• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस नेतृत्वको दाबेदारीमा बहसभन्दा बाहिरै महिला नेता

64x64
नेपाल लाइभ सोमबार, असार १४, २०७८  २०:२१
1140x725

काठमाडौं– आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने महाधिवेशनबाट नेतृत्व हत्याउन नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच भेटवार्ता तीव्र बनेको छ। गत असार ४ गतेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति निश्चित गरेपछि सभापति शेरबहादुर देउवाले भोलिपल्टैबाट सक्रियता बढाएका थिए। यसअघि आफ्नो उम्मेदवारीका विषयमा मौन रहेका भएपनि सभापतिमा दोहोरिने रणनीतिका साथ तयारी गरिरहेका उनले असार ५ गतेयता सबै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यहरुलाई बुढानीलकण्ठमा बोलाएर आफ्नो उम्मेवारीको बारेमा जानकारी गराइसकेका छन् र सहयोग गर्न आग्रह गरिरहेका छन्।

असार ५ गते नै देउवाले सघाउन आग्रह गरेपछि उपसभापति विमलेन्द्र निधिले आफू पनि उम्मेदवार बन्ने भएकाले आफूलाई सघाउन आग्रह गरे। १३औँ महाधिवेशनमा आफूले देउवालाई सघाएको र १४औँ महाधिवेशनमा देउवाले आफूलाई सघाउने समझदारी भएको निधिको भनाइ छ। र, देउवासँगको त्यही भेटपछि नै निधिले आफ्नो सक्रियता ह्वात्तै बढाएका छन्। यसक्रममा उनले शशांक कोइराला र प्रकाशमान सिंहसँग समेत पटक–पटक भेट गरिसकेका छन्। असार ७ मा निधि निवासमा भएको भेटपछि यी तीन नेताले असार ११ मा कोइराला निवासमा भेट गरे। अर्को भेट सिंह निवासमा हुने बताइएको छ। निधिले असार ८ मा पार्टीका प्रभावशाली नेताहरुसँग भेटेर छलफल पनि गरेका छन्।

सभापतिका अर्का आकांक्षी रामचन्द्र पौडेलले पनि असार ११ मा आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन्। सो छलफलमा उनले 'मलाई एक पटक सभापति बन्ने रहर छ’ भन्दै सहयोगको आकांक्षा राखेका थिए। उनलाई सहभागीहरुले सबैलाई स्वीकार्य हुने टिम बनाएर प्रस्ताव गर्न आग्रह गरेका थिए। अन्य नेताको जस्तै सभापति उम्मेदवार बन्ने पौडेलको तयारी पुरानै हो। त्यसका लागि उनले २०७६ फागुनमै काठमाडौंको अनामनगरमा सम्पर्क कार्यालय समेत खोलेका थिए।

कांग्रेसमा अहिले सभापतिको उम्मेदवार दाबी गर्दै सक्रियता देखाइरहेकाहरुको सूची लामै छ। उल्लिखित तीन नेताका अतिरिक्त डा. शेखर कोइराला, डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी हुँदै कल्याण गुरुङसम्म त्यो सूची तन्किन्छ। तर, पार्टी नेतृत्वको लागि महिला उम्मेदवारको चर्चा भने कतै सुनिँदैन। सभापतिमा बेलाबखत दाबी गर्ने, तर त्यसको लागि कुनै प्रयत्न नगर्ने सुजाता कोइरालाले आफ्नो दाबीको गम्भीरता गुमाइसकेकी छन्। पछिल्लो समय स्वास्थ्यका कारण पनि उनको सक्रियता निकै कम छ। सुजाताका अतिरिक्त अन्य महिला नेता यो दौडमा देखिँदैनन्।

पार्टी सभापतिका लागि मात्र होइन, केन्द्रीय कार्यसमितिमा रहने अन्य १३ पदाधिकारीमा पनि उनीहरुको दाबेदारीको चर्चा छैन। जबकि, कांग्रेसको अद्यावधिक विधानअनुसार कम्तीमा एक जना महिला सह–महामन्त्री हुनु अनिवार्य छ। कतिपयले आन्तरिक रुपमा सोही पदको तयारी गरिरहेको भए पनि खुलेर घोषणा गरेका छैनन्। महाधिवेशनका लागि भइरहेका रणनीति निर्माणमा पनि महिला नेताको अनुहार देखिँदैन। सभापतिका दाबेदारले आयोजना गरेको छलफलमा सहभागिता जनाउनुबाहेक उनीहरुले आफूलाई केन्द्रमा राखेर पहल गरेको देखिँदैन।

केन्द्रीय सदस्य सरिता प्रसाईं भने कोभिड महामारी लगायतका कारणले सक्रियता कम देखिएको बताउँछिन्। आफू सह–महामन्त्रीको लागि तयारी गरिरहेको बताउने उनले जुम मिटिङमा छलफल गर्ने गरेको बताइन्।

