काठमाडाैं- थाइल्याण्डको राजधानी बैंककस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ। घटनामा अन्य २७ जना घाइते छन्।
स्थानीय समय अनुसार सोमबार बिहान ३ बजे सुवर्णभुमि विमानस्थल नजिकै रहेकाे एउटा प्लास्टिक कारखाना विस्फोट भएको हाे।
घटनास्थलबाट माथि आकासमा ३५ किलोमिटर टाढासम्म धुवाँको मुस्लो उडेको दृश्य देखिएको स्थानीय मिडियाले जनाएका छन्। घटनास्थलबाट घाइतेहरुको उद्वार भइसकेको छ।
‘घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्। मृत्यु हुने अग्नि नियन्त्रक हुन्,’ बाङ ली जिल्लाका प्रमुख अधिकारी सोमसक काएसेनाले भने।
घटनास्थलबाट ५०० मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ। यद्यपि, के कारणले विस्फोट भयो भन्ने अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।