काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तिब्बती धर्मगुरु दलाई लामालाई ८६ औं जन्मदिनको अवसर पारेर बधाइ दिएका छन्। मोदीले लामालाई फोनमार्फत बधाइ दिएका थिए तर उनले गत वर्ष भने यस्तो गरेका थिएनन्।
मोदीले लामालाई बधाइ दिनुलाई महत्वपूर्ण रुपमा हेरिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। गत वर्ष मोदीले शुभकामना नदिनुको पछाडि चीनका साथ जारी तनावसँग जोडेर हेरिएको थियो। चीनले तिब्बतलाई आफ्नो हिस्सा मान्दै आएको छ।
लामा पछिल्लो ६ दशक भन्दा लामो समयदेखि हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासित जीवन विताइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।