• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

यस्तो बन्दै छ पदाधिकारीमा देउवाको ‘टिम’

64x64
लिलु डुम्रे आइतबार, असार २०, २०७८  २०:२०
1140x725

काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो भदौमा हुने १४ औं महाधिवेशनमा पनि आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। त्यहीअनुसार उनी आफ्नो किसिमले तयारीमै जुटिसकेका छन्। यसबीचमा आफ्नो समूहका नेता र कार्यकर्तादेखि अरुसँग समेत उनले छलफल र परामर्श तीब्र पारेका छन्।

नेतृत्वमा पुग्न यसपालि आफ्नो गुटसँगै इतर गुटमा समेत ठूलै जोडबल लगाउने आकलन भइरहेका बेला देउवाले महाधिवेशनमा उठ्ने प्रमुख ‘टिम’ भने आफ्नै समूहको मात्र बनाउने तयारी गरेका छन्। अर्को समूहका नेतालाई तानेर टिम नबनाउने उनको तयारी छ।  

अर्थात् अर्को समूहका नेतालाई आफ्नो समूहमा भित्र्याएर पदाधिकारीको उम्मेदवार बनाउने ‘मूड’ देउवामा देखिएको छैन। १३औं महाधिवेशनमा उनले महामन्त्री पदमा मा अर्को पक्षका नेता अर्जुननरसिंह केसीलाई भित्र्याएका थिए। १३औं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भए तर, केसीले भने महामन्त्रीमा पराजय भोगे। 

आफ्नै समूहका नेताहरुको ‘व्यवस्थापन’ गर्नु सबभन्दा महत्वपूर्ण हुने भएकाले देउवाले यस्तो तयारी गरेको उनीनिकट नेताहरु बताउँछन्। आफ्नै ‘स्ट्रेन्थ’को आधारमा देउवाले प्रतिस्पर्धा गर्न लागेको संस्थापन पक्षको दाबी छ। यसको कारण के हो भने सभापतिको एक कार्यकालको उत्तराद्र्धमा आइपुग्दा देउवा थप बलियो बनेको बुझाई संस्थापन पक्षमा देखिएको छ। 

यो पनि पढ्नुहोस्

कांग्रेसमा देउवालाई २ वर्ष सभापतिमा दोहोर्‍याउने बहस, पद सिर्जना गरेर शीर्ष नेतालाई पनि जिम्मेवारी!शुक्रबार, असार १८, २०७८

सभापति देउवानिकट कांग्रेस नेता बीरबहादुर बलायरले सभापतिमा उठ्न १३ औं महाधिवेशन भन्दा अहिले ‘कम्फर्टेबल’ अवस्था भएको बताए। प्रतिनिधि सभा पुनःस्थापना भयो भने देउवालाई अझ अनुकुलता थपिने बुझाईमा संस्थापन पक्ष छ। 

अर्थात् आफ्नै समूहका नेताको ‘कुशल व्यवस्थापन’ गर्नेगरी देउवा सभापतिमा भिड्ने मनस्थितिमा पुगेका छन्। अर्को समूहका नेता तानेर पदाधिकारीमा उठाउने सोचमा देउवा नरहेको उल्लेख गर्दै उनीनिकट एक केन्द्रीय सदस्यले भने, ‘फरक समूहबाट तान्दैमा जितिन्छ भन्ने पनि हुँदैन। गत महाधिवेशनमा देउवाले जित निकाल्दा उहाँकै समूहबाट अर्जुननरसिंह केसीले महामन्त्रीमा हार्नुभयो।’ 

देउवाको यसपटकको मूडबारे उनीनिकट एक नेताले भने, शेरबहादुर दाई आफ्नो टीम बनाउन यसपटक अर्काको घरमा जानुहुन्न। उहाँलाई आफ्नै घर आवश्यकता भन्दा ठूलो छ। यसपटक आफ्नो ‘स्ट्रेन्थ’मा चुनाव लड्दै हुनुहुन्छ। त्यसैको व्यवस्थापनमा लाग्नुहुन्छ।’

