काठमाडाैं– नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै जाँदा सभापतिका आकांक्षीले नेता तथा कार्यकर्ताहरुसँगको भेट तीव्र बनाएका छन्।
यसै क्रममा पारिवारिक विरासत रहेका तीन नेता पुन: बैठकमा जुटेका छन्। महामन्त्री डा शशांक कोइराला निवास महाराजगञ्जमा उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंह पुगेका छन्।
सोमबार निधि निवासमा भएको बैठकको निरन्तरतामा आजको छलफल रहेको नेता सिंहले जानकारी दिए।
महाधिवेशनमा तीन नेताबीच सहकार्य गरेर जाने विषयमा छलफल भइरहेको सिंहले बताए। क्रियाशील सदस्यता सन्दर्भमा पनि छलफल हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।