• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

​​​​​​​कांग्रेस ‘कर्पोरेट मोडल’मा गइसक्यो : सीके लाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, असार १८, २०७८  ०८:४०
1140x725

नेपाली कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म गर्नका लागि समय निर्धारण गरिएको छ। भदौभित्रै महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता उसलाई छ। तोकिएको समयमा महाधिवेशन हुनेमा अद्यापि आशंका छ। त्यस्तो आशंका गर्नेहरु पार्टीभित्रै छन्। सभापति शेरबहादुर देउवाले पुनः सोही पदमा दोहोरिने इच्छासहित भेटघाटलाई तीव्र बनाएका छन्। उनको सक्रियताले महाधिवेशन हुने निश्चित भएको भन्नेहरु पनि छन्।

देउवा मात्रै होइन, अन्य नेताहरुले पनि महाधिवेशन केन्द्रित संवादलाई तीव्रता दिएका छन्। कांग्रेसको नेतृत्वको दाबी गर्नेहरुले पनि आफ्नो दाबीलाई विभिन्न माध्यमबाट चर्चामा ल्याइरहेका छन्। सधैं झैं महाधिवेशन नेतृत्व चयनको विषयमा केन्द्रित हुँदै गएको छ, नीतिका विषय बेवास्तामा परेको छ। आसन्न महाधिवेशनका विषयमा आधारित भएर राजनीतिक विश्लेषक सीके लालसँग नेपाल लाइभका लागि लिलु डुम्रेले गरेको संवाद :

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएको छ। भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यता पनि छ। यसपटकको महाधिवेशन विभिन्न कोणबाट विगतको भन्दा फरक हुन्छ भनी विश्लेषण गरिएको छ। तपाईंलाई त्यस्तो लाग्छ?
विगतका महाधिवेशनभन्दा अलिकति फरक त छ। कांग्रेस राजनीतिक दलभन्दा पनि ‘कर्पोरेट स्टक्चर्स’तिर जान लागेको हो कि जस्तो छ। राजनीतिक दलमा अजेण्डाको आधारमा महाधिवेशन हुन्छ। अजेण्डाको आधारमा प्रतिस्पर्धा हुन्छ। तर, ‘कर्पोरेट मोडल’मा भने कोसँग कति समर्थक छ भन्ने मुख्य विषय हुन्छ। कर्पोरेटमा ‘बोर्ड अफ डाइरेक्टर’को चुनाव लड्न कोसँग कति शेयर होल्डरहरु छ भने जस्तै मुख्य नेताको कोसँग कति समर्थक छ भनी हेरिँदै आएको छ।

जुन रुपमा कर्पोरेट हाउसमा एक अर्कासँग ‘कोलिसन’ बनाउँछन्। त्यहाँ कोलिसन महत्त्वपूर्ण हुन्छ। अजेण्डाको बारेमा बहस हुँदैन। नीति र अजेण्डामाथि चर्काचर्की हुँदैन। अजेण्डाको बारेमा समझदारी पनि त्यहाँ हुँदैन। मात्रै लेनदेन हुन्छ। यो समर्थन मैले तिमीलाई दिएवापत तिमीले मलाई के दिन्छौं भन्दै लेनदेन गरिएको हुन्छ। कांग्रेस कर्पोरेट मोडलमा जान लागेको हो।

कांग्रेस शासन प्रणाली परिवर्तनका लागि पटकपटक लड्यो। व्यवस्था परिवर्तनमा नेतृत्वदायी भूमिका पनि खेल्यो। तर, कांग्रेसले त्यही ब्याज खान खोज्छ, भविष्यमुखी हुन सकेन भनिन्छ। यस महाधिवेशनबाट भविष्यमुखी कांग्रेस हुने आशा गर्न सकिएला?
भविष्यमुखी भनेकै नेपालको भविष्य कस्तो हुनेमा जोडिएको हुन्छ। सबै दलको सहमति भयो भने त ‘कर्पोरेट मोडेल’ ठिकै हुन्छ नि त। भारतमा बिजेपी ‘कर्पोरेट मोडेल’बाटै आएको हो।

