Photo : AP
काठमाडाैं- क्यानडाको ओटावा शहरमा क्यानाडा उत्सवपछि एक घरमा आगलागी हुँदा कम्तीमा चार बच्चासहित सात पाकिस्तानीको मृत्यु भएको छ।
क्यानाडाको प्रहरीका अनुसार क्यानाडा दिवसको दिन आइतबार क्यालगारीको पूर्वमा रहेको चेस्टमेरस्थित एक आवासीय घरमा क्यानाडा दिवसको उपलक्षमा एक समारोहपछि बिहान करिब २ः३० बजेतिर आगलागी भएको र तीन वयस्क र चार बालबालिका गरी सात जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा १२ बर्ष मुनिका बालबालिका रहेको प्रहरी अधिकृत ट्यामी कैबेलले बताए।
उक्त आगलागीमा एक बयस्क र चार बालबालिकाले भागेर जीवन बचाउन सफल भएका घर धनी अमजाद कमलले बताए। आगलागीको कारणबारे अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।