काठमाडाैं- अमेरिकी ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
उनको सम्पत्ति दुई खर्ब ११ अर्ब डलर पुगेसँगै उनी इतिहासकै सबैभन्दा धनी बनेका हुन्।
अमेरिकाको रक्षा मन्त्रालयले प्रतिस्पर्धी कम्पनी माइक्रोसफ्टलसँगको सम्झौता रद्द गर्ने निर्णय गरेसँगै मंगलबार अमेजनको शेयरको भाउ ४.७ प्रतिशतले बढेकाे थियाे।
मंगलबार मात्र बेजोसको सम्पत्ति आठ अर्ब ४० करोड डलरले बढेको थियाे। यसअघि गत जनवरीमा टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति दुई खर्ब १० करोड डलर पुगेको थियो।
त्यसपछि भने उनको सम्पति घट्दै गएकाे छ। अहिले मस्क विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीको दोस्रो स्थानमा छन्। उनको सम्पत्ति एक खर्ब ८० अर्ब डलर पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।