काठमाडाैं- अफगानिस्तानको उत्तरी सिबरगन क्षेत्रमा सेनाले गरेको कारबाहीमा परेर कम्तीमा पनि ५६ जना तालिबानी लडाकूहरु मारिएका छन्। अफगानिस्तानको सरकारी सैन्य फौजले शुक्रबार तालिबानविरुद्धमा गरेको कारबाहीमा अन्य १० जना घाइते भएका बताइएको छ।
कारबाहीका क्रममा अन्य २३ जना तालिबानी लडाकूहरुलाई सेनाले पक्राउ गरेको छ। कारबाहीका क्रममा परेर अरु कैयौँ व्यक्ति हराएकाे जनाइएको छ।
उक्त भिडन्तमा परी अफगानिस्तानको सेनाका केही सदस्य पनि हताहत भएको हुनसक्ने आशंका गरिएको छ। तर, यस विषयमा सेनाले भने कुनै जानकारी दिएको छैन।
सो क्षेत्रमा शुक्रबार रातिदेखि नै भिडन्त भएको थियो। त्यसमा परेर कैयौँ तालिबान घाइते पनि भएका छन्। सो क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा संयुक्त सुरक्षा फौजले हमला गरेको थियो।
हमलामा परेर ती तालिबानहरु मारिएका हुन्। अफगान सेनाले कारबाही शुरु गरेपछि तालिबानहरुले पनि सरकारी सुरक्षाफौजमाथि हमला गरेका थिए।
सो क्षेत्रका केही समयअघि देखि ती तालिबानहरुले हिंसात्मक कारबाहीलाई जारी राखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।