काठमाडाैं- हाइटीका राष्ट्रपति जोभेनेल मोइसीको गाेली हानी हत्या भएको छ।
राष्ट्रपति निवासमा बन्दुकधारी व्यक्तिहरु प्रवेश गरि उनको हत्या गरिएको हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले जानकारी दिएका हुन्।
यता, उनकी पत्नी भने घाइते भएकी छिन्। आक्रमणपछि प्रधानमन्त्री जोसेफले राष्ट्रको सुरक्षाको लागि सबै व्यवस्था मिलाइएको जानकारी दिएका छन्।
‘राष्ट्रपतिको निवास अज्ञात हतियारधारी व्यक्तिहरुले स्थानीय समय बिहान १ बजे हमला गरेका थिए। उक्त हमलामा पहिलो महिला पनि घाइते हुनुभएको छ। अहिले राष्ट्रको सुरक्षाको लागि सबै व्यवस्था मिलाइएको छ,’ उनले भने।
राष्ट्रपतिको हत्या कुन समूहले गर्यो भन्ने खुलेको छैन। हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मिशेल मार्टेलीले राजीनामा दिएपछि ५३ वर्षीय मोइसीले फेब्रुअरी २०१७ देखि सत्तामा सम्हालेका थिए। राष्ट्रपति मोइसीमाथि भ्रष्टाचारको आरोपसमेत लागेको थियो। ५ वर्षे कार्यकाल सम्पन्न हुँदासमेत मोइसी राष्ट्रपति पदमै आसिन भएपछि उनीसँग हइटीका जनता रुष्ट थिए।
उनले आफ्नो कार्यकाल समाप्त भएको विषयमा अझै एकवर्ष कार्यकाल रहेको बताउँदै आएका थिए।
उनको कार्यकाले गत फेब्रुअरी ७ तारिखमा सकिएको थियो। तर, एकवर्ष चुनावमा धाँधली भएको विषयमा विवाद भएकाले त्यसलाई गन्न नमिल्ने दाबी गर्दे उनले राष्ट्रपतिको कार्यालय छाडन् मानेका थिएनन्।
हजारौं नागरिकले उनले तत्काल सत्ता परित्याग गर्नुपर्ने भन्दै सडक अवरुद्धसमेत पारेर थिए। तर, सरकारले २३ प्रदर्शनकारीलाई गिरफ्तार गरेकाे थियाे। उनीहरुमाथि राष्ट्रपतिमाथि हत्या प्रयास गरेको आरोप लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।