• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

​​​​​​​कांग्रेस ‘कर्पोरेट मोडल’मा गइसक्यो : सीके लाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, असार १८, २०७८  ०८:४०
1140x725

नेपाली कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म गर्नका लागि समय निर्धारण गरिएको छ। भदौभित्रै महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता उसलाई छ। तोकिएको समयमा महाधिवेशन हुनेमा अद्यापि आशंका छ। त्यस्तो आशंका गर्नेहरु पार्टीभित्रै छन्। सभापति शेरबहादुर देउवाले पुनः सोही पदमा दोहोरिने इच्छासहित भेटघाटलाई तीव्र बनाएका छन्। उनको सक्रियताले महाधिवेशन हुने निश्चित भएको भन्नेहरु पनि छन्।

देउवा मात्रै होइन, अन्य नेताहरुले पनि महाधिवेशन केन्द्रित संवादलाई तीव्रता दिएका छन्। कांग्रेसको नेतृत्वको दाबी गर्नेहरुले पनि आफ्नो दाबीलाई विभिन्न माध्यमबाट चर्चामा ल्याइरहेका छन्। सधैं झैं महाधिवेशन नेतृत्व चयनको विषयमा केन्द्रित हुँदै गएको छ, नीतिका विषय बेवास्तामा परेको छ। आसन्न महाधिवेशनका विषयमा आधारित भएर राजनीतिक विश्लेषक सीके लालसँग नेपाल लाइभका लागि लिलु डुम्रेले गरेको संवाद :

नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिएको छ। भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यता पनि छ। यसपटकको महाधिवेशन विभिन्न कोणबाट विगतको भन्दा फरक हुन्छ भनी विश्लेषण गरिएको छ। तपाईंलाई त्यस्तो लाग्छ?
विगतका महाधिवेशनभन्दा अलिकति फरक त छ। कांग्रेस राजनीतिक दलभन्दा पनि ‘कर्पोरेट स्टक्चर्स’तिर जान लागेको हो कि जस्तो छ। राजनीतिक दलमा अजेण्डाको आधारमा महाधिवेशन हुन्छ। अजेण्डाको आधारमा प्रतिस्पर्धा हुन्छ। तर, ‘कर्पोरेट मोडल’मा भने कोसँग कति समर्थक छ भन्ने मुख्य विषय हुन्छ। कर्पोरेटमा ‘बोर्ड अफ डाइरेक्टर’को चुनाव लड्न कोसँग कति शेयर होल्डरहरु छ भने जस्तै मुख्य नेताको कोसँग कति समर्थक छ भनी हेरिँदै आएको छ।

जुन रुपमा कर्पोरेट हाउसमा एक अर्कासँग ‘कोलिसन’ बनाउँछन्। त्यहाँ कोलिसन महत्त्वपूर्ण हुन्छ। अजेण्डाको बारेमा बहस हुँदैन। नीति र अजेण्डामाथि चर्काचर्की हुँदैन। अजेण्डाको बारेमा समझदारी पनि त्यहाँ हुँदैन। मात्रै लेनदेन हुन्छ। यो समर्थन मैले तिमीलाई दिएवापत तिमीले मलाई के दिन्छौं भन्दै लेनदेन गरिएको हुन्छ। कांग्रेस कर्पोरेट मोडलमा जान लागेको हो।

कांग्रेस शासन प्रणाली परिवर्तनका लागि पटकपटक लड्यो। व्यवस्था परिवर्तनमा नेतृत्वदायी भूमिका पनि खेल्यो। तर, कांग्रेसले त्यही ब्याज खान खोज्छ, भविष्यमुखी हुन सकेन भनिन्छ। यस महाधिवेशनबाट भविष्यमुखी कांग्रेस हुने आशा गर्न सकिएला?
भविष्यमुखी भनेकै नेपालको भविष्य कस्तो हुनेमा जोडिएको हुन्छ। सबै दलको सहमति भयो भने त ‘कर्पोरेट मोडेल’ ठिकै हुन्छ नि त। भारतमा बिजेपी ‘कर्पोरेट मोडेल’बाटै आएको हो।

