Photo : Reuters
काठमाडाैं- बंगलादेशको एक खाद्यान्न कारखानामा बिहीबार साँझ आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। यस्तै, घटनामा कम्तीमा ५० जना कर्मचारी घाइते भएका छन्।
बंगलादेशको राजधानी सहर ढाकाबाट २५ किलोमिटरको दुरीमा रहेको औद्योगिक सहर रुपगञ्जस्थित हसन फुड एण्ड बेभरिज फ्याक्ट्रीमा आगलागी भएकाे हाे।
प्रहरीले सुरुमा यो आगलागीमा परी तीनजनाको मृत्यु भएको बताएको थियो। तर, आगलागी बढेर माथिल्लो तलामा पुगेसँगै मृत्यु हुनेको संख्या उल्लेख्यरुपमा बढेको थियो।
अझै धेरै कर्मचारी कारखाना भित्रै रहेकाले मृत्यु हुनेको संख्य अझै बढ्न सक्ने उनीहरुले बताएका छन्। प्रहरीका अनुसार कारखानामा आगलागी भएसँगै कर्मचारीहरु माथिल्लो तलाबाट हाम फाल्ने क्रममा धेरै घाइते भएका छन्।
उक्त आगलागी अझै नियन्त्रणमा आइसकेको छैन। ‘कारखानाभित्र निकै प्रज्वलनशील रसायन र प्लास्टिक भण्डारण गरेर राखिएकाले आगलागी फैलिएको हो। एकपटक आगो नियन्त्रणमा आएपछि हामी कारखानाभित्र खोजी र उद्धाकार्य सुरु गर्न सक्छौं। त्यसपछि मात्र हामी हताहतीको विषयमा जानकारी दिन सक्छौं’, अग्नि नियन्त्रण सेवाका प्रवक्ता देवाशिष बरधानले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।