Photo : Willy Kurniawan / Reuters)
काठमाडाैं- इन्डोनेसियामा कोराेना महामारीका कारण कम्तिमा एक हजार स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
इन्डोनेसियाली अस्पतालहरूको संगठन (पीइआरएसआई) का अनुसार मार्च २०२० देखि जुन २०२१ सम्म चलेको काेराेनाकाे पहिलो लहरमा उनीहरुकाे मृत्यु भएकाे हाे।
पीइआरएसआईका महासचिब लिया गार्डेनिया पार्काकुसुमाका अनुसार मृतक स्वास्थ्यकमीमध्ये ४०५ जना सामान्य चिकित्सक, ४३ दन्त चिकित्सक, ३२८ नर्स, २५५ अन्य स्वास्थ्यकर्मी रहेका छन्।
मे महिनामा ईद–उल–फित्रको लामो छुट्टी र अधिक संक्रामक डेल्टा भेरिएन्टमा प्रवेश गरेपछि इन्डोनेसियामा काेराेना महामारी बढेको थियो र अधिकांश स्वास्थ्यकर्मीको यही समयमा मृत्यु भएको हो।
यसैबीच, काेराेनाबाट स्वास्थ्यलाभ गर्ने स्वास्थ्यकर्मीहरूसँग आराम गर्न पर्याप्त समय छैन। उनीहरूले महामारीका कारण वृद्धि भएका विरामीको रेखदेख गर्न आफूले आराम पनि नगरी काममा फर्किनुपर्ने अवस्था रहेको पीइआरएसआईका महासचिब लिया गार्डेनिया पार्काकुसुमाले जानकारी दिए।
यस्तै,भ्याक्सिन लगाएका धेरै स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका छन्। हाल इन्डोनेसियामा दैनिक करिब २५ हजारजनामा संक्रमण पुष्टि भइरहेको छ। मृतकको संख्या पनि बढ्दो छ।
पहिलो लहरको संक्रमणका कारण करिब ६० हजार व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ। इन्डोनेसियामा संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएपछि अस्पतालहरुमा अक्सिजनको अभाव भएको छ।
एउटा अस्पतालमा अक्सिजनको कमी हुँदा ६३ जनाको मृत्यु भएको छ। सोमबार बानदुङका दुई अस्पतालले आफूहरुसँग अक्सिजन सकिएको जनाएका छन्। जसकारण उनीहरुले नयाँ बिरामीहरुलाई भर्ना लिन पाएका छैनन्।
बानदुङ, सुराकर्टा र पामेकसानका अस्पतालहरुमा संक्रमितको उपचार हुनै गाह्रो भइरहेको छ। संक्रमितहरुलाई टेन्टमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको छ।
संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंगलबारबाट इन्डोनेसियामा पर्यटकहरुको प्रवेश नियमलाई परिवर्तन गरिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।