परिवर्तनका लागि राजनिति गर्ने हो भने त्यसको आशा पनि रहला। तर, अहिलेको अवस्थामा, अहिलेको ‘कर्पोरेट मोडेल’ देख्दा त नेपालको विविधतालाई समात्न गाह्रो हुने देखिन्छ। कांग्रेस विरासतमै बस्ला जस्तो लाग्छ। भविष्यमुखी हुनसक्ला जस्तो लाग्दैन। भविष्यमुखी कार्यक्रम ल्याउन सक्ला जस्तो मलाईचाहिँ लागिरहेको छैन।

विगतका महाधिवेशनमा सभापतिका उम्मेदवार दाबी गर्ने कम हुन्थे। यसपटक सभापतिका प्रत्यासी धेरै देखिएका छन्। आफू पनि सक्षम छु भनी देखाउन खोजेका होलान् कि भागबण्डाको हिस्सेदारी खोज्नका लागि दाबी गरिएको होला?
समूहको अवधारणा त कांग्रेसमा हराइसक्यो। अजेण्डाको कुरा भए समूह हुने थियो। अब त सोझै मसँग यति ‘फलोअर्स’ छन् भन्छन्। त्यसैको आधारमा लेनदेन हुन्छ। जसले बढी फलोअर्स जम्मा गर्न सक्यो, जसले बढी शेयर होल्डर लिन सक्यो। त्यो नै बोर्ड अफ डाइरेक्टरमा पुग्ने भन्ने न हो। त्यसकारण समूहको कुरा कांग्रेसमा हराइसक्यो।

अहिले भन्छन् नि- देउवा, पौडेल, प्रकाशमान, सिटौला, शंशाक समूह। त्यो त समूह नै होइन। समूह भनेको त निश्चित सिद्धान्तको लागि हामी जम्मा भएको भन्ने हुन्छ। यो विषयलाई, यो सिद्धान्तलाई हामी बहसका लागि महाधिवेशनमा लैजान्छौं भन्ने न समूह हुन्छ। यो त महत्त्वाकांक्षी व्यक्तिले आफ्नो समर्थकहरुलाई लिएर नेतृत्वको दाबी प्रस्तुत गर्ने कार्य हो। महत्त्वाकांक्षीको संख्या धेरै भएपछि समर्थकहरु धेरै ठाउँमा बाँडिन्छन्। त्यो राजनीतिक समूह रहँदैन। त्यसलाई समूह नभनेर कोटरी भनिन्छ। किचन क्याबिनेट खालको कोटरी हो। त्यसलाई प्रभामण्डल पनि भनिन्छ। विचारमा आधारित समूह नभएर प्रभामण्डलको लेनदेन हुने भयो।

Ncell 2
Ncell 2

यसपटक दोस्रो पुस्ताभन्दा तेस्रो पुस्ता हाबी हुने आकलन गरिएको छ। कांग्रेस जीवनमा यो सुखद् नै पक्ष हो नि?
उपाय भएन नि त। नयाँ पुस्तामा आकर्षित हुने दर त घट्दो छ। नयाँ रुचि हुने युवाहरु त अरु अरु प्लेटफर्म खोजिरहेका छन्। कांग्रेसलाई किन समर्थन गरिस्? भन्दा त हामी त परिवारै कांग्रेस हो भन्ने बाहेक त अरु बाँकी छैनन् नि त।

गगन थापा वा विश्वप्रकाश जुन कोटरीबाट अघि आए पनि त्यही कोटरीको आधारमा मात्रै संगठन चल्ने त होइन। अरु पनि चाहिन्छ। संगठनमा सक्षम मानिसहरु पनि चाहिन्छ। क्षमता भएका व्यक्तिहरु कोटरीभन्दा बाहिरबाट जिते पनि तिनीहरुलाई ठाँउ नदिएर पार्टी त चल्दैन त। आफ्नो राजनीतिक क्षमता भएका तेस्रो पुस्ताका नेताहरु धेरै डराउनु पर्दैन। कोटरीको भर नपर्दा पनि हुन्छ उनीहरु।