महामन्त्रीमा विश्वप्रकाश ‘नअट्ने’ संकेत
देउवानिकट रहेका विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँण, रमेश लेखक, विश्वप्रकाश शर्मा, एनपी साउद, बीरबहादुर बलायर, मीन विश्वकर्मा लगायतका नेताहरु यसपालि पदाधिकारीका आकांक्षी छन्। यीमध्ये धेरै नेतालाई देउवाले पदाधिकारीमा प्रतिस्पर्धी बनाउने सोचाई छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो पार्टी (तरत्कालीन फोरम लोकतान्त्रिक) नै कांग्रेसमा विलय गराएका उपसभापति विजय गच्छदारलाई देउवाले सोही पदमा उम्मेदवार बनाउन चाहेका छन्। गच्छदार पक्षका करिब २५ हजार सदस्य कांग्रेस प्रवेश गरेको दाबी गरिएको छ। त्यो मत आफूतिर तान्न पनि देउवाका लागि गच्छदारलाई उपसभापति बनाउनुपर्ने दबाब छ। देउवानिकट अर्का एक नेता त्यो पदका आकांक्षी गोपालमान श्रेष्ठलाई पदाधिकारी बनाउन भने देउवाको रुचि छैन। ‘दुई उपसभापतिमध्ये अर्कोमा उहाँले पूर्णबहादुर खड्कालाई रोज्न चाहनुभएको छ।’ 

यो पनि पढ्नुहोस्

कांग्रेसमा ‘नयाँ फ्रन्ट’को उदय सम्भव छ? मंगलबार, असार १५, २०७८

देउवामाथि अर्को दबाब पनि छ– महामन्त्रीमा बालकृष्ण खाँणलाई उठाउनै पर्ने। वर्तमान कार्यसमितिमा पदाधिकारी मनोनीत गर्नेक्रममा आफूलाई नसमेटेको भन्दै खाँण देउवासँग असन्तुष्ट रहँदै आएका थिए। त्यसैगरी खाँणले नेपाल विद्यार्थी संघको तदर्थ समितिको अध्यक्ष आफुनिकटलाई बनाउन लबिइङ गर्दै आएका थिए। त्यसमा पनि देउवाले उनको चाहना नसुनेको गुनासो थियो। नेविसंघ र तरुण दलको नेतृत्व गरिसकेका खाँणले आफूलाई  ‘महामन्त्री उम्मेदवार नबनाए संस्थापन नै छाडिदिने’सम्मको घुर्की देउवालाई दिइसकेका छन्। देउवा खाँणलाई गुमाउन चाहँदैनन्।

सह–महामन्त्री प्रकाशशरण महत सभापति देउवाका भित्रियामध्ये पर्छन्। अहिलेको कार्यसमितिमा देउवाले नै उनलाई सह–महामन्त्री मनोनीत गरेका हुन्। देउवाले यसपालि उनलाई सह–महामन्त्रीमै उम्मेदवार बनाउने तयारी गरेका छन्। 

गत महाधिवेशनबाट निर्वाचित भएर आएको कार्यसमितिबाट पदाधिकारी मनोनयन गर्दा ज्ञानेन्द्रबहादुर कार्की महामन्त्रीको ‘लाइन’मा थिए। उनको स्थानमा देउवाले पूर्णबहादुर खड्कालाई अघि बढाए। देउवानिकट एक नेताका अनुसार यसपटक पनि देउवाले कार्कीलाई महामन्त्रीको उम्मेदवार बनाउन चाहेका छैनन्। बरु प्रतिनिधि सभा पुनःस्थापनापछि आफ्नो नेतृत्वमा सरकार बनेमा ‘शक्तिशाली’ मन्त्रालय दिएर कार्कीको व्यवस्थापन गर्ने देउवाको तयारी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देउवाको समूहबाट यसपटक विश्वप्रकाश शर्मा महामन्त्रीको उम्मेदवार बन्ने चर्चा तीब्र छ। तर, पछिल्ला दिनमा भने शर्मालाई महामन्त्रीको उम्मेदवार बनाउने सम्भावना कम रहेको देउवानिकट नेताहरु बताउन थालेका छन्। महामन्त्रीमा शर्मा बलिया उम्मेदवार बन्ने आकलन छ। अरुभन्दा उनले नै जित निकाल्न सक्ने जोडघटाउ पनि भइरहेको छ। ‘शेरबहादुर दाईले विश्वप्रकाश जित्ने कुरा मात्रै हेर्नुहुन्न, विश्वप्रकाशलाई महामन्त्री बनाउँदा आफ्नोमा कति मत थपिन्छ भनेर पनि हेर्नुहुन्छ, सँगै त्यसबाट आफ्नो टिमका अरुलाई पर्ने असर पनि हेर्नुहुन्छ’, देउवानिकट एक नेताले भने। 

