Photo : REUTERS/Feisal Omar
काठमाडाैं-सोमालियामा एक सरकारी अधिकारीलाई लक्षित गरि गराइएको आत्मघाती कार बम विस्फोटमा परि कम्तिमा ८ जनाको मृत्यु भएको छ।
राजधानी मोगादिशुको व्यस्त स्थानमा विद्रोही संगठन अलकायदा अवाद्द आतंकवादी समूह अल-शबाबले शनिबार उक्त विस्फोट गराएको हो।
अल-शबाबका प्रवक्ता अब्दीसिस अबु मुसाबले यो घटनाको जिम्मेवारी लिएका छन्। यो समूहले सरकारविरुद्ध लडाइँ लडिरहेकाे छ।
यस्तै, इस्लामिक शरीयत कानूनको बिरोध गर्दै आएको छ।
सोमाली सरकारी समाचार एजेन्सीको अनुसार उक्त कारमा वरिष्ठ प्रहरी अधिकारी फरहान कुरोल सवार थिए। उनी हमलाबाट बँच्न सफल भएका छन्।
‘मैले घटनास्थलमा एक महिलासहित आठ जनाको शव देखेको छु,’ ट्याक्सी चालक हसन सैयद अलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।