काठमाडौं– संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताएका छन्।
उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिएका हुन्।
उनले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका हुन्।
एक भिडियो कन्फ्रेन्समा बोल्दै उनले यो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउनका लागि विश्वका सबै देशका नागरिकमा खोपको उपलब्धता हुनु जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।