काठमाडौं- ‘सेन्सरसिप’को सिकार बनाएको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित सामाजिक सञ्जाल गुगल, फेसबुक र ट्विटरमाथि मुद्दा दायर गरेका छन्।
यी प्रमुख तीन कम्पनीका कार्यकारी अधिकृतलाई आरोपित मान्दै ट्रम्पले उनीहरुको कारण आफ्नो अभिव्यक्तिको माध्यममा प्रतिबन्ध लागेको भन्दै फ्लोरिडास्थित संघीय अदालतमा मुद्दा दायर गरेका हुन्।
‘ममाथि सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध हट्नुपर्छ। हामीहरू नक्कली प्रतिबन्ध, चुप लगाउनेहरूलाई रोक्ने र कालो सूचीमा राख्ने र गालीगलौज गर्ने कामको अन्त्य होस् भन्ने चाहन्छौँ, तपाईँहरूलाई त्यो सबै राम्ररी थाहा छ। नत्र यी कम्पनीले जसलाई चाह्यो त्यसलाई प्रतिबन्ध लगाउन सक्छन्,’ बेडमिन्स्टरस्थित गल्फ रिसोर्टबाट प्रेस सम्मेलनमा बोल्दै ट्रम्पलेले भने।
अमेरिकी राष्ट्रपतिको निर्वाचनको नतिजा आफ्नो पक्षमा नआएपछि ट्रम्पले जो वाइडेनले धाँधली गरेर निर्वाचन जितेको आरोप लगाउँदै आएका थिए।
सो क्रममा गत जनवरीमा ट्रम्पका समर्थकले अमेरिकी संसद भवन द क्यापिटलमामै तोडफोड मच्चाएका थिए।
ट्रम्पले चुनावको नतिजा अस्वीकार गर्दै बताएसँगै उनका समर्थकले हिंसा मच्चाएपछि हिंसा रोक्नलाई भन्दै सामाजिक सञ्जाल कम्पनीहरुले उनका खाताहरू निलम्बित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।