काठमाडौं- इराकको बगदादस्थित अमेरिकी दूतावासमा तीनवटा रकेट आक्रमण भएको छ। समाचार संस्था एएफपीले इराकी सेनालाई उदृत गर्दै रकेट आक्रमण भएको जनाएको हो।
इराक र सीरियामा अमेरिकी सैनिकमाथि पछिल्लो २४ घन्टामा तीन रकेट र ड्रोन हमला गरिएको र उनीहरुलाई निशाना बनाइएको समाचारमा जनाइएको छ।
अरब न्यूजका अनुसार सेनाले दूतावासलाई मात्र निशाना नबनाएर बगदादको ग्रीन जोनको आसपासपनि हमला गरिएको बताएको छ। उसले इराकमा अमेरिकी सैनिक र राजनीतिज्ञमाथि भएको हमलाका लागि इरान समर्थित सशस्त्र समूहलाई दोषी ठहर गरेको छ।
अमेरिकी सेनाका करीब २ हजार ५ सय सैनिक इराकमा तैनाथ छन्। जसमाथि यस वर्ष अहिलेसम्म कम्तिमा ५० पटक हमला भइसकेको छ। तर केही दिन यता यस्तो हमलामा बृद्धि भएको बीबीसीले जनाएको छ।
बुधबार पश्चिमी प्रान्त अनबारमा अमेरिकी सैनिकको एक हवाई अड्डामा १४ रकेट प्रहार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।