चुनावी प्रतिस्पर्धामा अन्य राजनीतिक पार्टीमा जस्तो कांग्रेसमा पनि प्यानलको प्रभाव अत्यधिक रहन्छ। प्यानलभन्दा बाहिरबाट प्रतिस्पर्धामा गएर राजनीति अगाडि बढाउने आँट धेरैमा छैन। त्यसमाथि मूलधारको पार्टीमा प्यानल बाहिरबाट निर्वाचन जित्न असम्भव जस्तै पनि छ। त्यसैले धेरै महिला नेताहरुले प्यानलमा पर्ने विषयलाई नै प्राथमिकता दिने गरेका छन्। प्यानलको नेतृत्वकर्ता अर्थात् सभापतिका उम्मेदवारले मिलाउँदै जाँदा आफूलाई कहाँ पारिदिन्छन्, त्यसैमा सहमति जनाउने धेरैको स्वभाव देखिन्छ। विद्रोही देखिन थाले केन्द्रीय समितिमा पनि पर्ने सम्भावना न्यून हुने भएकाले बरु आरक्षणको सहज बाटो समाउने गर्छन् धेरैजसो महिला नेता। ‘जे जति नामहरु अहिले चर्चामा आइरहेका छन्। त्यहाँ महिला छैनन्। महिला नेताहरुले आफ्नो चाहनाको बारेमा सिधै भन्ने भन्दा पनि इमानदार भएर समूहमा पसेर राजनीति गर्ने सोचाइले पनि त्यस्तो भएको होला’,कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियार भन्छिन्।

नेपाली कांग्रेसको वेवसाइटमा उपलब्ध केन्द्रीय कार्यसमितिको १०३ जना (आमन्त्रित केन्द्रीय सदस्यबाहेक)को सूचीमा १८ जना मात्रै महिला छन्। सीतादेवी यादव, चित्रलेखा यादव, सुजाता कोइराला, महालक्ष्मी उपाध्याय ‘डिना’, कमला पन्त, अम्बिका बस्नेत, पुष्पा भुसाल, रत्न शेरचन, ईश्वर न्यौपाने, सीता गुरुङ, सुजाता परियार, पार्वता डीसी चौधरी, डा डिला संग्रौला, किरण यादव, सरिता प्रसाईं, लक्ष्मी परियार, शिला शर्मा खड्का, सुमित्रा थरुनी, कल्पना चौधरी अहिले केन्द्रीय कार्यसमितिमा छन्।

Ncell 2
Ncell 2
nimb
nimb

१३औं महाधिवेशनमा सीतादेवी यादव कोषाध्यक्षमा निर्वाचित भएकी थिइन्। त्यस्तै, केन्द्रीय कार्यसमितिमा २५ जनाको लागि भएको खुला प्रतिस्पर्धामा निर्वाचित हुने महिला संख्या एक मात्रै थियो। त्यतिबेला सुजाता कोइराला मात्रै निर्वाचित भएकी थिइन्। त्यस्तै, केन्द्रीय सदस्यको लागि दलित महिला आरक्षणमा सुजाता परियार र लक्ष्मी परियार निर्वाचित भएका थिए। जनजाति महिला आरक्षणमा सीता गुरुङ र रत्ना शेरचन निर्वाचित भएका थिए। मधेसी महिला आरक्षणमा पार्वती डिसी चौधरी र किरणदेवी यादव निर्वाचित भएका थिए। महिला आरक्षणमा भएको निर्वाचनमा डा डिला संग्रौला, पुष्पा भुसाल, कमला पन्त, सरिता प्रसाईं, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने निर्वाचित भएका थिए। यसअनुसार, त्यतिबेलाको ८५ सदस्यीय केन्द्रीय कार्यसमितिमा १४ जना मात्रै निर्वाचित भएर आएका थिए। बाँकीलाई पछि मनोनित गरिएको हो।

कांग्रेसको विधानअनुसार अबदेखि सभापति-१, उपसभापति-२, महामन्त्री-२, सहमहामन्त्री-८, कोषाध्यक्ष- १ हुनेछन्। ८ जना सहमहामन्त्री समावेशीताको आधारमा निर्वाचित हुनेछन्। जसअनुसार, महिला, आदिबासी जनजाति, दलित, मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जना निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय कार्यसमितिबाट सभापतिको प्रस्तावको आधारमा निर्वाचित हुनेछ। तर, अनिवार्य महिला उम्मेदवार बनाउनुपर्ने पदका लागि बाहेक अन्य पदमा महिला नेतालाई प्रतिस्पर्धी बनाइने सम्भावना अहिलेसम्म देखिँदैन।

त्यसो त खुला प्रतिस्पर्धी बन्दा महिला नेतालाई पार्टीमा जिताइने सम्भावना न्यून हुने गरेको छ। जस्तो– १२औं महाधिवेशनमा महिला आरक्षणमा विजयी भएकी डिना (महालक्ष्मी) उपाध्याय १३औं महाधिवेशनमा पराजित भइन्। ‘नेतृत्व पुरुष नै हुनुपर्छ, महिलाको चाहिँ अझै बेला भइसकेको छैन भन्ने मनस्थितिले काम गरिरहेको छ। यो मानसिकता नेतृत्व तहमा रहेका पुरुषहरुमा मात्रै होइन, कार्यकर्ताहरुमा पनि छ’, परियार भन्छिन्।

कांग्रेसको नेतृत्वमा सबैभन्दा माथिल्लो पदमा पुग्ने महिला नेता शैलजा आचार्य मात्रै हुन्। २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनमा सभापतिमा निर्वाचित गिरिजाप्रसाद कोइरालाले आचार्यलाई उपसभापति मनोनयन गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

कस्तो कांग्रेस, कसको कांग्रेस? आइतबार, असार १३, २०७८

 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्