यो पनि पढ्नुहोस्

कस्तो कांग्रेस, कसको कांग्रेस? आइतबार, असार १३, २०७८

कांग्रेसभित्र मात्र होइन, आमरुपमा पनि शर्मा लोकप्रिय छन्। तर, यसमा देउवा समूहमित्र पछिल्लो समय फरक खालको हिसाबकिताब भइरहेको छ। ‘विश्वप्रकाशलाई मत दिनेले शेरबहादुर दाईलाई नै मत दिन्छन् नै भन्ने हुँदैन। तपाईं जताबाट लडेपनि मत दिन्छु, तर तपाई महामन्त्री उम्मेदवार भएकै कारण देउवालाई भने मत दिन्न भन्ने प्रतिनिधि पनि छन् भन्ने ख्याल गर्नुपर्ने हुन्छ’, ती नेता भन्छन्।

कांग्रेसमा शर्माको आफ्नो ‘नेटवर्क’ बलियो पनि छ। तर, त्यसको आधारमा कति प्रतिनिधि चुनिएर आउँछन् र तिनले देउवालाई मत दिन्छन् कि दिँदैनन् भनेर पनि हेरिने देउवानिकट ती नेताले बताए। 

कांग्रेसमा नेतृत्वको दाबेदारीलाई क्षमता र संगठनमा पकडभन्दा परम्परागत तौरतरिकाले हेर्ने प्रचलन छ। ‘हाइरार्की’मा क्षमताभन्दा उमेर हेरिने भएकाले पनि पछिल्लो पुस्तालाई नपत्याउने रोग पनि कांग्रेसमा छ। त्यहीकारण पनि दोस्रो पुस्ताका नेताहरुले विश्वप्रकाशलाई रोक्न प्रयत्न गर्ने देखिन्छ। त्यसलाई चिरेर अगाडि आउनु शर्माका लागि पनि चुनौती देखिएको छ। तर, यसपटक दुई जना महामन्त्री प्रत्यक्ष निर्वाचित हुने भएकाले जित्ने उम्मेदवारका रुपमा चर्चा भइरहेका विश्वप्रकाशलाई कुनै न कुनै रुपले अगाडि सार्नैपर्ने दबाब देउवामाथि पनि छ।

यो पनि पढ्नुहोस्

कांग्रेस ‘कर्पोरेट मोडल’मा गइसक्यो : सीके लाल [अन्तर्वार्ता]शुक्रबार, असार १८, २०७८

निधिको मत पुर्ताल गर्ने यस्तो छ आकलन
अहिलेसम्म देउवाका खास सारथी रहँदै आएका विमलेन्द्र निधिले यसपालि आफै सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्। निधि त्यसरी अघि बढ्दा देउवाले पाउने मतसमेत प्रभावित हुनेछ। तर, त्यसलाई देउवाले राम्रोसँग विश्लेषण गरेको उनीनिकट एक नेता बताउँछन्। ‘निधिको तर्फबाट देउवालाई प्राप्त हुने मतको जोहो उहाँले गरिसक्नुभएको छ’, ती नेताले भने, ‘अन्य दलबाट आएका साथीहरुको मतले निधिका कारण गुम्ने मतको पुर्ताल हुने आकलन छ। त्यसका लागि विजय गच्छदार, सुनील थापा हुँदै डडेल्धुराका जनकराज कलौनीसम्मको सहयोगमा आउने मतको हिसाब भएको छ।’

