काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी साइबर हमला रोक्नका लागि अमेरिकाले ‘आवश्यक कारबाही’ गर्ने बताएका छन्।
उनले रूसका राष्ट्रपति भ्लादमिर पुटिनसँग करिब एक घन्टा फोनमा भएको कुराकानीपछि एक पत्रकारले राष्ट्रपति बाइडेनसँग रूसले परिणाम भोग्नेछ भनि सोधेको प्रश्नमा उनले भने, 'अवश्य'। तर मस्कोले अमेरिकाको दाबीलाई इन्कार गरेको छ।
जसमा अमेरिकाले भनेको थियो कि उनीहरुले साइबर हमलाको सन्दर्भमा गत महिना बार-बार रुसीसँग सम्पर्क गरेका थिए।
शुक्रबार राष्ट्रपति बाइडेन र उनका रूसी समकक्षीबीच फोनमा कुराकानी गरेका थिए। यसअघि दुबै नेताले पछिल्लो महीना जेनेभामा भेट गरेका थिए। जसमा कयौं महत्वपूर्ण विषयमा नेताहरुबी चर्चा भएको थियो।
बिगत केही समय यता साइबर हमला बढेको छ। यसै महिना भएको एक साइबर हमलाका कारण करिब १ हजार ५ सय कम्पनीमाथि असर भएको थियो।
राष्ट्रपति पुटिनसँग भएको कुराकानीपछि राष्ट्रपतिले भने, “मैले उनलाई स्पष्ट गरेको छु कि अमेरिका यो आशा गर्दछ कि यदी उनको जमिनमा कुनै पनि साइबर हमला हुन्छ, चाहे त्यो राज्य प्रायोजित नहोस् त्यसमाथि पनि कारबाही गर्ने छौं।”
अमेरिकामा ह्याकर्षद्वारा प्रयोग गरिएको सर्वर्समाथि हमला गर्ने बाइडेनले बताए। तर शुक्रबार भएको फोनपछि क्रेमलिनले अमेरिकाले साइबर हमलालाई लिएर मस्कोसँग कुनै सम्पर्क गरेको छैन।
रूसका राष्ट्रपतिको कार्यालयको तर्फबाट जारी बयानमा भनिएको छ, “सूचनाको क्षेत्रमा आपराधिक गतिविधिमाथि संयुक्त रूपमा रोक लगाउनका लागि रूसको तत्परताका बावजूद, पछिल्लो महिनामा सम्बन्धित अमेरिकी विभागसँग कुनै पनि खालको अनुरोध प्राप्त भएको छैन।”
एक वरिष्ठ अमेरिकी अधिकारीले रूसको दाबीको खण्डन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।