काठमाडौं- विश्वको सबैभन्दा ठूलो औषधि कम्पनी फाइजरले अमेरिकामा कोरोनाविरुद्धको आफ्नो खोपको तेस्रो डोजका लागि अनुमति माग्ने भएको छ।
कम्पनीले १२ महिना भित्र अर्को एक डोज खोप लगाएमा कोरोनाविरुद्धको इम्यूनिटी नाटकीय रुपमा बढ्ने दाबी गरेको छ।
यसले डेल्टा भेरिएन्टबाट हुने संक्रमणसँग लड्न पनि सहयोग पुग्ने कम्पनीको दाबी छ। कयौं देशमा गरिएको शोधबाट फाइजरको यो खोप डेल्टा भेरिएन्टविरुद्ध मजबुद सुरक्षा प्रदान गर्न फाइदाजनक रहेको पाइएको जनाइएको छ।
डेल्टा यतिबेला विश्वभर फेलिइरहेको छ र अमेरिकामा कोरोना बिरामीमा धेरैजसो यही भेरिएन्टको उपस्थिति पाइएको बीबीसीले जनाएको छ।
अहिले उपलब्ध भएका अधिकांश खोपको दुई मात्र कोरोनको डेल्टा भेरिएन्ट मात्र होइन सबै संस्करणकाविरुद्ध भाइरससँग लड्ने एन्टीबडी विकसित गर्नका लागि महत्वपूर्ण छन्।
अधिकांश देश अहिलेपनि शुरुआती सुरक्षात्मक उपाय हासिल गर्नका लागि लागिरहेका छन् किनकी महामारी अझै रोकिएको छैन। तर समयसँगै एन्टीबडी स्वाभाविक रूपमा कम हुँदै जान्छ। यसै कारण यो पत्ता लगाउने प्रयास भइरहेको छ कि के र कहिले 'बुस्टर' को आवश्यकता हुनसक्छ।
बिहीबार फाइजरका डा मिखेल डलस्टनले समाचार संस्था एसोसिएटेड प्रेससँग बताए अनुसार कम्पनीको बुस्टर अध्ययनको शुरुआती आकडाबाट मानिसको एन्टीबडीको स्तर तेस्रो डोजपछि उनको दोस्रो डोजको तुलनामा पाँचदेखि १० गुणा बढ्न जाने पत्ता लागेको छ।
अगस्टमा फाइजरले तेस्रो डोजको आपतकालीन अनुमतिका लागि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनसँग अनुमति लिने योजना बनाएको छ।
डल्स्टेनले बेलायत तथा इजरायलको आँकडातर्फ इशारा गर्दै भने, " तेस्रो डोज डेल्टा भेरियन्टको निकै राम्रोसँग बेअसर गर्छ।"
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।