काठमाडौं- कोविड-१९ का कारण विश्वभर मृत्यु हुनेको संख्या ४० लाख भन्दा बढी पुगेको छ। सबै भन्दा धेरै मानिसको ज्यान अमेरिकामा गएको छ भने भारत दोस्रो नम्बरमा रहेको छ।
अमेरिकामा अहिलेसम्म ६ लाख भन्दा धेरै र भारतमा ४ लाख भन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन्।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले ४० लाख मानिसको ज्यान गएकोबारे भने, “यो दर्दनाक अवस्थाले यो कुराको याद दिलाउँछ कि हामी यो महामारीको हराउनका लागि कति लामो यात्रा तय गर्नुछ।”
साथै उनले खोपलाई 'आशाको किरण' बताएका छन् र विश्वभर खोपको आवश्यकता रहेको बताए।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार विश्वभरमा अहिलेसम्म कोरोनाबाट १८.५ करोडभन्दा धेरै संक्रमित भएका छन्।
भारतमा अहिलेसम्म ३ करोड भन्दा धेरै मानिस संक्रमित भएका छन्। विश्वभर अहिलेसम्म ३.२ धेरै मानिसले भ्याक्सिन लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।