविहीन र अलोकप्रिय कि ब्लेयर जस्तो भिजनरी र लोकप्रिय नेतृत्व छनोट गर्ने? परिणाम आसन्न महाधिवेशनमा कांग्रेसजनको विवेकपूर्ण निर्णयमा निर्भर छ। कांग्रेसजनहरूलाई चेतना भया!

ट्विटर : @GejaWagle

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गेजा शर्मा वाग्ले
लेखकबाट थप
​​​​​​​प्रगतिशील कांग्रेस, भिजनरी नेतृत्व 
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
आफू र पार्टीविरुद्ध भ्रम फैलाइएको भन्दै त्यस्ता सामग्री रिपोर्ट गर्न सभापति थापाको अनुरोध मंगलबार, फागुन १९, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
बर्दीबासमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट मंगलबार, फागुन १९, २०८२
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्