काठमाडौं- नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ। नाइजेरियाको उत्तरपश्चिमी प्रान्त कादुनाबाट अपहरणमा परेका ती बालबालिकालाई प्रहरीले अपहरणमुक्त गरेको बताएको छ।
प्रहरीले दिएको जानकारी अनुसार नाइजेरियाको दामिसी नगरको एक विद्यालयबाट अपहरणमा परेका उनीहरुलाई मुक्त गरिएको हो। सो विद्यालष्यबाट उनीहरुलाई सोमबार अज्ञात व्यक्तिहरुले अपहरण गरेका थिए। साथै त्यहाँबाट अरु पनि कैयौँ विद्यार्थी अपहरणमा परेका थिए।
उनीहरुलाई अपहरण गर्ने योजनाका साथ ती अज्ञात व्यक्तिहरु हतियारसहित पुगेका थिए। उनीहरुले सो विद्यालयका सुरक्षा गार्डलाई गोली प्रहार गरेर विद्यालय भित्र छिरेका र अपहरण गरेका थिए।
छात्रबासमा रहेका विद्यार्थीलाई अपहरण गरिएको प्रहरीले जनाएको छ। बाँकी विद्यार्थीलाई पनि अपहरणमुक्त गराउनका लागि प्रहरीले प्रयास गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।