काठमाडाैं- तालिबान विद्रोहीले तुर्किमेनिस्तानसँग जोडिएको सीमा नियन्त्रणमा लिएको छ।
अफगानिस्तानबाट विदेशी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुग्दा तुर्किमेनिस्तानसँगको सीमा क्षेत्र तोर्घुन्दीमा तालिबान विद्रोहीले कब्जा गरेका हुन्।
आक्रमणको भिडियोमा तालिबान विद्रोहीले सीमास्थित भन्सार कार्यालयबाट अफगानिस्तानको झण्डा हटाउँदै गरेको देखिन्छ।
अमेरिका नेतृत्वको सैनिकहरु फिर्ता हुने क्रम जारी रहँदा तालिबान विद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा पछिल्लो समय आक्रमक गतिविधि बढाउँदै लगेका छन्।
पछिल्ला दिनहरुमा तालिबानले अफगानिस्तानका विभिन्न क्षेत्रमा आफ्नो नियन्त्रण कायम गर्दै लगेको छ।
तालिबानले अफगानिस्तानको ८५ प्रतिशतभन्दा बढी क्षेत्र आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।