काठमाडाैं- बर्मेली सेनाकाे नजरबन्दमा रहेकी लोकतान्त्रिक नेृत आङ साङ सुकीले कोरोनाविरुद्धको खोप पूर्ण रुपमा लगाएकी छिन्।
७६ वर्षीया सुकीले पूर्ण रुपमा खोप लगाएको जानकारी उनका वकिलले दिएकाे बर्माको लागि बीबीसी सेवाले जनाएकाे छ।
तर, सुकीले कुन खाेप कहिले लगाइन् भनेर केही खुलाइएको छैन। यसअगाडि म्यानमारको सेनाका प्रमुख मिन औङ हलिङले सुकी स्वस्थ रहेको बताएका थिए।
सुकी अहिले म्यानमारमा नजरबन्दमा छिन् र सेनाले सत्ता कब्जा गरेयता उनी सार्वजनिक रुपमा देखिएकी छैनन्।
म्यानमारको सेनाले गत वर्षको १ नोभेम्बरमा भएको निर्वाचनमा सुकीको पार्टी नेशनल लीग फर डेमोक्रेसी पार्टी (एनएलडी)ले धाँधली गरेकाे भन्दै सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएको थियाे। उक्त निर्वाचनमा सुकीको पार्टीले भारी बहुमतसहितको जित हात पारेको थियो।
सेनाले एक वर्षसम्मका लागि संकटकाल लागू गरेकाे छ। त्यसयता म्यानमार अशान्त बनेको छ।
लोकतन्त्र पुन:र्स्थापनाको लागि आन्दोलन गर्ने व्यक्तिमाथि सरकारले गोली हान्न आदेश दिएको छ।
हालसम्म सुरक्षा बलले चलाएकाेगाेली लागेर ८५० भन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।