परिवर्तनका लागि राजनिति गर्ने हो भने त्यसको आशा पनि रहला। तर, अहिलेको अवस्थामा, अहिलेको ‘कर्पोरेट मोडेल’ देख्दा त नेपालको विविधतालाई समात्न गाह्रो हुने देखिन्छ। कांग्रेस विरासतमै बस्ला जस्तो लाग्छ। भविष्यमुखी हुनसक्ला जस्तो लाग्दैन। भविष्यमुखी कार्यक्रम ल्याउन सक्ला जस्तो मलाईचाहिँ लागिरहेको छैन।

विगतका महाधिवेशनमा सभापतिका उम्मेदवार दाबी गर्ने कम हुन्थे। यसपटक सभापतिका प्रत्यासी धेरै देखिएका छन्। आफू पनि सक्षम छु भनी देखाउन खोजेका होलान् कि भागबण्डाको हिस्सेदारी खोज्नका लागि दाबी गरिएको होला?
समूहको अवधारणा त कांग्रेसमा हराइसक्यो। अजेण्डाको कुरा भए समूह हुने थियो। अब त सोझै मसँग यति ‘फलोअर्स’ छन् भन्छन्। त्यसैको आधारमा लेनदेन हुन्छ। जसले बढी फलोअर्स जम्मा गर्न सक्यो, जसले बढी शेयर होल्डर लिन सक्यो। त्यो नै बोर्ड अफ डाइरेक्टरमा पुग्ने भन्ने न हो। त्यसकारण समूहको कुरा कांग्रेसमा हराइसक्यो।

अहिले भन्छन् नि- देउवा, पौडेल, प्रकाशमान, सिटौला, शंशाक समूह। त्यो त समूह नै होइन। समूह भनेको त निश्चित सिद्धान्तको लागि हामी जम्मा भएको भन्ने हुन्छ। यो विषयलाई, यो सिद्धान्तलाई हामी बहसका लागि महाधिवेशनमा लैजान्छौं भन्ने न समूह हुन्छ। यो त महत्त्वाकांक्षी व्यक्तिले आफ्नो समर्थकहरुलाई लिएर नेतृत्वको दाबी प्रस्तुत गर्ने कार्य हो। महत्त्वाकांक्षीको संख्या धेरै भएपछि समर्थकहरु धेरै ठाउँमा बाँडिन्छन्। त्यो राजनीतिक समूह रहँदैन। त्यसलाई समूह नभनेर कोटरी भनिन्छ। किचन क्याबिनेट खालको कोटरी हो। त्यसलाई प्रभामण्डल पनि भनिन्छ। विचारमा आधारित समूह नभएर प्रभामण्डलको लेनदेन हुने भयो।

Ncell 2
Ncell 2
nimb
nimb

यसपटक दोस्रो पुस्ताभन्दा तेस्रो पुस्ता हाबी हुने आकलन गरिएको छ। कांग्रेस जीवनमा यो सुखद् नै पक्ष हो नि?
उपाय भएन नि त। नयाँ पुस्तामा आकर्षित हुने दर त घट्दो छ। नयाँ रुचि हुने युवाहरु त अरु अरु प्लेटफर्म खोजिरहेका छन्। कांग्रेसलाई किन समर्थन गरिस्? भन्दा त हामी त परिवारै कांग्रेस हो भन्ने बाहेक त अरु बाँकी छैनन् नि त।

गगन थापा वा विश्वप्रकाश जुन कोटरीबाट अघि आए पनि त्यही कोटरीको आधारमा मात्रै संगठन चल्ने त होइन। अरु पनि चाहिन्छ। संगठनमा सक्षम मानिसहरु पनि चाहिन्छ। क्षमता भएका व्यक्तिहरु कोटरीभन्दा बाहिरबाट जिते पनि तिनीहरुलाई ठाँउ नदिएर पार्टी त चल्दैन त। आफ्नो राजनीतिक क्षमता भएका तेस्रो पुस्ताका नेताहरु धेरै डराउनु पर्दैन। कोटरीको भर नपर्दा पनि हुन्छ उनीहरु।

