AFP File Photo
काठमाडाैं- आतंकवादी समूहलाई सहयाेग गरेकाे आराेपमा जम्मू–कश्मिरका दुई शिक्षकसहित ११ सरकारी कर्मचारीलाई भारत सरकारले सेवाबाट बर्खास्त गरेको छ।
स्थानिय अधिकारीहरूका अनुसार बर्खास्त गरिएका ११ कर्मचारीमध्ये चार जना अनन्तनागका, बडगामका तीन, बारामुला, श्रीनगर, पुलवा र कुपवाडाका एक एक जना छन्।
उनीहरूलाई भारतीय संविधानको धारा ३११ अन्तर्गत सेवाबाट बर्खास्त गरिएकाे हाे। जस अन्तर्गत कुनै अनुसन्धान हुँदैन।
ती चार कर्मचारी शिक्षा विभागमा कार्यरत थिए भने दुईजना जनसंख्या विभागमा थिए। यस्तै, दुईजना कश्मिर प्रहरी सेवामा कार्यरत थिए भने तीन जना कृषि, कौशल विकास, विद्युत र स्वास्थ्य विभागमा कार्यरत थिए।
एएनआईका अनुसार ती कर्मचारीहरू राष्ट्रविरोधी गतिविधिमा संलग्न थिए।
उनीहरूले आतंककारीहरूलाई आन्तरिक जानकारी प्रदान गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।