दिल्ली- भारतको सेरम इन्स्टिच्यूट (एसआइआई) द्वारा निर्मित काेराेनाविरूद्धको खाेप कोभिशिल्डलाई बेल्जियम सरकारले मान्यता दिएको छ।
भारतस्थित बेल्जियमको राजदूतावासले शुक्रबार सामाजिक सञ्जालमार्फत् अस्ट्रोजेनेकाले बिकास गरेको र सेरम इन्स्टिच्युट अफ इन्डियाले बनाएको तथा कोभ्याक्सले वितरण गरेको कोभिशिल्ड खोपलाई बेल्जियमले मान्यता दिएको जानकारी दिएका हुन्।
‘बेल्जियमको यो निर्णय खोपको प्रभाबकारितामाथि प्रश्न उठाइरहेका कतिपय एशियाली मुलुकका लागि पनि खोप चयनको महत्वपूर्ण आधार बनेको छ,’ राजदूतावासलेल भनेकाे छ।।
असमान वितरणका कारण काेराेनाविरूद्धको खाेप अभियानमा पछि देखिएका भारत, नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेशको लागि बेल्जियमको यो निर्णय महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। यसै हप्ताको सुरूमा नेदरल्याण्ड्सले पनि यात्रीहरूको लागि कोभिशिल्ड खोपलाई अनुमोदन गरेको थियो।
यसैबीच स्विट्जरल्याण्ड, आइसल्याण्ड र सात ईयू देशहरूले पनि खोपलाई जुलाई १ मा प्रयोगका लागि अनुमति दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।