पारिवारिक विरासत भएका तीन परिवारका नेताहरु भेला हुने र संवाद गर्ने क्रम अलि बढेको छ। यो कार्य महाधिवेशन केन्द्रित भएर छुट्टै समूह निर्माण हुने संकेतकै रुपमा बुझ्दा होला है?
मैले अघि पनि भने नि। यो लेनदेनमा टुंगिने भेला बैठक हो। एक अर्कामा आफूलाई तौलेर हेर्छन्। एक अर्काको समर्थन, आधार र भोट हेर्छन्। त्योमध्ये कसलाई साथ दिँदा वा लिँदा स्वार्थ सिद्ध हुन्छ। त्यही आधारमा लेनदेनमा टुंगिन्छ।

कथं तीन नेताबीचको समूह बन्यो भने महाधिवेशनसँगै त्यसको औचित्य पनि सकिन्छ भन्न खोज्नुभएको?
हो हो। सिधै त्यही नै हो नि। सिद्धान्तको आधारमा भए पो लामो कालसम्म रहन्छ। व्यक्तिगत र समूहगत लाभहानीको आधारमा जब लेनदेन हुन्छ भने त्यो त तत्कालका लागि न हुन्छ।

Xtrem

Xtrem

चुनाव भयो भने टिकट प्राप्त गर्न अर्को समूहको निर्माण होला। त्यहाँ पनि लेनदेन नै हुने हो। जितिहालेको अवस्थामा सरकार बनाउन अर्को लेनदेन होला। प्रतिपक्षमै भए पनि अर्को लेनदेन होला। अब हरेक कुरा लेनदेनबाट निश्चित हुन्छ। किनकी, समर्पणबाट लेनदेनमा प्रवेश गर्ने ‘कर्पोरेट मोडल’मा कांग्रेस गएको छ।

शेरबहादुर देउवा पक्षकै विमलेन्द्र निधि पनि सभापतिमा उम्मेदवार बन्न लाग्नुभएको छ। निधिको उम्मेदवारीले मधेसमा कांग्रेसको उपस्थिति बढ्ला?
मेरो विचार के हो भने कांग्रेसको हातबाट मधेस फुत्कियो। पहाड र हिमाल एमाले र माओवादीले लग्यो। मधेस त्यहीँका मधेसवादी दलहरुले लगे। कांग्रेसचाहिँ परम्परागत रुपमा जुन पुस्तैनी भरमा चलेको हो। पुस्तैनी कांग्रेस हुनेहरु युरोप अमेरिका पुगे। तल्लो तहमा भएकाहरु अरब मलेसिया गए।

कांग्रेस कहाँ टिक्ने भन्ने केही चिन्ता त हुन्छ नै। कर्पोरेटमा पनि आफ्नो बजारको चिन्ता त हुन्छ नि। बजारको खोजीमा निधिले अलिकति प्रयास गरेको हो जस्तो लाग्छ। तर, त्यसको अर्थ निधिजी सभापति बनिहाल्छन् भन्नु अहिले हतार हुन्छ।

निधिको उम्मेदवारीले कांग्रेसको आधार क्षेत्रका रुपमा विगतमा परिचित मधेसमा कुनै फरक नपर्ला? कांग्रेसको गुमेको साख फर्किने अपेक्षा गर्न सकिँदैन?
उनले जित्ने बित्तिकै साख फिर्ता हुने कल्पना गर्न सकिँदैन। उनले सभापतिमा जिती नै हाले पनि कोसँग लेनदेन गरेर जितेका हुन्, त्यसमा भर पर्दछ। सभापतिले मात्रै भन्दैमा सबैको न्याय त हुन सक्दैन। टिकट वितरणमा पनि सभापतिले भन्दैमा मात्रै नहुनसक्छ। सभापतिले काठमाडौंमा बोल्दैमा कांग्रेसले मधेसको जनआधार फिर्ता गर्ने सक्ने अवस्था त छैन। त्यसकारण एउटा व्यक्ति परिवर्तन हुँदैमा सबै फरक हुन्छ भन्ने छैन।

निधिको उम्मेदवारीले मधेसमा केही न केही सकारात्मक सन्देश भने जान्छ। उनले विजय नै प्राप्त गरे भने मधेसमा कांग्रेस आफ्नै खुट्टामा उभिन थाल्यो भन्ने सन्देश जानसक्छ।

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  ०८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्