काठमाडौं- श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षका कान्छा भाइ बासिल राजपाक्ष अर्थमन्त्री बनेका छन्।
अर्थमन्त्री बासिलले बिहीबार प्रधानमन्त्री राजपाक्षबाट अर्थमन्त्रीको शपथ लिएका हुन्। उनीसँग अमेरिका र श्रीलंका दुवै मुलुकको नागरिकता रहेको छ।
बासिल लाई २०१५ मा भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो। पछि उनलाई जमानतमा रिहा गरिएकाे थियाे। नोभेम्बर २०२० मा उनीलाई अदालतले निर्दाेष ठहर गरेकाे थियाे।
बासिलको आगमनसँग श्रीलंकाको सरकारमा सामेल राजपाक्ष परिवारको सदस्यको संख्या ७ पुगेको छ। अहिले पनि राजपाक्ष परिवारका चार दाजुभाइ सरकारमा सामेल छन्।
राजपाक्ष परिवारबाट श्रीलंकामा राष्ट्रपति गोतावाय राजपाक्ष राष्ट्रपति छन् भने महिन्दा राजपाक्ष प्रधानमन्त्री छन्। चामल राजपाक्ष पनि कृषिमन्त्रीको रुपमा छन्।
प्रधानमन्त्री महिन्दाका जेठा छोरा नामल श्रीलंकाको खेलकुदमन्त्री छन्। कृषिमन्त्री चामलका छोरा शशीन्द्र राज्यमन्त्री छन्। त्यस्तै, चारै भाइका भाञ्जा निपुण रानावाका पनि सरकारको प्रमुख सहयोगी हुन्।
श्रीलंकाका राजनीतिज्ञहरूका लागि बासिल सरकारमा प्रवेश गर्नु कुनै अचम्मको कुरा होइन।
राजनीतिज्ञ जयदेव उयांगोदाले भने, ‘यो आशा गरिएको थियो, यो केवल समयको कुरा हो,’ उनले भने,‘उहाँ विगत दुई वर्षदेखि पर्दा पछाडि एक प्रमुख शक्तिको रुपमा हुनुहुन्थ्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।