Photo : Rick Rycroft/AP
काठमाडाैं- अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा जारी लकडाउन एक साता थप गरिएकाे छ।
सिड्नी र वरपर पछिल्लो २४ घण्टामा २७ नयाँ संक्रमण फेला परेसँगै न्यु साउथ वेल्स राज्य सरकारले आगामी जुलाई १६ सम्म लकडाउन थप गरेकाे हाे।
भारतमा फेला परेकाे काेराेना भाइरसको डेल्टा भेरियन्ट निकै घातक रहेको र यसको संक्रमणदर निकै बढी भएकाले लकडाउनको समयावधि थप्नु परेको राज्यकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताइन्।
यसैबीच भिक्टोरियाको मेलबर्नमा बिहीबार रातिदेखि प्रतिबन्ध हटाइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।