पारिवारिक विरासत भएका तीन परिवारका नेताहरु भेला हुने र संवाद गर्ने क्रम अलि बढेको छ। यो कार्य महाधिवेशन केन्द्रित भएर छुट्टै समूह निर्माण हुने संकेतकै रुपमा बुझ्दा होला है?
मैले अघि पनि भने नि। यो लेनदेनमा टुंगिने भेला बैठक हो। एक अर्कामा आफूलाई तौलेर हेर्छन्। एक अर्काको समर्थन, आधार र भोट हेर्छन्। त्योमध्ये कसलाई साथ दिँदा वा लिँदा स्वार्थ सिद्ध हुन्छ। त्यही आधारमा लेनदेनमा टुंगिन्छ।

कथं तीन नेताबीचको समूह बन्यो भने महाधिवेशनसँगै त्यसको औचित्य पनि सकिन्छ भन्न खोज्नुभएको?
हो हो। सिधै त्यही नै हो नि। सिद्धान्तको आधारमा भए पो लामो कालसम्म रहन्छ। व्यक्तिगत र समूहगत लाभहानीको आधारमा जब लेनदेन हुन्छ भने त्यो त तत्कालका लागि न हुन्छ।

चुनाव भयो भने टिकट प्राप्त गर्न अर्को समूहको निर्माण होला। त्यहाँ पनि लेनदेन नै हुने हो। जितिहालेको अवस्थामा सरकार बनाउन अर्को लेनदेन होला। प्रतिपक्षमै भए पनि अर्को लेनदेन होला। अब हरेक कुरा लेनदेनबाट निश्चित हुन्छ। किनकी, समर्पणबाट लेनदेनमा प्रवेश गर्ने ‘कर्पोरेट मोडल’मा कांग्रेस गएको छ।

शेरबहादुर देउवा पक्षकै विमलेन्द्र निधि पनि सभापतिमा उम्मेदवार बन्न लाग्नुभएको छ। निधिको उम्मेदवारीले मधेसमा कांग्रेसको उपस्थिति बढ्ला?
मेरो विचार के हो भने कांग्रेसको हातबाट मधेस फुत्कियो। पहाड र हिमाल एमाले र माओवादीले लग्यो। मधेस त्यहीँका मधेसवादी दलहरुले लगे। कांग्रेसचाहिँ परम्परागत रुपमा जुन पुस्तैनी भरमा चलेको हो। पुस्तैनी कांग्रेस हुनेहरु युरोप अमेरिका पुगे। तल्लो तहमा भएकाहरु अरब मलेसिया गए।

कांग्रेस कहाँ टिक्ने भन्ने केही चिन्ता त हुन्छ नै। कर्पोरेटमा पनि आफ्नो बजारको चिन्ता त हुन्छ नि। बजारको खोजीमा निधिले अलिकति प्रयास गरेको हो जस्तो लाग्छ। तर, त्यसको अर्थ निधिजी सभापति बनिहाल्छन् भन्नु अहिले हतार हुन्छ।

निधिको उम्मेदवारीले कांग्रेसको आधार क्षेत्रका रुपमा विगतमा परिचित मधेसमा कुनै फरक नपर्ला? कांग्रेसको गुमेको साख फर्किने अपेक्षा गर्न सकिँदैन?
उनले जित्ने बित्तिकै साख फिर्ता हुने कल्पना गर्न सकिँदैन। उनले सभापतिमा जिती नै हाले पनि कोसँग लेनदेन गरेर जितेका हुन्, त्यसमा भर पर्दछ। सभापतिले मात्रै भन्दैमा सबैको न्याय त हुन सक्दैन। टिकट वितरणमा पनि सभापतिले भन्दैमा मात्रै नहुनसक्छ। सभापतिले काठमाडौंमा बोल्दैमा कांग्रेसले मधेसको जनआधार फिर्ता गर्ने सक्ने अवस्था त छैन। त्यसकारण एउटा व्यक्ति परिवर्तन हुँदैमा सबै फरक हुन्छ भन्ने छैन।

निधिको उम्मेदवारीले मधेसमा केही न केही सकारात्मक सन्देश भने जान्छ। उनले विजय नै प्राप्त गरे भने मधेसमा कांग्रेस आफ्नै खुट्टामा उभिन थाल्यो भन्ने सन्देश जानसक्छ।

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  ०८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै बिहीबार, माघ १, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो बिहीबार, माघ १, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्