अन्य दलबाट कांग्रेस प्रवेश गरेका मोहनसिंह राठौर (कैलाली), जङ्गीलाल राय (सर्लाही), कर्णबहादुर बुढा (डोल्पा), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिशेषप्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लमजुङ), जनकराज कलौनी (डडेल्धुरा), भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा) लगायतलाई देउवाले यसअघि नै केन्द्रीय सदस्य मनोनीत गरेका थिए। उनीहरुको समर्थनले देउवालाई केही ढुक्क बनाएको छ। यहीकारण क्रियाशील सदस्यता वितरण गर्दा उनीहरुको ‘हैसियत’ भन्दा बढी संख्या दिएको भन्दै पार्टीमा विवाद पनि भएको छ। 

यो पनि पढ्नुहोस्

शशांक र प्रकाशमानजीसँग साझा धारणा बनाएर कांग्रेसलाई डोर्‍याउने सहमति भएको छ : विमलेन्द्र निधि (अन्तर्वार्ता) बुधबार, असार ९, २०७८

महाधिवेशनमा संस्थापन पक्षका प्रतिनिधि बढाउन उनीहरुको ‘हैसियत’ भन्दा बढी क्रियाशील सदस्यता दिएको आरोप संस्थापनइतर पषले लगाउँदै आएको छ।निधिका कारण महाधिवेशन प्रतिनिधिको करिब २५० मत घट्ने देउवा पक्षको अनुमान छ। त्यसका लागि अन्य दलबाट आएका कम्तिमा १० जनाले २५–२५ जनाको दरले महाधिवेशन प्रतिनिधि ल्याउन सके पनि देशभरबाट देउवाको पक्षमा २५० मत जुट्नेछ। यही हिसाबकै कारण निधि सभापतिको उम्मेदवार बने पनि आफूलाई फरक नपर्ने देउवाको आकलन छ। कदाचित् निधि सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा पुग्न सकेनन् भने उनले आफूलाई नै सहयोग गर्ने बुझाईमा समेत देउवा छन्। 

जिल्ला सभापतिमा आँखा
महाधिवेशनमा कांग्रेसका जिल्ला सभापतिको महत्वपूर्ण भूमिका हुन्छ। १३ औं महाधिवेशनमा देउवाले जिल्ला सभापति आफ्नो पक्षका निर्वाचित गराउन कम महत्व दिएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ४२ सांसद जिल्ला सभापतिमा निर्वाचित भएका थिए। १३औं महाधिवेशनमा संयुक्त वक्तव्य निकालेर उनीहरुले पौडेलको पक्षमा मत खसाल्न प्रतिनिधिलाई आग्रह पनि गरेका थिए।  

यो पनि पढ्नुहोस्

कांग्रेस नेतृत्वको दाबेदारीमा बहसभन्दा बाहिरै महिला नेतासोमबार, असार १४, २०७८

त्यसबेला देउवाको सम्पूर्ण ध्यान आफ्नो पक्षका प्रतिनिधि बढी ल्याउनमा थियो। त्यसबेला जिल्ला सभापतिको संख्यामा आफू कमजोर रहेको बुझेका देउवाले यसपटक आफ्नो पक्षमा जिल्ला सभापति बढाउने तयारी पनि गरिरहेका छन्। जिल्ला सभापतिहरुलाई आफ्नो पक्षमा पार्न उनले देखाएको रुचि कान्छाराम तामाङलाई आफ्नो निवासमा बोलाएबाट पनि थाहा हुन्छ। गत निर्वाचनमा रामेछापमा पराजय भोगेका तामाङलाई जिल्ला सभापतिमा उठ्न देउवाले निर्देशन दिएका छन्। केही दिनअघि तामाङलाई बोलाएर देउवाले जिल्ला सभापति बनेर अधिकतम प्रतिनिधि ल्याउन निर्देशन दिएका थिए।

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्