Photo : Getty Images
काठमाडाैं- अमेरिकामा गर्मी बढेकाे छ। अमेरिकी मौसम विभागका अनुसार क्यालिफोर्निया र नेभाडामा तापक्रम उच्च विन्दुमा पुगेकाे हाे।
क्यालिफोर्नियाको डेथ भ्यालीमा शुक्रबार तापक्रम ५४.४ डिग्री सेल्सियस पुगेकाे थियाे।
मौसम विभागका अनुसार आइतबार पनि त्यहाँ गर्मी नै हुनेछ। माैसम विज्ञहरुका अनुसार २०२० काे अगस्टमा पनि डेथ भ्यालीमा तापक्रम ५४ डिग्री पुगेकाे थियो।
केही व्यक्ति यसलाई पृथ्वीमा रेकर्ड गरिएको उच्चतम तापमान मान्छन्। यद्यपि, १९१३ मा ५६.७ डिग्री सेन्टिग्रेड तापमान मापन गरिएको दाबी गरिएको छ, तर मौसम विज्ञहरूले यस दाबीमा विश्वास गर्न याेग्य नरहेकाे बताउँदै आएका छन्।
अमेरिकाका लाखौं मानिसहरू उच्च गर्मीकाे समाना गरिरहेका छन्। अमेरिकी मौसम विभागले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई प्रशस्त पानी पिउन आग्रह गरेको छ।
साथै, उनीहरूलाई घर भित्र रहन र एसी भएकाे भवनहरूमा बस्न सल्लाह दिइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।